२०८२ कार्तिक २, आईतवार २१:५३ गते
२०८२ कार्तिक २, आईतवार २१:५३ गते
मकवानपुर । मकवानपुरे युवाहरुको तिहार विशेष गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हरि मिजार र धिरज ढकालको आवाज रहेको छ । हरि मिजारको शब्द तथा अमृत ल्वागुनको संगीत र एरेञ्जमा गीत तयार भएको हो । म्यूजिक भिडियोलाई महेन्द्र ओझाले छायाँकन तथा सम्पादन गरेका छन् । विशु कोईरालाको कोरियाग्राफी रहेको म्युजिक भिडियोमा किङ आयुश, सम्झना रानाभाट र मोनिका तामाङको नृत्य रहेको छ । गीतमा रत्न बिकले बाँसुरी र भुवन गन्दर्भको मादलको ताल सुन्न सकिन्छ । भिडियोको छायाँकनमा ओझालाई अजित मग्रातीले साथ दिएका छन् । हेर्नुहोस् म्युजिक भिडियो–