गायक सिद्धान्त खड्का र मनिश लिम्बुको ‘तिमी मेरो शब्द’ सार्वजनिक

मकवानपुर — गायक तथा संगीतकार सिद्धान्त खड्का र गायक मनिश लिम्बुको स्वरमा तयार भएको नयाँ गीत ‘तिमी मेरो शब्द’ सार्वजनिक भएको छ। साईराम पिक्चर्सको अफिसियल युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

यो गीतका शब्द, संगीत, एरेञ्ज तथा मिक्सिङ–मास्टरिङ सबै गायक खड्काकै छन्। रोमान्टिक भावका शब्दमा र्यापको मिश्रण गरिएको गीतमा बाँसुरीको धुन रत्न विकले भरेका छन्।

म्युजिक भिडियोको निर्देशन र सम्पादन संयोग राईले गरेका हुन् भने सिनेम्याटोग्राफी मनिक लिम्बुले सम्हालेका छन्। भिडियोमा गायकद्वय सिद्धान्त र मनिशसहित अन्य कलाकारको पनि अभिनय देख्न सकिन्छ।

गीतले प्रेमिल भाव र आधुनिक शैलीको संयोजन प्रस्तुत गरेको छ। हेर्नुहोस् म्युजिक भिडियो–

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.