शिव परियारलाई ‘म्युजिक खबर दशक सङ्गीत सम्मान’

काठमाडौँ । गायक शिव परियार ‘म्युजिक खबर दशक सङ्गीत सम्मान–२०८२’ बाट सम्मानित हुनुभएको छ। १३औँ म्युजिक खबर म्युजिक अवार्डको समारोहमा पूर्व उपराष्ट्रपति परमानन्द झाले गायक परियारलाई उक्त सम्मान प्रदान गर्नुभएको हो।

नेपाली सङ्गीत क्षेत्रमा दुई दशकभन्दा लामो यात्रा तय गर्नुभएका परियारले यस सम्मानलाई आफ्नो सङ्गीतिक यात्राको महत्त्वपूर्ण उपलब्धि मान्नुभएको छ। “यो सम्मान मेरो मात्र नभई मेरा दर्शक तथा श्रोताहरूको माया र साथको प्रतिफल हो,” उहाँले भन्नुभयो।

साथै, परियारले यस सम्मानले आफूलाई नेपाली सङ्गीतप्रति थप जिम्मेवार बनाएको बताउँदै आगामी दिनमा अझै उत्कृष्ट साङ्गीतिक सिर्जना पस्किने प्रतिबद्धता जनाउनुभएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.