गाईगोरु तस्करी नियन्त्रण माग

हेटौंडा । नेपालको संविधानअनुसार गाईको वध निषेध गरिएको छ र गाई राष्ट्रिय जनावरका रुपमा मान्यताप्राप्त छ । यस सन्दर्भमा विश्व हिन्दु परिषद् नेपाल देशभर गाई संरक्षण, तस्करी नियन्त्रण र गौसेवामा निरन्तर सक्रिय रह“दै आएको छ । हालै मकवानपुरको हेटौंडामा गाईगोरु तस्करी नियन्त्रणका क्रममा जिल्ला पशुसेवा कार्यालयले गरेको कार्य सराहनीय छ । कार्यालयका इमान्दार कर्मचारीले प्रहरीको सहयोग नपाउ“दा पनि सशस्त्र प्रहरीको सहयोगमा रातभर खटिएर बंगलादेशतर्फ लैजा“दै गरिएको तस्करी गाडी नियन्त्रणमा लिएका तथ्य बाहिर आएको छ ।

केही प्रहरी र प्रशासनिक निकायका व्यक्तिहरु तस्करस“ग मिलेमतोमा रहेको आशंकासमेत गरिएको छ । पशु ढुवानी मापदण्ड खुलेआम उलंघन भइरहेको अवस्थामा सम्बन्धित निकायको मौनतामाथि प्रश्न खडा भएको छ । विश्व हिन्दु परिषद् नेपालले गौवध रोक्न प्रयासरत् इमान्दार कर्मचारीको सुरक्षा र सम्मान सुनिश्चित गर्न, गाईगोरु तस्करीमा संलग्नमाथि छानबिन गरी कडा कानुनी कारबाही गर्न, पशु ढुवानी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न र अवैध प्रमाणपत्र वितरणमा संलग्न बिचौलियामाथि तत्काल कारबाही गर्न, हेटांैडा क्षेत्रमा गाईगोरु तस्करी नियन्त्रणका लागि स्थायी संयुक्त अनुगमन समिति गठन गर्न माग गरिएको छ ।

गाई संरक्षण र तस्करी नियन्त्रणलाई राष्ट्रिय प्राथमिकता सूचीमा राख्न, गौचरण, गौशाला, काञ्जीहाउस आदिको संरक्षण एवम् स्थानीयस्तरमा उचित व्यवस्थापन गर्न र गौतस्करी गर्न÷गराउने प्रकृति तथा नियतका कर्मचारी नियुक्ति वा सरुवा गरी यस क्षेत्रमा खटाउनेलगायत कार्य रोक्न पनि विश्व हिन्दु परिषद् नेपालले माग गरेको छ ।

‘हामी यस विषयलाई राष्ट्रिय धार्मिक, नैतिक र प्रशासनिक उत्तरदायित्वको प्रश्नका रुपमा लिन्छौं । विश्व हिन्दु परिषद् नेपालका तर्फबाट यस मुद्धाको निष्पक्ष छानबिन र इमान्दार कर्मचारीको संरक्षणका लागि उच्चस्तरीय ध्यानाकर्षण गराउन माग गर्दछौं,’ प्रजिअ स्किम श्रेष्ठलाई बुझाइएको पत्रमा भनिएको छ–हाम्रा मागहरु बेवास्ता गरिए हामी कठोर कदम चाल्न बाध्य हुनेछौं ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.