देविप्रसाद गौतम

12 Posts
अप्रत्यासित चुनावपछि अप्रत्यासित परिणाम: अब कस्तो सरकार?

अप्रत्यासित चुनावपछि अप्रत्यासित परिणाम: अब कस्तो सरकार?

अप्रत्यासित चुनाव किन गरियो भन्ने बारे थाहा भएकै कुरा हो।अहिले त्यो भनिएको अप्रत्यासित चुनाव सम्पन्न भएको छ।जे जस्तो परिणाम आएको छ, त्यो पनि अप्रत्यासित नै छ।पुराना दलको अवस्था के हुने भन्ने छ।त्यो उनिहरुले सोच्ने कुरा हो। अहिले नयाँ भनिने सरकार कस्तो बन्ने भन्ने बारे चर्चा चलिरहेको छ। नेपालमा यसअघि सरकार नभएको होईन।बि.स.१८०७ मा प्रताप सिंह शाह राजा रहेको अवस्थामा बंशराज पाँडे मुलकाजी देवान उपाधि दिईएको पाईन्छ। बि.स.१८६० मा राजा गीर्वाण युद्ध बिक्रम शाह थिए भने बि.स.१८५९ मा दामोदर पाँडे पहिलो प्रधानमन्त्री बनेको देखिन्छ।क्रमस रण वहादुर शाह, भिमसेन थापा, रङ्गनाथ पौडेल, पुष्कर शाह, रणजंग पाण्डे, फत्तेजंग शाह, माथबर सिंह थापा, फत्तेजंग…
Read More
अप्रत्यासित चुनाव, आन्दोलन र भविष्यको मोडमा देश

अप्रत्यासित चुनाव, आन्दोलन र भविष्यको मोडमा देश

संसारको सुन्दर देश नेपालमा जनताका समस्या धेरै थिए। यहाँ समस्या थिएन भन्ने होइन। यही समस्यालाई लिएर फेसबुक नभई एकछिन बाँच्न नसक्ने कलिला केटा–केटीलाई भ्रष्टाचारका नाममा उक्साएर ‘जेन–जी आन्दोलन’ गराइयो। मुख्य मुद्दा फेसबुक बन्द गराइएको बाहाना थियो, त्यसमा अन्य कुरा जोडेर ल्याइयो। त्यो आन्दोलन धेरै समय टिकेन। धेरै नेपालीले यसबारे स्पष्ट रूपमा बुझेका पनि थिएनन्। गत भदौ २२ गते नेपाली बजारमा एउटा सनसनीपूर्ण हल्ला फैलियो। यस्तो लाग्थ्यो, यो तयारी धेरै पहिलेदेखि नै गरिएको थियो। त्यसदिन देशभर २३ गते के हुने हो भन्ने जिज्ञासा रह्यो। २२ गते प्रधानमन्त्री ओलीले संयुक्त सुरक्षा फौजसँग के सल्लाह गरे, त्यो सार्वजनिक भएन। २३ गते बिहानैदेखि ‘जेन–जी’…
Read More
दोषी को ?

दोषी को ?

देशमा पार्टी, नेता, कार्यकर्ता, पत्रकार, बुद्धिजिवि भनाउँदाहरु धेरै भए।अझ पुरानाले भएन भनेर नयाँ नयाँ दल खोल्न निवेदन दिनेको घुईचो छ।जनतालाई को ठिक भन्न कठिन हुने अवस्था छ।एनजिओ,आइएनजिओ त कति हो कति ! कर्मचारीको संगठन, अन्य पेशागत संगठन त कति हो कति ! देश र जनतामा एकता भन्ने कहिँ कतै देखिदैन।फुटै फुट मात्र छ।मन परेन, पद भएन भने फुटि हाल्ने।यस्तो देश बन्ला भनेर बिश्वास गर्ने हामी जस्तो मानिस कस्ता हौंला ? हामीबाट बिचार आफ्नो धारणा आउन सक्छन्।तर कतिले पत्याउने भन्ने हुन्छ।कसका कुरा पत्याउने भन्ने हुन्छ। अघिल्लो लेखमा जेनजि आन्दोलन बारे लेखिएको थियो।यस पटक यसैको सेरोफेरोमा नलेखी भएन भन्ने लाग्यो।देशको शासन व्यवस्था…
Read More
‘जेन जि’ ले चाहेको परिवर्तन भ्रष्टचार मुक्त देश हो

‘जेन जि’ ले चाहेको परिवर्तन भ्रष्टचार मुक्त देश हो

जेनेरेसन जी वा जी (Generation-z) जी पुस्ता (संक्षिप्त रुपमा जेन जीको रुपले परिचित, जसलाई जुमर्स पनि भनिन्छ) भन्ने भनाई रहेको छ । वाई पुस्ता पछि र अल्फा पुस्ता अघि अर्थात सन् १९९० को दशकको मध्येदेखि सन् २०१० को दशकको सुरुवाती वर्षहरु (सन् १९९७-२०१२) मा जन्मेका मानिसहरुलाई भन्ने गरिएको रहेछ।यि जनेरेसन एक्सका सन्तान हुन् भन्ने भनाई छ । द ग्रेटेस्ट जेनेरेसन (सन् १९०१-१९२७), साइलेन्ट जेनेरेसन (सन् १९२८-१९४५), बेबी बुमर्स (सन् १९४६-१९६४), जेन एक्स (सन् १९६५-१९८०), जेन वाई वा मिलेनियल्स (सन् १९८१-१९९६), जेन जि (सन् १९९७-२०१२), जेन अल्फा (सन् २०१२ पश्चात जन्मिएका वालवालिका) पूर्ण रुपमा डिजिटल संसारमा जन्मिएका हुने भनियो।यो उमेर अवधि…
Read More
सन्दर्भ : समय सापेक्ष

सन्दर्भ : समय सापेक्ष

आफ्नो धारणा (लेख) लेख्नु पर्यो भनेर यसो नयाँ पत्रिका दैनिक हेरेको मात्र थिएँ, राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकीमा १३ महिनामा ५ जना सिइओ फेरिएछ भन्ने समाचार आएको रहेछ । किन यस्तो गरिन्छ भन्ने सवालमा उर्जामन्त्री दिपक खडकाले जब विद्यूत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई अपमानित ढंगले पदबाट हटाए, हितेन्द्र देव शाक्यसँग अहिले यी उर्जामन्त्रीको लफडा भएको कुरा बाहिर आईरहेको छ । सरुवामा विवाद भैरहेको छ। यी मन्त्रीले किन यस्तो गर्ने गरेको छ, यी कसैद्वारा परिचालित नभएको भए यस्तो हुँदैनथियो । सरुवाबाट मनग्य धन आर्जन गर्ने एउटा उपाय रहेछ नेपालमा । उता प्रधानमन्त्रीले यस वर्ष साढे चार अर्वको विद्यूत निर्यात भएको भन्दै खुसी…
Read More
सन्दर्भ: गणतन्त्र- कसलाई आयो, कसलाई आएन

सन्दर्भ: गणतन्त्र- कसलाई आयो, कसलाई आएन

राजतन्त्र र गणतन्त्रका बारेमा यस अघि आफ्ना बिचारहरु लेख मार्फत राखि रहेको छु।१७ वर्ष पुरा गरि १८ वर्ष लाग्दा जनतामा गणतन्त्रको रस उल्लासमय देखिएन।देश संचालकहरुले यसको मर्म नबुझ्दा, आफ्नो स्वार्थमा प्रयोग गर्दा जनतामा निराशा पैदा भयो।देश र जनताले दुख पाए।खुशी हुने ठाँउ छैन।केही राजनैतिक अधिकारमा फेरवदल भै परिवर्तन भएपनि खासमा लुटको साम्राज्य रह्यो।केबल ओहदामा बस्नेहरुका लागि मात्र गणतन्त्र आएछ, जनतामा आएन। जेष्ठ १५ गते गणतन्त्र दिवस उल्लासमय तरिकाले मनाउन पर्ने दिनमा राजावादीले राजतन्त्र चाहियो भन्दै जुलुस गरेको देखियो।सरकारी दलले समेत धम्कीको भाषामा सभा गर्ने प्रयास गरे।त्यो केवल नाटक थियो।सरकारी तवरबाट दिवस मनाएको जनताले राम्रो सँग देखेनन्।कहाँ कसरी मनाए पत्तो पाएनन्।धेरै…
Read More
पूर्वराजावादी र नेताहरुको कालो कर्तुत खुलेको दिन–‘तिनकुने घटना’, जनताको लागि ठूलो पाठ

पूर्वराजावादी र नेताहरुको कालो कर्तुत खुलेको दिन–‘तिनकुने घटना’, जनताको लागि ठूलो पाठ

राजतन्त्र र गणतन्त्रका बारेमा अहिले वहस हैन कि आन्दोलन चलेको छ। सरकार दुई तिहाइको त्यो पनि एमाले काग्रेसको छ। यि यति शक्तिशाली छन् कि, कसैले हल्लाउन सक्दैन भन्ने भान परेको छ। तर कुरा त्यसो हैन। यि बिचौलीयाको बलमा बनेका हुन भन्ने कुरामा शंका रहेन। चैत्र १५ गतेको तयारी पुर्व नै फागुण २५ गते एक झल्को राजा ल्याउने आन्दोलनले दिएको थियो। यसैको सेरोफेरोमा तराई मधेमा जागरण अभियानमा रहेको माओवादी अभियान छाडेर काठमाडौ आउन पर्ने के वाध्यता आइ लाग्यो? त्यस पार्टीका प्रमुख नेताहरु किन काठमाडौ आए भन्ने छ। राजावादीले सढेगलेको रछ्यानमा मिल्काईएको राजा चैत्र १५ गते नारायणहिटी भित्र्याउने भन्ने हल्ला चलेको थियो।…
Read More
राजतन्त्रको कालो ईतिहास र अहिलेका नेताको लाजनीति

राजतन्त्रको कालो ईतिहास र अहिलेका नेताको लाजनीति

परिवर्तित राजनैतिक घटनाक्रम र अवस्थाका बारेमा आफ्नो बिचार राख्नै पर्ने अवस्था आइ लाग्यो।अहिले नेपालमा काग्रेस एमालेको गठबन्धन सरकार छ।यसको लगभग दुई तिहाई शक्तिको दम्भ छ।यसलाई कसैले छुन समेत सक्ने अवस्था थिएन।तर यसैबेला राजावादी भन्ने पुरानो शक्तिले सिर उठाउने उचित मौका पायो। जनतामा सन्त्रास फैलिएको छ।के यो सत्य हो, यो हुन सक्छ/सक्दैन भन्ने अफवह फैलिएको छ।जनता भ्रममा छन।हो कि क्या हो भन्ने भान परेको छ।यो झुठ हो। १०४ वर्षे राणाकाल लगभग ०४ सालतिरबाट उधोगतिमा जान लागेको थियो।यो ०७ सालको घटनाक्रमले समाप्त पारिदियो।यस परिवर्तनलाई प्रजातन्त्र भनियो।यसलाई राजा महेन्द्रले भारत र चिनसँग कुटनैतिक सम्बन्ध बिकास गरि भारतलाई कालापानी सुम्पिएर ०१७ साल पुषमा समाप्त…
Read More
जनयुद्ध दिवस र राजनैतिक संघर्ष

जनयुद्ध दिवस र राजनैतिक संघर्ष

जनयुद्ध दिवसका अवसरमा आफ्नो केही बिचार लेख्ने मन थियो । जनयुद्ध दिवस किन मनाउने? या नमनाउने भन्ने छ।युद्ध किन गरियो भन्ने कुरा पहिले हेर्नु पर्ने हुन्छ । २०४८ सालमा बिभिन्न कम्युनिष्ट घटक मिलाएर नेपाल कम्युनिष्ट पार्टी (एकता-केन्द्र)निर्माण गरियो।यसकै निरन्तरतामा त्यहाँ बिचार संघर्ष चलाएर २०५२ फागुण १ गतेबाट जनयुद्धको नाम दिई शसस्त्र संघर्ष गरियो । थुपै नेपालीले दु:ख पाए । यसको आफ्नै ईतिहास छ । ३० औ वर्ष भनेपनि देश र जनताको इच्छा चाहाना पुरा भएन । केवल नेताको जय भयो।कार्यकर्ताको चाहान केही हद सम्म पुरा भएको मात्र देखियो । यसमा असल कार्यकर्ताले दु:ख व्यक्त गर्न मात्र सके। त्यस ससस्त्र संघर्षलाई…
Read More
महान शहिद कमरेड रुद्र दाजुप्रति समर्पित

महान शहिद कमरेड रुद्र दाजुप्रति समर्पित

श्रदा छ रुद्र दाजु । आज हजुरको शालिकमुनि म पुगेथेँ। त्यहाँ तपाईका भन्ने केही थान मानिस पनि पुगेथे। ति, म रुद्र दाजुको पार्टी नेता भन्दै थिए । तर ति तपाईका चाहाना बमोजिमका मानिस कमै थिए । तपाईलाई नभेटे नदेखेको पनि धेरै वर्ष भयो । तपाईको गाउँका मानिस गाउँको उपराष्ट्रपति सम्म भए । तपाईकै मानिस आज प्रमुख पदमा आशिन भै राखेका छन् । कोही सांसद भए।कोही मन्त्री पनि भै सके । तपाईलाई संझना गर्न भनि वर्षको एक पटक शालिकमुनि मानिस जम्मा हुन आह्वान गरिन्छ। तर तपाईको परिसरमा सरसफाई हुदैन। बडार कुडार सम्म हुदैन । रंग रोगन छैन।तामाको ठुला गाग्रीमा पानी भरेर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.