जेनेरेसन जी वा जी (Generation-z) जी पुस्ता (संक्षिप्त रुपमा जेन जीको रुपले परिचित, जसलाई जुमर्स पनि भनिन्छ) भन्ने भनाई रहेको छ । वाई पुस्ता पछि र अल्फा पुस्ता अघि अर्थात सन् १९९० को दशकको मध्येदेखि सन् २०१० को दशकको सुरुवाती वर्षहरु (सन् १९९७-२०१२) मा जन्मेका मानिसहरुलाई भन्ने गरिएको रहेछ।यि जनेरेसन एक्सका सन्तान हुन् भन्ने भनाई छ ।
द ग्रेटेस्ट जेनेरेसन (सन् १९०१-१९२७), साइलेन्ट जेनेरेसन (सन् १९२८-१९४५), बेबी बुमर्स (सन् १९४६-१९६४), जेन एक्स (सन् १९६५-१९८०), जेन वाई वा मिलेनियल्स (सन् १९८१-१९९६), जेन जि (सन् १९९७-२०१२), जेन अल्फा (सन् २०१२ पश्चात जन्मिएका वालवालिका) पूर्ण रुपमा डिजिटल संसारमा जन्मिएका हुने भनियो।यो उमेर अवधि भनियो ।
हाम्रा बाबु बाजेले भरखर जन्मेका बच्चालाई उम्रदै तिन पात भन्ने गरेको सुनेका हौं।टुप्पाबाट पलाएको पनि भन्थे । अहिले अंग्रेजीमा आएको हो जेन जी । यो कुरा पहिले पनि हुँदै आएको थियो । मानव विकास क्रमका बारेमा धेरै वहस गरि रहन परेन । ढुंगे युग भनिन्छ । हामीलाई बादरको पुर्वज भनिन्छ । अहिले त्यो भन्यो भने हास्यास्पद हुन्छ । हाम्रा पूर्खाले ढुंगाको हतियार बनाएका थिए । यो बिकास कसरी हुँदै आयो भन्ने तर्फ ध्यान दिन आवश्यक छ जेन जीले।ईतिहास र पूर्वज मेटिनु हुन्न।याद रहोस्।इतिहास बिर्सेर वर्तमान र भविश्य बन्दैन।पुराना-प्राचिन संरचना नष्ट गर्नु ईतिहास मेट्नु हो।हामी अगाडि जान सक्दैनौ।देशको पहिचान मेटियो भने हाम्रो देश रहने छैन।सिहदरवार जस्तो देशको गहना अभिलेखालय नष्ट कस्ले गर्यो भन्ने पत्ता लगाउनै पर्नेछ।
विज्ञान प्रविधिको बिकासले मानिसलाई कता लैजाँदै छ भन्ने समेत हेर्नु पर्ने हुन्छ । प्रविधि अहिलेको युगको आवश्यकता हो । त्यो घातक पनि हो भन्ने कुरामा ध्यान दिन आवश्यक छ । धर्म, संस्कृति, आमा बाबु, नाता गोता, बिर्सन थाले अहिलेको पुस्ताले । जे-जे भनेपनि मानव बिकास नै हो । लामो बहस आवश्यक छ जस्तो लाग्दैन मलाई । जुन देशमा तिब्र बिकास भए, ति देशबाट सबैले सिकेका हुन् । बिज्ञानलाई हामीले त्यसै अनुसार बुझ्नु पर्ने हुन्छ।
यि सबै कुरा हेर्दा हाम्रा पूर्खाका बारेमा बुझ्न आवश्यक छ। कस्तो खाने लाउने गर्थे, रहन सहन कस्तो थियो ? यो कुरा देशको शासन सत्ता चलाउनेहरुले बुझ्न पर्ने थियो। उनीहरुले नबुझ्दा घटना हुने हो।हामीले पटक पटक खवरदारी नगरेको होईन । नेता र कर्मचारीले देश कंगाल बनाई आफ्नो धन असिमित आर्जन गरेको देखिएकै थियो । कानुन बनेपनि त्यसलाई कार्यान्वयन गरि अकुत सम्पती जफ्त गरिएन । बरु घरमा चल अचल धन-सम्पती थुपारियो । यो आन्दोलनबाट त्यो देखियो।
गणतन्त्र भन्दै देश लुट\नेहरुका कारण संविधान नरुचाउने शक्तिले आफ्नो शक्ति आर्जन गरिरहेको थियो । पंचायतकालिन व्यक्तिहरुको संसदमा सिट क्षमता बढिरहेको थियो।ति कस्ता थिए भने संसदमा उनीहरु अति बृद्ध थिए र ति र्याल काढेर सुतिरहेका हुन्थ्ये । उनिहरु आफ्नो दाउमा थिए नै । गत माघ-फागुण महिनातिर उनीहरुले यस्तो बिध्वंश गर्न खोजेका थिए । त्यो मानेमा उनीहरु राज सिंहासन राख्न सफल नभएपनि एकहदसम्म सफल भए ।
उनीहरुले संविधान रुचाएका थिएनन् । यसमा भारत समेत जोड्न मिल्छ । पुराना संसदवादी दलका कतिपय नेता कार्यकर्ता जनता समेत संविधानप्रतिको धारणा राम्रो थिएन । संविधान जारी गर्ने शक्तिहरु आ-आफै आरोप प्रत्यारोपमा लिप्त थिए । को-कसलाई मन परेको थिएन भन्ने कुरा बहस छँदैछ । संसदमा देश र जनताप्रति उत्तरदायि व्यक्तिहरु कम थिए ।
एमाले-काग्रेस जस्ता शक्ति जुन संसदवादी हुन्, उनीहरुको संसदमा दुई तिहाई थियो । दुई तिहाईको सरकार अघिको सरकारले यि संसदवादी बिरुद्ध भ्रष्टाचारको मुद्दा धमाधम पेश गरि पक्राउ गर्न थाले पश्चात ति दुई मिलेका थिए । यि दुई शक्ति मिलेको जनतालाई मन परेको थिएन । कम्युनिष्ट नामधारी बैदेशिक दलालको नेतृत्व गर्ने काग्रेस-एमाले मिलेका थिए । ति राम्रा भएको भए युवाले आन्दोलन गर्न पर्ने थिएन । यिनको कमजोरीका कारण देशले परिवर्तन खोज्यो । सरकार बनेदेखि यति बिघ्न भ्रष्ट भयो कि, जनताले मौका खोजिरहेका थिए भन्न सकिन्छ।
सामाजिक संजाल बन्द गराएको निहुँ पारि देशी-बिदेशी शक्तिले पढेलेखेका नेपाली युवालाई प्रयोग गरे । भदौ २३ गते घटेको घटनाको निष्पक्ष छानविन हुन पर्दछ । भोलिपल्ट २४ गते जे भयो, ति पढेलेखेका युवाले गर्न सक्छन् जस्तो लाग्दैन । षडयन्त्र पक्कै भयो । त्यो पनि छानविन हुन पर्दछ । दोषीलाई कारवाही समेत हुन पर्दछ । धेरै वर्ष पहिले अन्य देश जस्तो- इण्डोनेसिया लगायतका देशमा यस्तो उपद्रो मच्चाईएको थियो । प्राय: कमजोर अबिकसित, कम्युनिष्ट मुलुक र भ्रष्टाचाररमा लिप्त देशमा यस्ता खालका घटना घटाईने गरिएको छ ।
युवाको आन्दोलन आव्हान भएको समेत थाहा थिएन जनतालाई।किन र कसरी के का लागि आन्दोलन गर्न लागिएको हो भन्ने कुरा समेत प्रष्ट थिएन।माग के हुन् त्यो पनि थाहा थिएन।एक्कासी कसरी मुभ भयो भन्ने कुरा समेत थाहा भएन।यसको अर्थ देश शान्त थियो, भ्रष्टाचार भएकै थिएन भन्ने चाँही होईन।चरम अपराध भैरहेको थियो देशमा।यथास्थितिमा देश रहन नसक्ने अवस्थामा पुगेको पक्कै हो।बिदेशीको त खेल्ने नियमै हो।खेल्यो नै।पदमा रहेका देशको नेतृत्व गर्ने नेताले त्यो मौका दिए।
अघिल्लो पुस्ताले केही गरेनन् भन्ने अहिलेका जेन जी पुस्ताको भनाई हो भने बेग्लै कुरा हो।उनीहरुले बिद्रोह गर्ने आँट चै कताबाट आयो त भन्ने कुरा हुन सक्छ।बोल्ने अधिकार थिएन।हिजोका पुस्ताले त्यो अधिकार प्राप्त गरि दिए।उतिबेला जे संभव थियो त्यही गरियो।अघिल्लो पुस्ता सँग ज्ञान नै छैन भने जस्तो गरिएको ठिक भएन।मेरा बाबुले गरेन भन्ने भनाई ठिक हुन सक्दैन।
देशको परिवर्तनको मुद्दा उठाएको ठिक छ।हाम्रो पहिलेदेखिको माग हो।ति माग पुरा कसरी हुन सकिन्छ भन्ने तर्फ ध्यान दिनु पर्ने हुन्छ।होनाहार युवाको साहदात भएको छ।यो क्षम्य छैन।ति सपुतले सोचेको सपना पुरा हुनपर्छ।यसमा कसैले खेल खेलिरहेको छ।माग हराउन हुन्न।संविधानमा प्रत्यक्ष कार्यकारी राष्टपतिको व्यवस्था सहित जुन संविधानमा धेरै कुरा संसोधन गर्नु पर्ने आवश्यकता छ।देशमा भैरहेको भ्रष्टाचार अन्त्य, शुसान, समृद्धि, बिकास हाम्रा आशा हुन्।
युवाको आन्दोलनमा घुषपैठ भयो।जसले गर्दा देशले धेरै क्षति व्यहोर्नु पर्यो।जनधनको नोक्सान भयो।पहिलेदेखि यो देश अस्थिरतामा लाने प्रयास भएकै हो।त्यो प्रयास अहिले पनि जारि छ।हामीले के गर्न सक्छौ भन्ने सवाल खडा भएको छ।युवालाई दोष दिएर घटना जसरी घटाईयो, त्यो नदेखिने गरि लुकेको अपराध नछिपोस् भन्ने तर्फ ध्यान दिउँ।
भदौ २३ गते युवालाई ड्रेसमा बोलाईयो।आयोजक को हो थाहा थिएन।कमाण्ड थिएन। युवाबाट कुनै क्षति नहुँदै गोली चलाईयो।यस बारे धेरै कुरा भएका छन्।छानविन भयो भने सत्य कुरा थाहा हुने नै छ।हुनत यो देशमा बिरेन्द्र सहितका राजपरिवारको हत्या, मदन भण्डारीको हत्या, अमर लामाको हत्या, निर्मला बैनीको हत्या र यस्तै अरु घटनाको छानविन भएको छैन।राज्य शक्ति र बिदेशीले घटाएका कतिपय घटनाको बारेमा अहिलेसम्म सत्य तथ्य पत्ता लगाईएको छैन।नचाहेर नललगाएको कुरामा कुनै द्वुविधा छैन।
घटना पश्चात प्रधानमन्त्रीले राजिनामा दिएको सुन्न समेत जनताले पाएनन्।तिनले राजिनामा सेनालाई जिम्मा लगाउन पर्यो।राष्टपतिलाई भेटन त के हेलिक्याप्टर चढेर भाग्न सम्म भ्याए।सेना नभै दिएको भए ति आन्दोलनकारीको चंगुलमा पर्ने निश्चित थियो, जसरी पुर्वप्रधानमन्त्री देउवा र उनको पत्नि परे।अरु भागे या भगाईए।आन्दोलनकारीको नाममा जताजतै आगो लगाए।युवाको शरिरमा लागेको गोलिको रिसले आँखा देखेन।जनता रिसाईरहेका थिए।जंगी अड्डामा चर्काचर्कि सुन्न पाईयो।राजा आउने कुरा चल्यो।बैठक सितलनिवासतिर मोडियो।घटना फरक ढंगबाट अगाडि बढ्यो।राष्टपतिले म मरेपनि राजिनामा गर्दिन भन्ने आवाज सुनियो, देख्न पाईएन।देश संकटमा परेको आभाष भयो।जे भएपनि थोरै समयको लागि अन्तरिम सरकार बन्यो।यसमा राम्रा मन्त्री पनि छानिएका छन्।अरु राम्रा छानियोस्।दलको छाँया नपरोस्।निष्पक्ष व्यक्तिहरु रहुन्।शुभकामना छ।
संविधान जोगाउने कुरा होला, तर संविधानको रक्षा भन्दै नारा लगाउने दल र तिनका भातृ संगठनले आ-आफ्नो नेता र तिनले गरेका अपराध बारे बोलेको सुनिएन।भ्रष्टलाई कारवाही गर भनेको पनि सुनिएन।यिनले गरेको कर्तुत लुकाउन पाईने छैन।युवाको आन्दोलनको मुख्य माग यहि हो।मुख्य समस्यामा सरकारले ध्यान दिनपर्छ।जनताको दैनिकि र देशको तत्कालको समस्या कसरी समाधान गर्ने भन्ने तर्फ सरकारको समय खर्च हुनपर्छ।चुनाव भनेको समयमा हुनपर्छ मात्र हैन कि युवाको माग संविधान संसोधन समेत हो।संविधान संसोधन हुन्छ कि हुदैन भन्ने प्रश्न छ।त्यत्रो साहदात किन त भन्ने प्रश्न हुन सक्छ।चुनावकै लागि त ०८४ मा हुने नै थियो।यो त मध्यावधि जस्तो भयो।केही पनि हेरफेर नगरि कसरी आन्दोलनको माग पुरा हुन्छ र ?
देश अब पुरानो ढाँचामा रहन सक्दैन।पुरानाले अब आँखा गाड्न परेन।ति अब चिप लागेर सुझाव सल्लाह दिएर बसुन्।अब नयाँ आउन्।नयाँ बिचारधाराको बिकास होस्।देशले मागेको सपना पुरा हुन्।युवाहरु अध्ययन र रोजगारीका लागि बिदेश जान नपरोस्।यो देश सम्पन्न छ।श्रोत साधन पर्याप्त छ।कुलमान घिसिङ्ग जस्ता योग्य मानिस आउन्।देश तिनले चलाउन्।यो देशमा योग्यको कमि छैन।दुरदराजमा छन्।सिप लुकेको छ।ति दलका दलालीले गर्दा उनीहरु लुक्न वाध्य गराइए।अब तिम्रा सोर्सफोर्स चल्ने छैन।योग्यको आधारमा देश संचालन हुनेछ भन्ने आशा छ।
-देवी प्रसाद गौतम हेटौडा मकवानपुर
devi.gautamhtd@gmail.com




























