अप्रत्यासित चुनाव किन गरियो भन्ने बारे थाहा भएकै कुरा हो।अहिले त्यो भनिएको अप्रत्यासित चुनाव सम्पन्न भएको छ।जे जस्तो परिणाम आएको छ, त्यो पनि अप्रत्यासित नै छ।पुराना दलको अवस्था के हुने भन्ने छ।त्यो उनिहरुले सोच्ने कुरा हो।
अहिले नयाँ भनिने सरकार कस्तो बन्ने भन्ने बारे चर्चा चलिरहेको छ। नेपालमा यसअघि सरकार नभएको होईन।बि.स.१८०७ मा प्रताप सिंह शाह राजा रहेको अवस्थामा बंशराज पाँडे मुलकाजी देवान उपाधि दिईएको पाईन्छ। बि.स.१८६० मा राजा गीर्वाण युद्ध बिक्रम शाह थिए भने बि.स.१८५९ मा दामोदर पाँडे पहिलो प्रधानमन्त्री बनेको देखिन्छ।क्रमस रण वहादुर शाह, भिमसेन थापा, रङ्गनाथ पौडेल, पुष्कर शाह, रणजंग पाण्डे, फत्तेजंग शाह, माथबर सिंह थापा, फत्तेजंग शाह, जंग वहादुर राणा, बम वहादुर राणा, कृष्ण वहादुर राणा, जंग वहादुर राणा, रणोद्धिप सिंह वहादुर राणा, बिर शम्सेर, जंग वहादुर, देव शम्सेर, चन्द्र शम्सेर, भिम शम्सेर, जुद्ध शम्सेर, पदम शम्सेर, मोहन शम्सेर राणा प्रधानमन्त्री बने।
प्रजातन्त्र पश्चात मातृक प्रसाद कोईराला हुँदै शुसिला कार्कीसम्म आईपुग्दा ३९ औं भईन्।अब छिट्टै अर्का एकजना प्रधानमन्त्री बन्दैछन्, ति ४० औं हुनेछन्।जति जना प्रधानमन्त्री बनेपनि जनताको जन चाहना-इच्छा अनुसार काम नभएको मात्रै हो।किन त्यो काम गरिएन,त्यसको सजाँय तिनले पाए।यहाँ तिनिहरुले के-के गरेर त्यो सजाँय पाए भन्ने कुरा लेखि रहनु परेन।
संसदमा हिजोका दलका मानिस कम र नयाँ भनिनेहरु त्यहाँ धेरै देखिनेछन्।शिक्षकदेखि सेलिब्रेटि, कलाकार, हास्य-कलाकार, व्यापारी समेत सांसद हुने भएका छन्।जनताले व्यक्ति हेरेर मतदान गरेनन्, केवल दुई पात्र हेरे।पुरानासँग रिसको झोँक फेरे।जो-जसले जिते या जो हारे त्यसमा केहि भन्नु छैन तर ऋषी धमलालाई अब पत्रकारिता गर्न सुहाँउछ कि सुहाउँदैन, उनको योग्यतामाथि प्रश्न गर्न मिल्छ, मिल्दैन भन्नेमा पनि शंका छ।
प्रत्यक्ष र समानुपातिकमा निर्वाचित हुनेमा हरेक क्षेत्रका देखिए।यो शसस्त्र युद्ध र आन्दोलनबाट आएको भन्ने कुरा ति सांसदले सायद संझना राख्ने छैनन्।युग फेरियो, बेला फेरियो, मानिस फेरिए।संघर्ष गर्ने हराए।नयाँ भनिने आए।पुराना छिरेर नयाँ भएर आएका छन्।ति के नयाँ हुनु र ! दल फरक हुन्।मानिस त्यहीँ हुन्।चरित्र फेरिने होईन।२५ वर्षे रुवि कुमारी ठाकुर सांसद भईन्।यो उपलब्धी युद्ध र संघर्षबाट प्राप्त भएको हो भन्ने कुरा बिर्सिनेछ।चलेन राप्रपाको हलो र बिकेन राजतन्त्रको मुद्धा भन्ने समाचार समेत सुनियो।तैपनि भोट दिई रहेका छन् मानिसहरु।
सरकारले जनचाहना अनुसार गर्ने काम के हो भन्ने छ।ति इरादा पुरा होलान् या नहोलान्।त्यो अहिले नै भन्ने कुरा भएन।एमसिसी र एसपिपी संझौता अहिले चर्चामा छ।त्यो घारो अब बन्ने सरकार समक्ष तेर्साईएको छ।गलगाँडको अवस्था छ।को कसरी परिचालित छ भन्ने कुरा कामबाट देखिनेछ।यो देश सार्वभौम हो, स्वाधिन र अखण्ड राष्ट्र हो।जनता सार्वभौम अधिकार सम्पन्न भै रहनु पर्दछ।राष्ट्र नै मुल थलो हो।कुनै देशको उपनिवेश हुन सकिँदैन भन्ने चाहाना हो।प्रत्यक्ष हस्तक्षेत्र समेत स्विकार्य छैन।
यो देशमा रहि पद र पैसा आर्जन गरि फाइदै फाईदा लिई कम्तिमा १३ हजार व्यक्ति बिभिन्न पासपोर्ट र भिजा लिई बिदेशिएकाहरु नेपाल सरकारको परराष्ट्र मन्त्रालय अध्यागमनको कालो सूचिमा रहेको भन्ने समाचार आएको छ। ति नेपाली भनिने नागरिक अहिले बिदेशमा कुन-कुन देशमा छन्, ति को हुन् भन्ने नाम परिवार सहित सार्वजनिक हुनु पर्ने हो।हुन्छ हुँदैन हेर्न बाँकी नै छ। अहिलेसम्म भएको छैन।तिनले नेपालमा बसेर भ्रष्टाचार गरेको सम्पती बिदेशमा कति लगे होलान् भन्ने कुरा छँदैछ।राजपरिवार मार्दाका प्रधानसेनापति लगायत कहाँ छन् खोजिनु पर्दछ।
चुनाव सम्पन्न गरेको तत्काल रहेको सरकारको पुरानै स्वार्थि नियत देखियो।आदर्शका कुरा पनि आए।पद नभै नहुने भन्ने रहेछ।मन्त्री आफैले अब आउने सांसद पदको घोषणा गरे।कोहीले के पद पाए, कोहि सांसद बनि सके।
अब बन्ने सरकार समक्ष चुनौतीका चाङ छ।हुनत यस अघिका सरकारले बिदेशी दलाल, नोकरशाही, बिदेशी पुँजिपतिको संरक्षण गर्दै देश र जनताको वास्ता नगर्दा मुल्य चुकाउन परेको छ।ति सरकार गरिव मजदुर किसानको थिएन।बिदेशी दलाल पुँजिपतिको संरक्षण गर्न नसक्दा ति हटाईए।नयाँ बन्ने सरकारले ति पुँजिपतिको सम्बोधन गर्ने हो।गरिव श्रमजिवि मजदुर किसानको काम गर्न सक्दैन भन्न गारो मान्न पर्दैन।ति दलाल पुँजिपतिको माग पुरा गरेन भने अब आउनेको हालत पछि गएर त्यही हुने हो।
जेनजि आन्दोलबाट गरिएको बिनास पश्चात बिदेशी लगानी नआउने भन्ने निराशा रहेछ।तथ्याङ्कले त्यो देखएको छ।बिदेशी लगानी आउनै पर्छ भन्ने होईन।देशमा उत्पादन निर्माण भयो भने त्यो लगानी चाहिने होईन।
संसदमा कहिल्यै उपस्थित नभएकालाई कसरि बोल्ने भन्ने बारे प्रशिक्षण दिने भनिएको छ।जान्ने भएर होला कोहि अँध्यारो कोठामा बसेर गोटि खेल्न जानेको चै फेरि नजाने रे भन्ने पनि सुनियो।एकदिन अघि मात्र पार्टी छाडेर गएका सांसद भए भन्ने छ।किसिम किसिमका गजवको चित्र देख्न पाईनेछ।पति बिदेशी पत्नि बिदेशी हुने पनि सांसद हुने भए।
बिदेशी राहदानी लिने पनि संसदमा छिर्ने भए।कालोसुची ज्यान मुद्दा लागेर कैद भुक्तान भएका र अर्काको रकम तिर्न नसकेर भागेका पनि होलान् त्यहाँ हेर्न बाँकी नै छ त्यो आउने नै छ।कतिलाई कति मुद्दा दर्ता भै थिचेर राखेको होला त्यो तस्करिले छोप्ने कुरा हो।छोपि रहेकै होला।
अध्यारो नेपाललाई उज्यालो दिने र भ्रष्टाचारीहरुको सातो लिने आशालाग्दा व्यक्तित्वहरु यो चुनावमा हराईए।बिकासप्रेमीहरु पराजित गरिएका छन्।तिनलाई नियोजित रुपमा हराईएको हुनाले देशमा सुशासन हुन्छ सम्रिद्धि आउँछ भन्नेमा शंका मान्न सकिन्छ।कोही सांसदले तलब भत्ता नलिने भन्ने पनि सुनियो।खर्च कसरी चल्छ थाहा छैन।संघ संस्था तथा युथ काउन्सिलको सदस्यको तलबले कति टर्छ र।भदौ २३-२४ घटनाका जेनजि अहिले खै भन्ने छ।
जेनजीका शरिरमा चार वटा सम्म गोली भेटियो भन्ने छ।ति सांसद भए भएनन् थाहा भएन।यहाँ हुने यस्तै हो।काम गर्ने कालु मकै खाने भालु भने जस्तो हो।हिजो संघर्ष गर्नेलाई कसले सम्झियो र।ति अहिले कहाँ छन् कस्ता अनुहार सांसदमा आए हेर्दा भैहाल्यो।अधिकार प्राप्त गर्न संघर्ष गर्नेलाई किरा भन्दै गाली गरेको पनि सुनियो देखियो।तिनको मुख हेर्न जनतालाई कति गारो भएको छ।तैपनि तिनलाई नै जनताले मत दिए।तिनिहरु अहिले पाँच तारे होटलमा उपस्थित हुन सक्ने भए।त्यही होटलको हिजो बिरोध हुन्थ्यो।
जेनजि आन्दोलन घटनाको छानविन गर्न बनेको समितिले प्रतिवेदन बुझाएपनि सार्वजनिक भएको छैन।चुनावअघि नै हुनपर्ने थियो।जनताले त्यो हेर्न पाउनु पर्ने थियो।सरकारी संरचनाको सुरक्षा गर्न नसकेको भनेर सेना प्रहरीको आलोचना भएको छ भन्ने छ।अरु को-को देखाईएको छ।एकथरिले प्रतिवेदन अनुसार कारवाही हुने चलन नै छैन भनेको पनि सुनियो।यसअघिको हरेक घटनाको बारेमा लेखिएका आयोगका प्रतिवेदन मिल्क्याईएको पनि हो। मदन भण्डारीको प्रतिवेदन एकल प्रतिवेदक ओलिले कहाँ लुकाए थाहा भएन। घटनाका पिडितले उजुरि नदिई कारवाही हुन सक्दैन भन्ने चर्चा पनि छ।
यसको अर्थ कसैलाई कारवाही हुँदैन भन्ने हो।मर्ने मरे, जल्नु जलि गयो।रिस उठेको सरकार गयो।अर्को आईहाल्यो भन्ने पनि हुन सक्छ।जुन चाहना र आवश्यक्ता धेरै छन्।सबै पुरा नभएपनि सन्तोषजनक कामको आशा गर्ने हो।गर्ने नगर्ने, गर्नेले हो।गरेन भने फेरि छँदैछ।
-देवी प्रसाद गौतम हेटौडा मकवानपुर
devi.gautamhtd@gmail.com




























