जनयुद्ध दिवस र राजनैतिक संघर्ष

लेखक देवी प्रसाद गौतम

जनयुद्ध दिवसका अवसरमा आफ्नो केही बिचार लेख्ने मन थियो । जनयुद्ध दिवस किन मनाउने? या नमनाउने भन्ने छ।युद्ध किन गरियो भन्ने कुरा पहिले हेर्नु पर्ने हुन्छ । २०४८ सालमा बिभिन्न कम्युनिष्ट घटक मिलाएर नेपाल कम्युनिष्ट पार्टी (एकता-केन्द्र)निर्माण गरियो।यसकै निरन्तरतामा त्यहाँ बिचार संघर्ष चलाएर २०५२ फागुण १ गतेबाट जनयुद्धको नाम दिई शसस्त्र संघर्ष गरियो । थुपै नेपालीले दु:ख पाए । यसको आफ्नै ईतिहास छ । ३० औ वर्ष भनेपनि देश र जनताको इच्छा चाहाना पुरा भएन । केवल नेताको जय भयो।कार्यकर्ताको चाहान केही हद सम्म पुरा भएको मात्र देखियो । यसमा असल कार्यकर्ताले दु:ख व्यक्त गर्न मात्र सके।

त्यस ससस्त्र संघर्षलाई कसैले हिंसा भने । कसैले जनयुद्ध भने । कसैले सस्स्त्र संघर्ष भने । जे भनेपनि राजनैतिक संघर्ष पक्कै हो भन्ने कुरामा द्वविधा छैन । ठाउँ ठाउँमा पार्क स्मारक बनाइए । त्यो साम्रो पाटो हो।कँहि त त्यति पनि भएको छैन। कतै बिदा दिईए।कोही बिदा कटौती गर्न रिटै लिएर अदालत गए ।अदालतले बिदा दिन मिल्दैन भन्यो क्यारे । प्रचण्ड सरकारले एक साल बिदा दियो । त्यो बिदा अहिले भएन । ओली कम्युनिष्ट भन्ने पार्टिमा छन । उनले यो युद्ध शब्द सुन्न आँट गर्दैनन । यिनलाई १०२ डिग्रि ज्वरो आउँछ । ससस्त्र युद्ध पश्चात पनि भयानक आन्दोलन नभएको होईन ।

आज यसैको सेरोफेरोमा देश अगाडि बढिरहेको छ। मुलत संघर्षबाट उपलब्ध संविधानमा सबै बाँची रहेका छन । कोही राष्टपति, कोही प्रधानमन्त्रि भए । मन्त्री मुख्यमन्त्री त कति भए । २।२ पटक चुनाव भए । पालिका बने । महानगर बने।यि पालिकाले लिने राजश्व भनि साध्यै छैन। यो छुट्टै पाटो हो । जसरी पनि जनताले दुख पाएको कुरामा कुनै शंका छैन ।

युद्ध संघर्षमा कतिले ज्यान गुमाउन पर्यो । कति घाइते भए।कति बेपत्ता भएका होलान । ति र तिनको परिवारको बारेमा सरकारले के ध्यान दिई रहेको छ भन्ने कुराले दिवस मनाउनु सार्थकता हुनेछ । कयौँका सन्तान गुमे । पत्नि गुमे । पति गुमे छोरा गुमे । छोरी गुमे । कतिले पढन पाएनन । जिउमा गोलीका छर्रा लिएर हिडेका छन । ति घाइते अस्पताल धाउछन । उपचार खर्च छैन । पिडा कसैले देख्दैन । यहाँ युद्ध दिवस मनाईन्छ । रमिता गरिन्छ । बाच्नेले गर्नु अस्वभाविक मान्न मिलेन । जो मरेर गए । तिनले बाच्नेका लागि गरि दिए भन्न सक्छन ।

शहिदको रगत सँग डर कसैलाई भएन । शहिदका आमा बुवा पिडा बोकेर मरे होलान । तिनका घरमा युद्धरत पक्ष गए गएनन थाहा भएन । तिनको घाउमा मलम लगाए लगाएनन । कयौ लडाकु एवं शहिदको छोरा छोरी बिदेशिन वाध्य भए । आर्थिक कारणले कसैको सम्बन्ध बिच्छेद भयो ।

उपलब्धीबाट कतिले चास्नी खाई रहेका छन।राजतन्त्र नढलेको भए र युद्ध नभएको भए आज चास्नि खानेहरु कहाँ पुगि सकेका हुने थिएँ । आज ति शहिदको रगत माथि होली खेलिएको छ । सँगै लडेका बाबुराम भट्टराई, राम बहादुर थापा, टोप वहादुर रायमाझी, लेखराज भट्ट जस्ता नेता भ्रष्ट भए । युद्ध गरेको पार्टी भित्र अरु पनि छन । पार्टि बाहिर गएका गोपाल किराँतीआहुती बिष्ट जस्ता नेता पलायन भए । सकिए । कोहि सकिने क्रममा छन । अझ प्रचण्ड सँग जोरी खोज्ने कति छन । प्रचण्ड आफ्नो ठाउँमा ठिक छन या छैनन भन्ने कुरा आफ्नो ठाउँमा छ । अन्य कस्ता छन भन्ने कुरा हेर्नु पर्ने हुन्छ । कति मन्त्री हुँदा पिय स्वकिय हुँदै बिचौलियाको काम गर्ने जिल्ला नेता प्रदेश नेता भएका छन । तिनले जिल्ला प्रदेश बनाउने कुरा शंका गर्न सकिन्छ ।

माओवादीको नामबाट युद्धकालमा कतिले के फाइदा लिए । कतिले साँच्चिकै युद्ध हो भन्दै ज्यान अर्पन गरे । यसको बदलामा नेताका छोराले सुन तस्कर गर्न थाले । शक्तिको आडमा मजाले फाइदा लिन हिडे । कोही जेल परि सके । कतिका शहिदका नाममा पद लिए।रमाई रहेका पनि नभएका होईनन । मर्नेको आत्माले पोल्ने गरि गलत कार्य गरेको कुरामा आश्चर्य मान्न पनि परेन । अलिकति डर त्रास पनि रहेन।शहिदका परिवारले दुरुपयोग गरेको कुरा सत्य हो भन्न लाज मान्न थालियो भने ति शहिदको आत्माले सराप्नेछ ।

युद्ध भएको ठाउँमा बिध्वसं हुनु स्वभाविक थियो।शान्ति पश्चात जे जति राहत सेवा समर्पण चाहिन्थ्यो त्यो भएन।यसबाट पिडा भोग्नेहरुलाई मलम लगाउन पर्नेमा पार्टी फुट टुट गूग तिर लागे।लोभि पापी पनि थिए भन्ने कुरामा शंका भएन।अब ति अपराधी कसरी चिन्ने भन्ने हुने नै भयो।बदनाम तिनले गरे।यस्ता तत्वले गर्दा नेतृत्वलाई कठिनाई पनि भयो।बिग्रेको आरोप पनि लाग्यो।संसारभरको युद्धलाई हेर्ने हो भने नेपालको ईतिहासमा युद्धबाट शान्तिमा रुपान्तरण भएको राम्रो पक्ष हो र थियो।यसलाई असल बिद्वानहरुले राम्रो सँग व्याख्या गरि दिन पर्ने थियो।तर पनि बिके।किन बिके त्यही पत्नि छोरा छोरीको खान पान सुख सुविधा भन्दा माथि उठन सकेनन।तिनलाई हामीले बिद्वान भन्ने पर्यो।पत्रकार त कुरै छाडौ।कतिपय पत्रका कस्ता भने भारतिय रअ सँग रकम लिई जिविका गर्ने रहेछन।

सत्तामा हुने आज युद्ध नाम सुन्न चाहादैनन।अदालत त झन सुन्न चाहादैन।पुराना नभएका होईनन।तिनले लुटेको छ।लुटनेलाई जनयुद्ध के काम थियो र।ति हिजो सुराकी बने आज सत्तामा छन।फेरि लुटने ठाउँमा तिनै छन।तिनले जनयुद्ध नाम सुन्न सक्ने कुरा भएन।सुराकीको नाउँमा नाजायज काम पनि भएको छ।व्यक्तिले कतिपय ठाउँमा गलत गर्नाले वदनाम पनि भएकै हो।बल प्रयोग नभएको भए परिवर्तन संभव थिएन होला।जवरजस्त युद्ध भयो भन्ने कुरा पनि बेला बेला आउँछ।

संघर्षबाट प्राप्त अधिकार खोस्न खोज्ने तत्व नभएको होईन।संविधान संसोधनको हवला त्यसैको सेरोफेरो हो।किनकि ति तत्वले संविधान चाहेका थिएनन।तिनले वहुमत पाए भने उपलब्धी उल्टाउन सक्ने कुरामा संका छ।तर जनताले जे जति अधिकार प्राप्त गरेका छन।गाउँ गाउँमा बाटो स्थानिय सरकार देखेका छन।त्यो स्वाद जनतामा छ।घरै छेउ सेवा पाउन थाले।जनताले बिस्तारै कुरा बुझ्दै जानेछ।बुझाउन पर्ने सत्ताको स्वादमा रुमलियो।किन कि स्वार्थिको झुण्ड नेतृत्वको वरिपरि घुमि रह्यो।त्यसले जनता बिर्स्यो।

यि र यस्ता जनचेतनाका लागि संप्रेषण गर्ने कार्यमा पुन म लागि परिरहने छु।सुझावका लागि तलको ठेगाना छँदैछ।अहिलेलाई यति।
-देवी प्रसाद गौतम
हेटौडा मकवानपुर
devi.gautamhtd@gmail.com

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.