हर्के हवल्दारले हेटौँडामा रोपे धान

हेटौंडा । हेटौंडा उपमहानगरपालिका कि मेयर मिना कुमारी लामा, हेटौँडा ११ वडाध्यक्ष जुना दाहाल, हेटौंडा ३ का वडाध्यक्ष ढलक थापा, वडा सदस्य गोपिनी सापकोटा खेतमा धान रोपेर धान दिवस मनाइरहेका थिए । ‘‘असारे गीत धानको बाला रोपेर अहिलेलाई छोडिराखौँला धानको बाला झुलेसी आएर फेरि गोडौला’’ यस्तै–यस्तै भाका हाल्दै मेयर लगायत अरु पनि रोपाहारहरु ।

बिचमा भाका हाल्न र धानको बिउको मुठो बोकेर नेपालका चर्चित हास्य कलाकार हर्के हवल्दार टेलिसिरियलका निर्माता तथा प्रमुख पात्र हर्के हवल्दार बिष्णु सापकोटा एक्कासि पुगेर गित गाउँदै, धान रोप्न थाले । केही समय मेयर लामा लगायत अरु सँगपनि उनले हिलो छ्यापाछ्यप गर्न लागे र हिलोबाट आफुलाइै बचाउन बेस्सरी भागेको देख्दा सबैजनाको ध्यान एकछिन त्यो दृश्यले तान्यो ।

राप्ती तल्लोताल सिँचाइ योजना जल उपभोक्ता समितिको आयोजनामा हेटौंडा ११ तल्लोतालमा २२ औं राष्ट्रिय धान दिवस मनाइएको हो । उपभोक्ता समितिका अध्यक्ष बच्चुराम कालाखेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा मेयर लामाको प्रमुख आतिथ्यता रहेको थियो । धान दिवसमा वडाध्यक्ष जुना दाहाल , हेटौंडा ३ का वडाध्यक्ष ढलक थापा, वडा सदस्य गोपिनी सापकोटा, सन्जय बिडारी , हेउमनपाकी सामाजिक महशाखा प्रमुख गङ्गा चौलागाईं , कृषि शाखा प्रमुख प्रदिप रेग्मी, टोल विकास संस्था वडासमन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्य लागायतको उपस्तिथि रहेको थियो ।

हेर्नुहोस् धान रोपाईका दृश्यहरु–

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.