राजतन्त्रको कालो ईतिहास र अहिलेका नेताको लाजनीति

लेखक देवी प्रसाद गौतम

परिवर्तित राजनैतिक घटनाक्रम र अवस्थाका बारेमा आफ्नो बिचार राख्नै पर्ने अवस्था आइ लाग्यो।अहिले नेपालमा काग्रेस एमालेको गठबन्धन सरकार छ।यसको लगभग दुई तिहाई शक्तिको दम्भ छ।यसलाई कसैले छुन समेत सक्ने अवस्था थिएन।तर यसैबेला राजावादी भन्ने पुरानो शक्तिले सिर उठाउने उचित मौका पायो। जनतामा सन्त्रास फैलिएको छ।के यो सत्य हो, यो हुन सक्छ/सक्दैन भन्ने अफवह फैलिएको छ।जनता भ्रममा छन।हो कि क्या हो भन्ने भान परेको छ।यो झुठ हो।

१०४ वर्षे राणाकाल लगभग ०४ सालतिरबाट उधोगतिमा जान लागेको थियो।यो ०७ सालको घटनाक्रमले समाप्त पारिदियो।यस परिवर्तनलाई प्रजातन्त्र भनियो।यसलाई राजा महेन्द्रले भारत र चिनसँग कुटनैतिक सम्बन्ध बिकास गरि भारतलाई कालापानी सुम्पिएर ०१७ साल पुषमा समाप्त पारि दिए।यो महेन्द्रको शासनकाल ३० वर्ष भनियो।अर्थात ०१७ सालबाट ०४६ सम्म हो।

०४७ सालमा राजा महेन्द्रले जारि गरेको ०१९ सालको एकलौटी/एकतन्त्रिय संविधान बिघटन गरियो।दल खोल्ने व्यवस्था कायम गरि ०४८ को चुनाव गरियो।त्यो वहुमतको सरकार काग्रेसले संचालन गर्न नसकि ०५१ मा मध्यावधिको नाम दिई चुनाव गराई पुर्व राजावादी पार्टि काग्रेस र एमाले मिलिमिल ५ वर्ष अलि अलि बाँकी भएको देश लुटन सम्म लुटे।

०४८ सालमा अर्थमन्त्री रामशरण महतको बिदेशी दलाल सँगको साँठगाँठ उदारकरणको नितिबाट राजा महेन्द्रले चिनसँग सहकार्य गर्दै संथापना गरेका देशलाई आत्मनिर्भर गर्ने कलकारखाना उधोग बिघटनको दिशामा लगियो।

०५६ सालमा तेश्रो चुनाव गरियो।काग्रेसले बहुमत ल्याएपनि यसले पुरा समय चलाउन सकेन।०५२ फागुण १ गतेबाट घोषित ससस्त्र संघर्षले च्यापेर लग्यो।०५८ साल जेष्ठ १९ गते राजपरिवार समाप्त पारियो।यसअघि ०५१ मा मदन भण्डारिको षडयन्त्रपूर्ण हत्या भएको घटनालाई समेत जोडन पर्ने हुन्छ।यि यावत घटना किन घटाइए भन्ने तर्फ ध्यान दिन जरुरी छ।देशलाई इन्दिरा गान्धीले सिक्किम जस्तो लिन चाहेको कुरालाई निरन्तरता दिई रहेको छ भन्ने कुरा हामी नेपालीले बिर्सन थाल्यौ भने देश नरहन पनि सक्छ।

अहिले देशमा के भैरहेको छ भन्ने बुझ्न आवश्यक छ।राजतन्त्र कसरी समाप्त भयो भन्ने कुरा बुझ्न पर्ने हुन्छ।०५६ सालको देउवा सरकार ज्ञानेन्द्रले अपदस्त गरेका थिए।०५८ मा राजा बिरेन्द्र सहितका परिवार हत्या पश्चात ज्ञानेन्द्र राजा भै टोपलेका थिए।दलले भेटी राखेर ढोगे।यिनले संविधान च्यात चुत पारे।त्यो संविधान माओवादी संघर्ष र ०६२।६३ सालको जनआन्दोलनले स्थापित गर्न वाध्य पार्यो। व्यवस्थापिका जिवित ज्ञानेन्द्रले नै गरेका हुन।त्यसमा माओवादी समेत मिलाईयो। त्यही व्यवस्थापिकाले ०६४ सालमा संविधान सभाको चुनाव गरायो।

६०१ जनाको जनताद्वरा स्थापित संस्थाले राजतन्त्र र ०४७ सालको संविधान खारेज गर्यो।यहाँ राजावादीहरुले बुझ्न आवश्यक छ।त्यो राजतन्त्र ससस्त्र संघर्ष जनआन्दोलन र बिधिवत संविधान सभाले ढालेको हो।केही असन्तुष्ट मानिस जम्मा पारेर नारायणहिटी भित्र राजा हुलेर राजतन्त्र आउने सपना देख्दैछन।यसको बिधि छ।जनवलद्वरा कब्जा गरेर वा संविधान बमोजिम चुनावमा भाग लिएर दुई तिहाई ल्याएर राजतन्त्र आउँछ कि भन्ने लाग्न सक्छ।संविधान बमोजिम चुनिएर दुई तिहाई ल्याए पनि संविधानले गणतन्त्र जादैन।यस बारेमा संविधानको प्रस्तावना हेर्न पर्ने हुन्छ।प्रस्तावनामा यो कुरा संभव छैन।यसको मतलत रक्तपातपूर्ण क्रान्तिले मात्र राजातन्त्र फर्कन सक्छ।यो कसले गर्ने भन्ने कुरा आउँछ।भारतले उचालेर देशका केही राजावादीहरु उफ्रेर हुने कुरा हैन।जनताले युद्ध/हिंसा गर्न पर्यो।नेपालको संविधानको प्रस्तावना र धारा १४३ हेर्नुहोस।यस धारामा संविधान संसोधनको कुरा छ।जनतामा निहिन सार्वभौम सत्ता परिवर्तन/संसोधन गर्न पाईने छैन भनिएको छ।

हाम्रो देशको दुईतिर ठुला देश रहेका छन।यसअघि माओवादीका नेता प्रचण्डको नेतृत्वमा सरकार थियो।यसमा काग्रेसको समर्थन थियो।भ्रष्टाचारका फाईल खुल्दै जाँदा सरकार रातारात अपदस्त जस्तो गरियो।अहिले सरकारले राम्रो काम गर्न सकेन।उल्टो बिचौलियाहरुको पक्षमा निर्णय गर्दै गयो।जनतामा तिब्र असन्तुष्टि बढन थाल्यो।यही मौका छोपी पुनरुत्थानवादी सलबलाए।जुजुल एवं बिरोध गर्न थाले। सरकारको कामको बिरोध हैन कि राजा चाहियो भन्न थाले।यो उल्टै बाटो हो।राम्रों काम गरिरहेको सरकार हटाउनु नै अहिले यो अवस्था आयो।दुई ठुला दलमा यति बिध्न भ्रष्टाचारी फेला परेकि जनता चकित परे।चौथो दललाई पेलेकोमा समेत जनता असन्तुष्ट थिए।

यहि काग्रेस एमालेको सरकारले देशमा भएको उधोग धन्दा टाट पल्टाईएका थिए।नेपालमा भएका लगभग सरकारी उधोग कलकारखाना समाप्त पारिएकै थिए।केही संस्थान बाँकी थिए।ति उधोगधन्धामाथी भारतिय/बैदेशिक दलाल बिचौलियाको गिद्धे दृष्टि थियो नै।जस्तै दुरसंचार, नेवानि/प्लेन संस्थान, बिधुत प्राधिकरण निजिकरण तिब्र पारियो।

जग्गा जमिन जंगल कम्पनी बनाउँदै निजिकरण गर्न तिब्र रुपमा लागियो।देशका खनिज नेपाल सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समिति समेतका सरकारी संरचनाको मिलेमतोमा लुट मच्याईएको छ।निर्माणको कार्य न्युन छ।बिमाको रकम दिन नसक्ने अवस्थामा सरकार छ।तलब भत्ता रोकिन सक्ने अवस्थामा पुगेको छ।बिदेशीले अनुदान रकम रोक्ने निर्णय गरि सकेको छ।राजश्व असुलमा निराशाजनक स्थिति छ।लुट बाहेक केही गरिएन।
जल जमिन जंगल भरपुर भएको देश हो।प्राकृतिक रुफमा संसारका देश भन्दा कयौं गुणा राम्रो छ यो देश।ताप्लेजुङमा केवलकारको निर्माणको नाममा कमिसन चलेको छ।कमिसनकै बलमा जनतामाथि वल प्रयोग भएको छ।एउटा व्यापारिको लागि जनता कुल्चेको छ।रगत बगाएको छ।सेना प्रहरीले सधै साथ दिन्छ भन्ने छैन।यस्तो अवस्थामा पुर्याए ओलिले देश।

देशका संचालकहरु दुई ठुला दल जो जनतालाई झुक्याएर पाएको मतको आधारमा स्थापित छन।यिनको बारेमा धेरै अलमल गर्न पर्ने अवस्था छैन।यिनले ०८४ मा चुनाव गर्लान् जस्तो पनि लाग्दैन।संविधान कुल्चने चेष्टा छ यिनको।यसरी पुरातनवादीहरुलाई सहयोग पुग्ने गरि काम गरिरहेको छ सरकार।

ज्ञानेन्द्र शाह राजतन्त्रकालका युवराज एवं ठुला व्यापारि हुन।एक पटक राणा कालमा राणाले त्रिभुवन भारतमा शरण लिन पुगेका बखत यि राजा घोषित गरिए।युवराज हुँदा देशमा राजतन्त्रको शक्तिको आडमा यिनले के कति गरे भन्ने कुरा प्राय सबैले बुझेको हुन पर्ने हो।बिवाह गर्न ऋण लिन पर्ने राजाहरु कसरी यति धनि भए भन्ने जनताले बूझेका छन।जनतालाई सर्वमान्य भनिएका गणेशमानले भेडा भन्ने गरेको ठिकै हो भन्न कदापि गलत हुने छैन।जनमत सहि भएन।अब बिचार पुर्याउन पर्ने हो।भ्रष्टलाई कारवाही गर्ने शक्ति देशमा छ भन्ने कुरा ध्यान दिन जरुरी छ।यस कुरामा जनताको सोच्न सक्ने शक्ति छ या छैन त्यसैमा देशको भविश्य निर्भर छ।

गणतन्त्रवादी भन्नेहरु कस्ता भए भन्ने प्रश्न जनताले गरिरहेका छन।यिनले देश लुटन सम्म लुटे।स्थानिय तह केन्द्र सरकार, प्रदेश सरकर र कर्मचारीले यति गलत गरे कि देशमा आसाजनक अवस्था समेत रहेन।यिनलाई देशको माया नै भएन। परिवार नै प्यारो भयो।यि छोरा छोरी पत्नि नातागोता भन्दा माथि उठेनन।केही अपवादमा रहे पनि ति निकै कम छन।

यि र यस्ता बिचार भाव संप्रेषण गर्ने कार्यमा म लागि परिरहनेछु।सुझावका लागि तलको ठेगाना छँदैछ।अहिलेलाई यति।

-देवी प्रसाद गौतम हेटौडा मकवानपुर
devi.gautamhtd@gmail.com

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.