२०८२ श्रावण ५, सोमबार २०:१० गते
२०८२ श्रावण ५, सोमबार २०:१० गते
हेटौंडा । मकवानपुरका युवा गायक जनक लामाको नयाँ तामाङ सेलो गीत ‘म्हारला व्यापारी’ सार्वजनिक भएको छ। सांगीतिक क्षेत्रमा सक्रिय गायक लामाले आफ्नो आधिकारिक युट्युब च्यानल ‘जनक लामा’ मार्फत गीतको अडियो संस्करण सार्वजनिक गरेका हुन्। कान्छी माया थोकरसँगको युगल स्वरमा सजिएको यो गीतमा प्रेमिल भावना र लोकशैलीको समिश्रण गरिएको छ। गीतका शब्द सुशिल तामाङले लेखेका छन् भने संगीत संयोजन चेतन लामाले गरेका हुन्। गीतलाई जोगलाल लामाले एरेन्ज गरेका छन्। ‘म्हारला व्यापारी’ को मिक्सिङ तथा मास्टरिङ सानुबाबु घिसिङले गरेका छन् भने रेकर्डिङ अर्पण स्टुडियोमा गरिएको हो। यसअघि प्रकाशित गीतहरूबाट राम्रै चर्चा बटुलेका गायक लामाले यो गीतमार्फत आफ्नो सांगीतिक यात्रा अझ सशक्त बनाउने…