गायक जनक लामाको नयाँ तामाङ सेलो ‘म्हारला व्यापारी’ सार्वजनिक

हेटौंडा । मकवानपुरका युवा गायक जनक लामाको नयाँ तामाङ सेलो गीत ‘म्हारला व्यापारी’ सार्वजनिक भएको छ। सांगीतिक क्षेत्रमा सक्रिय गायक लामाले आफ्नो आधिकारिक युट्युब च्यानल ‘जनक लामा’ मार्फत गीतको अडियो संस्करण सार्वजनिक गरेका हुन्।

कान्छी माया थोकरसँगको युगल स्वरमा सजिएको यो गीतमा प्रेमिल भावना र लोकशैलीको समिश्रण गरिएको छ। गीतका शब्द सुशिल तामाङले लेखेका छन् भने संगीत संयोजन चेतन लामाले गरेका हुन्। गीतलाई जोगलाल लामाले एरेन्ज गरेका छन्।

‘म्हारला व्यापारी’ को मिक्सिङ तथा मास्टरिङ सानुबाबु घिसिङले गरेका छन् भने रेकर्डिङ अर्पण स्टुडियोमा गरिएको हो।

यसअघि प्रकाशित गीतहरूबाट राम्रै चर्चा बटुलेका गायक लामाले यो गीतमार्फत आफ्नो सांगीतिक यात्रा अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्। गीत सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थालेका छन्।

गायक जनक लामा मकवानपुरको बकैया गाउँपालिका–७ निवासी हुन्। हेर्नुहोस् भिडियो–

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.