राजतन्त्र र गणतन्त्रका बारेमा यस अघि आफ्ना बिचारहरु लेख मार्फत राखि रहेको छु।१७ वर्ष पुरा गरि १८ वर्ष लाग्दा जनतामा गणतन्त्रको रस उल्लासमय देखिएन।देश संचालकहरुले यसको मर्म नबुझ्दा, आफ्नो स्वार्थमा प्रयोग गर्दा जनतामा निराशा पैदा भयो।देश र जनताले दुख पाए।खुशी हुने ठाँउ छैन।केही राजनैतिक अधिकारमा फेरवदल भै परिवर्तन भएपनि खासमा लुटको साम्राज्य रह्यो।केबल ओहदामा बस्नेहरुका लागि मात्र गणतन्त्र आएछ, जनतामा आएन।
जेष्ठ १५ गते गणतन्त्र दिवस उल्लासमय तरिकाले मनाउन पर्ने दिनमा राजावादीले राजतन्त्र चाहियो भन्दै जुलुस गरेको देखियो।सरकारी दलले समेत धम्कीको भाषामा सभा गर्ने प्रयास गरे।त्यो केवल नाटक थियो।सरकारी तवरबाट दिवस मनाएको जनताले राम्रो सँग देखेनन्।कहाँ कसरी मनाए पत्तो पाएनन्।धेरै जसो जनताले वास्ता गरेको देखिएन।किन यसो गरियो भन्ने प्रश्न होला।कार्यकर्ता जसले खाईपाइ आएको छ, त्यसले मात्र गणतन्त्र दिवस मनायो कि भन्ने भयो।जनतामा हर्षोल्लास् गराउन सकिएन।,
दुई दलिय सरकार गठन देखि नै राम्रो काम हैन कि उल्टो काम थालियो।सरकार त मानव बेचबिखनमा लागेछ।कहिले भुटानी त कहिले भिजिट भिसा मार्फत बिदेश जान दिएर होनहार जनताको छोरा छोरी बिदेश पलाएन हुन वाध्य भए।अझ एमालेका प्रधानमन्त्री भन्दै रहेछन\ कि, गृहमन्त्रीको राजीनामा माग्नु निराधार र अनुचित हो।कुनै हालतमा माफी माग्न लायक समेत छैनन् यि।एक रुपैयाँ नखाएको भएपनि अन्तराष्ट्रिय बिमान स्थलमा जे भै रहेको छ त्यो क्षम्य होईन।सुन्दर देशमा यस्तो हुनु कदापी राम्रो होईन।यसको उपचार गर्नै पर्छ।
गृहमन्त्रीमाथि प्रश्न उठ्यो।कति सम्म गरेका रहेछन\ भन्ने कुरा जनताले थाहा पाए।यो सरकार बनेदेखि देशमा यस्तै भैरहेको छ।हजारौं नागरिक बिदेशिएका छन\।ति बिभिन्न देशमा गएर बन्धक बनेर रोएको सामाजिक संजालमा देखिएकै छ।सत्ता पक्षका सचेतकको साना बिषय बनाएर संसद अवरोध गर्नु हुदैन भन्ने भाषा रहेको पाईयो।मानिस बेच्ने कार्य अव त सानो भै सक्यो।मावब बेचबिखनको अनुसन्धान गरिरहेका प्रहरी सरुवा गरियो।व्यापक बिरोध पश्चात गृह मन्त्रिस्तरीय निर्णय सच्याउनु पर्यो।देश कहिलेसम्ममा बेच्छौ त भनि जनताले आवाज उठाउने बेला भयो।
बजेट जे जस्तो आएपनि जनताको जिवनस्तरमा खास महत्व रहने छैन। ब्यापारि बिचौलियालाई राहत हुने कुरासँग जनतालाई मतलव भएन।अझ लगानी बिदेशमा लैजाने बाटो खोलि दिएछ बजेटले।गण्डकीका मुख्यमन्त्रीले बजेट हर्ष न बिस्मात भनेछन्।स्वार्थ समूह बसेर बजेट बन्ने कुरा नौलो होईन। कसलाई फाइदा कसलाई बेफाईदा बनाउने भन्ने नै हो।देश र जनताको पक्षमा बजेट बन्ने सपना देख्न त सकिएला, बन्ने कुरा त भएन।कोहीलाई तलब बढेन भन्ने पिर, कोहिलाई कर तिर्न नपरे हुन्थ्यो भन्ने पिर, कोहिलाई देशको साधन श्रोत लुट्न पाए हुन्थ्यो भन्ने आस।यस्तै हो लुटतन्त्रलाई गणतन्त्र भन्दै लुट्दै छन्।लुट्नेमा कोही कसैको कमी छैन ठाँउ पाएसम्म।बृद्ध बृद्धाको उमेर ७० कायम भएपनि कर्मचारीको भत्ता बढेछ।
दुई तिहाईको दुई पार्टीको शक्तिशाली सरकार भन्ने गरिन्छ।के शक्ति हो त्यो पनि जनतालाई मतलबको बिषय भएन।यि बिचौलियाको काम गर्ने शक्ति हुन् भन्ने कुरा सर्वव्यापी छ।कुलमान हटाउन काग्रेसले ओलीलाई मन दिए। गभर्नर राख्न ओलीले काग्रेसलाई साथ दिए।उनीहरुको कुरा मिल्यो।जनता जे होस्।कार्यकर्ता भर्ती गर्न बाहेक सरकार जनताप्रति उत्तरदायी रहेन।
देशमा जे जस्ता घटना भैरहेका छन्।त्यसबाट जनता निरास छन्।कतै राजा, राजतन्त्र ठिक हो कि भन्ने भान परिरहेको छ।दलको व्यवहार देखेर जनता वाक्क छन्।न्यायालय हेर्यो भने जिउँदै मानिस आगोको तातो भट्टीमा हुइक्याउने अफताव जिल्लाबाट जन्मकैद पाउँछन्।तर माथिल्लोबाट सफाई पाउँछन्।यस्ता अनेक घटना सुन्न नपर्ने समाचारहरु सुन्न पाईरहेका छै।राम्रो सुन्न पाइएको छैन।यति अराजकता सरकारी पक्षबाट भएको सायद यहि कार्यकाल होला भन्ने लाग्छ।थुप्रै आशा थिए, निरासा बढी भयो।सरकार प्रमुख देशको मानव अधिकारको कार्यक्रममा जादैनन्।यसको अर्थ के हो ? वहाँ मानव अधिकारप्रति कति बिश्वस्त हुनुहुन्छ भन्ने कुरा बुझ्न सकिन्छ।वहाँलाई मान्छे मरोस् या बाचोस् मतलब छैन।आफु सकुनी सत्तामा हुन पर्यो।त्यति भएपछि पुग्यो।
पुरानो सत्ता खोज्ने पनि कस्सिएर लागेको देखियो।सत्ता र शक्ति संचय गर्न कम्मर कसेर लागेका छन्।राजा र राजतन्त्र आउने कुरा त होला, तर समाधान त्यो होईन।सबैलाई सत्ता चाहिएको छ।आफु कमजोर होइएला भन्ने चिन्ता मात्र छ।राजावादीहरु कस्ता छन् भन्ने देखेकै हो।कार्यकर्ता हेरु न, कस्ता छन्।संसदमा निदाउने नेता छन्।पशुपति सम्सेर जस्ता पेटिबाट तल ओर्लन नसक्नेलाई पद चाहिएको छ।सवैलाई चाहिएको छ।
सेखर कोईराला प्रजातन्त्रको लागि फेरि लड्न पर्ने जस्तो छ भन्दै रहेछन्।कति यिनको पछि लाग्नु ? स्वार्थीहरु लाग्न परि गो।निश्वार्थीलाई मात्र हो वेठिकको बिरोध गर्नु।भागवण्डा मिलेपछि तैं चुप मै चुप हुने हुन्।
देशमा निर्माण सुस्त छ।पाँच वर्षमा एउटा पुल बन्दैन।बिकास बजेट खर्च हुदैन, कमिसन माग्दै वाधा दिएको छ।साधारण खर्चले देश डुवेको छ। कर्जा तिर्न नसक्ने अवस्थामा देश छ।कर छलि ब्यापक छ।त्रिभुवन अन्तराष्ट्रीय बिमानस्थल अपराधीको चंगुलमा रहेछ।अपराध जति यही मात्र हुने हो कि भन्ने पर्यो।जतातजै छ यस्तो त।
देश/सरकारले देशका लागि एउटा गतिलो कुनै निर्यण गर्न सक्दैन।गर्यो कि गयो।बिदेशीले चलाएको देशमा नौलो कुरा भएन।हरेक निर्णयमा बिदेशीको हस्तक्षेप छ।तरकारीदेखि फलफुलसम्म ब्यापार उसैको हो।कर छलि गर्न माहिर छन्।देश चुसि सके।हाडछाला मात्र बाँकी रहेको छ।टेलिकम, वायुसेवा, बिधुत प्राधिकरण जस्ता देशका सम्पती लिने प्रयासमा छन् दलालहरु।पहिलेका उधोग धन्दा टाट पल्टाईए।बचे खुचेका पनि सकिनेछन्।नुन धरी माडवारी व्यापारीलाई सरकारले सुम्पिएको समाचार आएको छ।खोलानाला बेचेर सकिन लागे।हाइड्रोपावर समेत सुम्पिएको छ।बैक उनीहरुकै कब्जामा गई सकेको छ, अब के नै बाँकी छ र ?
राजतन्त्र माग्नेहरुलाई कसले माग्न लगायो ? यसले हिजो २३८ वर्ष सम्म के गर्यो भन्ने हेर्नु पर्ने हुन्छ।राणाको १०४ वर्ष भनेको कम समय हैन। यि दुई व्यवस्थाले नेपाल र नेपालीको धेरै रगत पसिना चुसेको छ।मेरो पूर्खादेखिको पुस्ता अहिलेसम्म यसैको कारणले तडपिरहेको छ।यसको अर्थ गणतन्त्रवादीले जे गरे कानमा तेल हालेर बस्ने अवस्था छैन।यिनले जति गरेका छन्, त्यो पनि क्षम्य छैन।शासन जनताको हुने ब्यवस्था चाहिन्छ।त्यो हो समाजवाद।समाजवाद त्यसै आउँदैन।जनताले सहि निर्णय गरे भने मात्र समाजवादमा जान सकिन्छ।नत्र यिनैको राज चल्नेछ।जबसम्म सचेत होईदैन तबसम्म दुख हैरानी पाईरहने हो।सरकारी दल मिले भने वहुमत ल्याउँछन्। स्वार्थ मिल्छ, यि मिल्न सक्छन्।मुद्दा एउटै हो नमिल्ने कुरा भएन।राँगा, भैंसीको मासु, रक्सि खाएर त्यही स्थानमा भोट दिने जनता रहेसम्म यस्तै हुने हो।बाँकी अरुले के गर्ने त भन्ने कुरा जान्नु पर्ने हो, तर जान्दैनन्।सिकाईदिउ न त भन्दा सिक्न खोज्दैनन्, फसाद यहि हो।
यि र यस्ता स्वतन्त्र बिचार भाव संप्रेषण गर्ने कार्यमा म लागि परिरहनेछु। सुझावका लागि तलको ठेगाना छँदैछ।अहिलेलाई यति।
-देवी प्रसाद गौतम, हेटौडा मकवानपुर
devi.gautamhtd@gmail.com 9855073529