हेटौँडामा चेतनामूलक चलचित्र ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ प्रदर्शन

हेटौँडा । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजनामा आज हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा बोक्सी कु–प्रथा विरुद्धको सचेतनामूलक शिक्षामुलक राष्ट्रव्यापी कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा हेटौँडाको सहआयोजनामा भएको हो ।

हेटौँडा ११ को सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्रको भवनमा जनचेतनामुलक चलचित्र प्रदर्शन गरिएको हो । संस्थाका कोबिदशरण उपाध्ययको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल प्रमुख आतिथ्यता,हेटौँडा ११ की वडाअध्यक्ष जुना दाहालको विशेष आतिथ्यता रहेको थियो ।

वि.सं. २०७१ सालमा स्थापना भएको संस्थाले जनचेतनामुलक विभिन्न कार्य गर्दै आएको छ । संस्थाले राष्ट्रिय महिला आयोजमा बोक्सी कुप्रथा सम्बन्धी सचेतनामुलक कविता संग्रह विमोचन गरेको थियो । संस्थाले चर्चित गायक गायिकाहरु स्वरुपराज आचार्य, सत्यराज आचार्य, प्रमोद खरेल, अञ्जु पन्त लगायतको आवाजमा ‘बोक्सी हुन्नन्’ बोलको जनचेतना मुलक म्युजिक भिडियो सार्वजनिक गरेको थियो ।

त्यस्तै वि.सं. २०७४ मा नेपाली कथानक चलचित्र ‘अग्नी दहन’ निर्माण गरी तात्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रथम पटक शितल निवासमा अवलोकन गरी उद्घाटन गरिएको थियो । उक्त चलचित्र विशेष चलचित्र अवार्डबाट पनि सम्मानित भएको थियो । त्यस्तै तात्कालिन राष्ट्रपति भण्डारीबाट प्रवल जनसेवाश्रीबाट विभुषित समेत भएको थियो ।

यस अभियानका केन्द्रिय संयोजक दिपक पराजुलीका अनुसार यस चलचित्रलाई नेपाली, भोजपुरी, मैथिली र हिन्दीमा समेत अनुवाद गरिएको छ । यो अभियान देशका ४५ जिल्लामा अभियान पुगेको संयोजक पराजुलीले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.