हेटौंडा / ड्रीम्स म्युजिक ईन्स्टिच्युट द्वारा संचालित डान्स मेरो मनको जुनियर सिजन १ को मेगा अडिसन शुरु भएको छ । हेटौंडाका करिब १५ वटा विद्यालयका ५२० जना विद्यार्थी छनौटमा परेका थिए भने मेगा अडिसनमा १७५ जना सहभागी हुदैछन् , ईन्स्टिच्युटका संचालक अनन्त खुलालले जानकारी दिए ।
खुलालका अनुसार हेटौंडा १० स्थित ड्रीम्स म्युजिक ईन्स्टिच्युट को हलमा भैरहेको अडिसनबाट १२० जना पास हुनेछन् । यसरी छनौट हुँदै फानल सम्म पुग्नेछन ।

प्रथम , द्वितीय , त्रीतिय हुने प्रतियोगिहरुलाइ ट्रफी , प्रमाणपत्र , ५० हजार , ३० हजार , २० हजार रुपैयाँ क्रमश प्रथम , द्वितीय , त्रीतिय पुरस्कार प्रदान गरिनेछ । ईन्स्टिच्युटका अनुसार सुभाष गहतराज , सन्ध्या आचार्य , पासाङ लामा सिजन १ का जज हुन् भने रुपक कालिराज प्रतियोगिताको होस्ट हुन् ।
प्रतिकृया दिनुहोस्
























