हेटौँडा । महाकाली नदीमा हाम फालेकी एक महिलाको ज्यान बचाउन सफल भएका दार्चुलामा कार्यरत प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरा सुदूरपश्चिम प्रदेशको असार महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
एक विशेष कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले महरालाई प्रशंसापत्र प्रदान गर्दै सम्मानित गर्नुभएको छ। महराले कर्तव्यनिष्ठ र सराहनीय कार्य गरेबापत यो सम्मान प्राप्त गरेका हुन्।
प्रतिकृया दिनुहोस्



























