हेटौंडामा नियात्राकार रञ्जु दाहाललाई र सम्मान

हेटौंडा । चिरञ्जीवी `नेपाली´ स्मृति प्रतिष्ठान चितवनको आयोजनामा मकवानपुरको दिव्य सेवा निकेतन, रातमाटे हेटौंडामा नियात्राकार रञ्जु दाहाललाई रु.१५,०००/- सहित चिरञ्जीवी नेपाली स्मृति सम्मान समर्पण गरिएको छ ।

कार्यक्रममा रञ्जु दाहाल, रमेशमोहन अधिकारी, मञ्जु कोइराला, अप्सरा पुडासैनी, महेन्द्र कोइरालालगायतले रचना वाचन गर्नुभएको थियो भने निमेष निखिल, सुवास खनाल, भावना सापकोटा, विश्वनाथ सन्जेल, चिरञ्जीवी लामिछाने, उमेश तिमल्सिना, ॐभक्त भण्डारी, सन्जित श्रेष्ठ, वीणा पोखरेल, गौरी कँडेल, मदन विक, सुमनकिरण आदिले कविता, गजल तथा मुक्तक वाचन गर्नुभएको थियो ।

कार्यक्रममा जनार्दन खनाल, अरुण खतिवडा, डी.बी. बर्तौला, पूर्णकला घिमिरे, देवराज तिवारी, निरा पराजुलीलगायतका साहित्यकारको समेत उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन कपिल अज्ञातले, प्रमुख आतिथ्य प्रोल्लास सिन्धुलीयले तर्हा सभाध्यक्षता निर्मोही व्यासले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.