मकवानपुरे साहित्यकार श्रेयज सुवेदीको कृति “बहुरूपी“ मदन पुरस्कार – २०८१ को छनोट सूचीमा

हेटौंडा । मदन पुरस्कार गुठीले प्रत्येक वर्ष प्रदान गर्ने “मदन पुरस्कार–२०८१” को छनोट कृतिहरुमा “बहुरूपी“ समेत परेको छ । मकवानपुरका साहित्यकार श्रेयज सुवेदीको पुस्तक “बहुरूपी“ कथाकृति मदन पुरस्कार गुठीको शिर्ष ७ मा पर्न सफल भएको हो । यो उनको पहिलो पहिलो प्रकाशित कथा कृति हो । उनले आफ्नो कथाकृतिमा चालक,अपरम्परा,शैलुनको सिसा,बगर, इन्द्रेणी, छाला नामक ६ खण्डमा विभाजित गरेर १५ वटा कथा लेखेका छन । उनले आफ्नो कृतिमा मधेशको परिवेशमा कथा बुन्ने प्रयास गरेका छन् । मधेशको सामाजिक,सांस्कृतिक,आर्थिक र मनोवैज्ञानिक आयामहरूलाई सशक्त कथा वाचन शैलीका मार्फत जीवन्त रूपले चित्रण गरेका छन् ।

साहित्यकार सुवेदीले आफ्नो पहिलो कथाकृति शिर्ष ७ मा छनोटमा परेकोमा खुशी व्यक्त गरे । यो मेरो यो उपलब्धि हो । नेपालको साहित्यक्षेत्रमा सबैभन्दा प्रतिष्ठित “मदन पुरस्कार“ को श्रेष्ठ सूचिमा “बहुरूपी“ पर्न सफल भएको छ । जित्नुको बेग्लै आनन्द होला । मेरो लागि पुरस्कार यही रहेको बताए ।

मदन पुरस्कार गुठीले वर्षभरि प्रकाशित भएका साहित्यिक कृतिहरुबाट छनोट गरेर एक कृतिलाई “मदन पुरस्कार” दिने गर्दछ । मदन पुरस्कार गुठीले मंगलवार प्रेस विज्ञप्ति जारी गर्देै गुठीलाई कूल २ सय ९९ पुस्तकहरू प्राप्त भएका त्यसमध्येबाट शिर्ष ७ कृति छनोट गरिएको जनाएको हो । जसमध्ये साहित्यकारहरु छुदेन काविमोको कृति उरमाल, रमेश भुसालको कृति छालबाटो ःकैलाशदेखि गङ्गासम्म,कुमारी लामाको कृति दज्र्यु संलाप, मनप्रसाद सुब्बाको कृति पञ्चतत्वको पालाम, श्रेयज सुवेदीको कृति बहुरुपी, सुधीर शर्माको कृति भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट–चीन सम्बन्ध र भारत) र तीर्थ गुरुङको कृति हिउँको गीत शिर्ष ७ मा परेको जनाएको छ ।

गठीले उक्त छनोट भएको शिर्ष ७ कृतिहरुबाट एक कृति छनोट गरि “मदन पुरस्कार–२०८१” बाट सम्मान गर्ने जनाएको छ । वि.सं. २०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले वि.सं. २०१३ मा पहिलोपटक गद्य, सामाजिक शास्त्र र विज्ञान विधामा तीन कृति—‘हाम्रो लोक संस्कृति’ (सत्यमोहन जोशी), ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ (चित्तरञ्जन नेपाली) तथा ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ (बलराम जोशी)—लाई पुरस्कृत गर्दै पुरस्कार वितरण आरम्भ गरेको थियो । मदन पुरस्कार गुठीले २०७२ देखि गुठीमा प्राप्त पुस्तकमध्येबाट बढीमा १० वटा पुस्तक छनौट गरी सूची सार्वजनिक गर्ने गरेको छ । २०७५ सालबाट पुरस्कार राशी चार लाख रूपैयाँ पु¥याइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.