सन्दर्भ: मे दिवस र सुकुम्वासी समस्या समाधान बारे

लेखक देवी प्रसाद गौतम

सुकुम्वासी भनेको के हो भन्ने बारे चर्चा धेरै भए होलान्।मानिस सुकुम्वासी कसरी हुन्छ ? कुन देशमा सुकुम्वासी हुन्छन्, कुन देशमा सुकुम्वासी नै छैनन्।यस बारे धेरै अध्ययन गर्नै पर्ने त हैन।तापनि यस बारे केही न केही त होला भन्ने लाग्छ।पृथ्वी भन्ने ग्रहमा पानी, जमिन र जमिन मुनी प्राणी छन्।

सामान्यतय मानिस जमिनमा बस्छन्।प्राणी जमिन, जल र जमिन मुनी पनि बस्न सक्छन्।प्राणीलाई बस्न कुनै लालपूर्जा धनि पुर्जा चाहिँदैन।अन्नपात राख्ने भण्डार, पक्कि घर बगैंचा पनि चाहिँदैन।मानिसलाई यो किन चाहियो भन्ने चै सोच्न सकिन्छ।चेतना के हो भन्ने बारे सबै प्राणीले जान्दैनन्।मानिसले जान्दछ।तर यो यति बेईमानी छ कि सारा समस्याको जड नै यहि मानिस हो भन्ने लाग्छ।यसलाई सारा संसार भएपनि नपुग्ने रहेछ।यसको उपचार नभै अन्य समस्या समाधान हुने छैन, बिभेद र अन्याय रहि रहनेछ।सुकुम्वासीहरु कसरी हुने गर्दछन् मानिसहरु ? धनि पनि सकिन सक्छ।यसको उपाय के हो भन्ने कुरा खोजि हुन पर्ने हो।यसबारे खोजी हुने गरेको पाईदैन।समाज सप्रिने र बिग्रने कुरा नै समस्याको जड हो।हरेक मानिसमा चेतना र ज्ञान हुन पर्ने हो।यहाँ त्यो भैरहेकै देखिँदैन।जनावरहरुमा आफ्नो पतिले पत्निलाई गरगरहना सुन चाँदी लत्ता कपडा किनि दिएको हुँदैन।तरपनि तिनका बिच प्रेम त छ।मानिसलाई यो कति भएपनि पुग्दैन र उ अघाउदिन।सुकुम्वासी किन बनाईन्छ ? कसरी ति मानिस सुकुम्वासी भए भन्ने कुरा राज्य राम्रो भयो भने पत्ता लगाउँछ।हरेक मानिसलाई खान लाउन बस्न रमाइलो मनोरन्जन गर्न मन लाग्छ।यो स्वभाविकै हो।यसलाई अन्यथा भन्न मिल्ने भएन।राज्य कस्तो बनाउने भन्ने मुख्य कुरा मुख्य हो।

बैंक किन चाहियो भन्दा धनिको धन राख्न हो भन्यो भने हैन गरिवलाई पनि पैसा राख्न बैंक चाहिन्छ भन्न सकिन्छ।आफुलाई आजै खान पुग्दैन भने उसले बचत राख्न बैक जाने कुरा भएन।बढि भएछ भने सुरक्षीत राखुन भन्न सकिने भो।यसको अर्थ धनिलाई बैक चाहिन्छ भन्ने हो।यिनिमाथि जाँच बुझ हुन पर्ने हो तर यहाँ त्यस्तो गरिँदैन।यि महासामन्त भएका छन् अहिले।

सरकारको बिरोध गर्ने कुरा गर्यो भने यहाँ फसाद छ अहिले।हेर्दा के के न गर्न लागेको जस्तो देखिन्छ।छाप्रा मात्रै यो देशका दोषी हुन् त।ति छाप्रे राज्यका शत्रु हुन् ? ति देशका नागरिक हैनन् र ? तिनले खान. आफ्नो देशको जमिनमा बस्न नपाउने हो र ? तिनलाई हटाईएला ठिक छ।घर हुने घर जाउन्।घर टहरा जमिन नहुने कहाँ जान्छ भन्ने कुरा राज्यले थाहा पाउन पर्ने होईन र ? देश गरिव भएका कारण मानिस गाउँ छाडेर शिक्षा दिक्षा उपचार सुविधा हुने भएपछि शहर आयो।शहरमा बस्ने ठाउँ भएन।उ खाली ठाउँमा बस्न थाल्छ।अहिले तिनलाई व्यवस्थित गरिएपनि कालान्तारमा फेरि अविकसित गाउँबाट मानिस फेरि शहर आउँन सक्छ।त्यो फेरि सुकुम्वासी हुन्छ।वास खोज्छ।पेश रोजगारी पाउन धाउँछ।अब यति भनेपछि राज्यले समस्या कहाँ छ भन्ने कुरा पत्ता लगाउन सक्दैन भने के सरकार ? पुँजीपतिको संरक्षण मात्र गर्ने सरकार त राज्य र जनताको सरकार हुँदैन।सरकार सारा जनताको हुन पर्दछ।

वर्षा लागे जस्तो दैनिक पानी परेको छ।तिनका घर टहरा भत्काईएका छन्।तिनले पालेका जनावरको बिजोग छ।तिनको के चिन्ता गर्नु।मानिसको यहाँ बिजोक भएको देख्न सकिन्छ।तिनका बालवच्चा कहाँ पढि रहेका थिए होला।अब कुन बिध्यालयमा पढाउने भन्ने चिन्ता तिनमा छ।आखिर ति पनि त नागरिक थिए।तिनलाई हटाएर कसलाई धनि बनाईदैछ।शहर बनाउ त त्यहाँ धनि बस्लान्।गरिवको उठिवास् लगाईन्छ भने राज्य सुन्दर बनाउ, धनिलाई राख।गरिव श्रमिकलाई दुख दिएर के राज्य बनाउँदैछौ।सुत्केरीको समेत बिजोक गरियो।आत्महत्या गरेको समाचार समेत सुनिएको छ।यो तरिका ठिक थिएन।छानविन गरि छुट्याउन सकिन्छ।तर त्यसो गरिएन।यो दक्षिणपन्थी दिशा देखिन्छ।प्रगतिशिल देखिने संभावना छैन।व्यवस्थित गरियो भने ठिकै हो।घटित क्षेत्रमा अस्तव्यस्थ बनाउनु र अन्य क्षेत्रका जनतामा आतंकित पार्नु राम्रो भएन।

सबैलाई उपचार गर्ने सुविधा रोजगारी पेशा व्यापार घरवास हिडडुल गर्न पाउने अधिकार सहितका अधिकार राज्यले तय गर्ने हो।यहाँ राज्य निर्माण त छ।तर कामकाजीको छैन।समस्यै समस्या छ भन्ने कुरा त जगजाहेर नै हो। हिजोकाले ति समस्या समाधान गर्ने उपाय भन्दा पनि आफ्नो रक्षा बाहेक केही नगरेको कारण देशमा समस्या रहेको कुरा बिदितै छ।गाउँमा शिक्षा स्वास्थ्य थिएन।मानिस शहर आए।तिनको दोष के थियो र ? गल्ती त हैन।राज्यले मानिसलाई व्यवस्थित गर्न नसक्दा समस्या हुने हो भन्ने कुरा प्रष्ट छ।

यता मजदुर दिवस मनाई रहँदा संसारभरीका ति मजदुर र तत्कालको सुकुम्वासी समस्या बारे लेख्नु मुख्य कर्तव्य हो भन्ने लाग्छ।१३७ औं मे १ दिवस मनाउँदै गर्दा के मजदुरको समस्या समाधान भयो त ? किसान मजदुर सर्वहारा सुकुम्वासी संसारमा हुन्छन् भन्ने कुरा छँदैछ।त्यहाँ कुलिन वर्ग धनाढ्य र पुँजिपती वर्ग र त्यो समुदाय एउटै समाजमा रहेका छन्।यि दुई धार अलग हुन्।एउटै धार भन्न मिल्दैन।उतार चढाव त हुने होला।धनि गरिवमा झर्ने र गरिव एक खुड्किलो माथि उक्लने पनि हुन सक्छ।यो भनेको सुकुम्वासी गरिव वर्ग निम्न पूँजीपति वर्गमा उक्लने गर्दछ।निम्न पुँजीपति वर्ग तल झर्न सक्छ।यसको समाधान पनि होला।राज्यले यो गर्दैन।किनकि प्राय देशका राज्य हुने खाने धनि वर्गको शक्तिमा आधारित हुने गर्दछ।गरिवको राज्यसत्ता कमै देशमा निर्माण गर्न सकिन्छ।निर्माण भै हालेपनि चाँढै ढल्ने गर्दछ।पुँजीको आधारमा ति राज्य ढलेको उदाहरण छ।

पुँजि या धन सम्पती बारे यहाँ धेरै चर्चा गर्नु पर्ने बिषय होला।तर यहाँ धेरै लेख्न सकिने बिषय पनि होईन।त्यो पुँजि धन उसले कसरी आर्जन गर्यो भन्ने कुरा हेरियो मात्रै भने धेरै समस्या समाधान हुन्छ।तर यहाँ त्यसबारे ध्यान दिईदैन।किनकी जो जति शक्तिमा आउँछ उ त्यहीँ फस्ने गरेको छ।या तिनलाई फसाईन्स।लोभ मोहले यति थिच्छ कि उसले त्यो कर्तव्य पुरा गर्न नसक्ने ठाउँमा पुर्याईन्छ।त्यसले समाजको समस्याको जडको समाधान गर्नै सक्दैन।स्वार्थि समाजले त्यसलाई निश्वार्थि बनाउनै सक्दैन।उसलाई स्वार्थी बनाई हाल्छ।उसलाई वाध्य गराईन्छ।

हिलटन होटलमा धनिले भन्ने गरेको डिनर आयोजना गरिएको हुन्छ तर त्यहाँ गोली चल्छ।एउटा भेडा वाख्रा चराउन जंगल गएको किसानले वन जंगलमा नै ढिडो बनाएर खान्छ।त्यहाँ कुनै गोलि चलाउने आवश्यक्ता हुदैन।किन ति धनि कहाँ गोलि चल्छ त ? सुकुम्वासीको घरमा के नै धन हुन्छ र ? उसलाई भोटे ताल्चा पनि चाहिँदैन।

यहाँ बैकहरुलाई यति अधिकार दिइएको छ कि उ मालिक भएको छ।उसले बारीमा मकै धान रोपेर खेती गर्न पर्दैन।उ किन धनि भैरहेको छ।उसलाई जानी बुझि धनि बनाईएको हो।बैकमा गयो भने कर्मचारीले थर्काउछ।पैसा राख्न गयो भने सिधा सोजालाई त्यो पैसा कहाँबाट ल्याएको भन्छ।तर त्यही धनि गयो भने किष्ट्रो के के हो के के।जसरी पनि मिलाउँछ उ।यस्तो अपराधी भै रहेको छ बैक।त्यसबारे भनि सक्नु छैन।

सुकुम्वासी उठिवास र मजदुरका समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा राज्यले गर्यो भने मजदुर दिवसको शुभकाना दिन सकिन्छ।

-देवी प्रसाद गौतम हेटौडा मकवानपुर
devi.gautamhtd@gmail.com

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.