हेटौंडा । हेटौंडास्थित ड्रीम्स म्युजिक स्कुल प्रा. लि.ले आयोजना गरेको ‘म यस्तो गीत गाउँछु जुनियर’ प्रतियोगिताको समापन गरिएको छ ।
कार्यक्रममा प्रथम, द्वितीय, तृतीय क्रमश सुलज्ञा राज्यलक्ष्मी शाह, सुज्यैना गहतराज, आर्मन कार्कीलाई नगदसहित पुरस्कृत गरिएको थियो । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आथिथ्यतामा भएको कार्यक्रममा प्रतियोगिताका जज इश्वर खड्का, सुनिता शर्मा लुइँटेल, सुभाष गहतराज, देवेन्द्र कार्की लगायत विभिन्न बिधाका ब्याक्तीहरु सम्मानित भएका थिए ।

यस्तै म्युजिक स्कुलले ‘डान्स मेरो मनको सिजन १’ प्रतियोगिता गर्ने भएको छ । हेटौंडाको प्रत्येक स्कुलमा गएर विद्यार्थीहरुको अडिसन लिने र प्रतिभावान बिद्ध्यार्थीहरुबिच प्रतिस्पर्धा गराउने ड्रीम्स म्युजिक स्कुलका संचालक अनन्त खुलालले जानकारी दिए ।
हेटौंडामा हुने प्रतियोगितामा ६ सयजना विद्यार्थीबाट छनौट गरि नृत्य प्रतियोगितामा सहभागी गराइने खुलालले बताए । यस्ता कार्यक्रमले बालबालिका, प्रतिभावान ब्यक्तिहरुको प्रतिभा प्रस्फुटन हुने वडाध्यक्ष नवीन सिग्देलले बताए । गायक तथा संगीतकार इश्वर खड्काको भनाइ अनुसार यस्ता प्रतियोगिताले आफुमा भएको प्रतिभा चिन्न सजिलो हुन्छ, प्रतिभा उजागर गर्न यस्ता कार्यक्रमहरुले मद्दत गर्छ । स्कुलले गायन, नृत्य, अभिनय बिधामा प्रशिक्षण दिदै आएको छ ।
































