पूर्वराजावादी र नेताहरुको कालो कर्तुत खुलेको दिन–‘तिनकुने घटना’, जनताको लागि ठूलो पाठ

लेखक देवी प्रसाद गौतम

राजतन्त्र र गणतन्त्रका बारेमा अहिले वहस हैन कि आन्दोलन चलेको छ। सरकार दुई तिहाइको त्यो पनि एमाले काग्रेसको छ। यि यति शक्तिशाली छन् कि, कसैले हल्लाउन सक्दैन भन्ने भान परेको छ। तर कुरा त्यसो हैन। यि बिचौलीयाको बलमा बनेका हुन भन्ने कुरामा शंका रहेन।

चैत्र १५ गतेको तयारी पुर्व नै फागुण २५ गते एक झल्को राजा ल्याउने आन्दोलनले दिएको थियो। यसैको सेरोफेरोमा तराई मधेमा जागरण अभियानमा रहेको माओवादी अभियान छाडेर काठमाडौ आउन पर्ने के वाध्यता आइ लाग्यो? त्यस पार्टीका प्रमुख नेताहरु किन काठमाडौ आए भन्ने छ। राजावादीले सढेगलेको रछ्यानमा मिल्काईएको राजा चैत्र १५ गते नारायणहिटी भित्र्याउने भन्ने हल्ला चलेको थियो। समाजवादी मोर्चाले पनि १५ गते नै काठमाडौमा प्रदर्शन गर्ने निर्णय गरि सकेको थियो। राजावादीहरुले पनि त्यही दिन जुधाएर कार्यक्रम राखे। जे घटना भएको छ,आफैमा ठिक छैन। नेपाल र नेपालीको हितमा छैन। जो मरेपनि नेपाली मरे। आयोजकले मन्च बनाएको रहेछ। जुलुस मन्च तर्फ नगै हिंसामा लाग्यो भन्ने छ। ढुंगामुडा गरे। आगो लाग्यो। आगोमा परि एक युवा पत्रकारको ज्यान गयो। अर्का सर्वसाधारणको ज्यान समेत गयो। व्यापारिक भवनमा लुटपाट भए।ति सामान जस जसले लगि कुदेका थिए, नेपालीले लाज मान्न पर्ने अवस्था छ। सामाजिक संजालमा संसारभरका मानिसले तिनका अनुहार हेरे। खासमा सगरमाथाको देश, बुद्धको देश, नेपालीले गर्न हुने थिएन।

राजावादीहरुको के मनसाय थियो थाहा भएन। तर उपद्रव गर्ने नियत राखेको बुझ्न सकिन्छ। बंगलादेशको झल्को दिने भन्ने थियो। नक्कल गरेर हुने होईन।त्यहाँको अवस्था अर्कै थियो। यहाँको अर्कै छ। त्यहाँ राजा मागेको होईन। यहाँ राजा मागेका थिए। जनताले साथ दिने कुरा त्यति सजिलो छैन। यहाँ दल छन।राप्रपा ५ औं दलमा छ क्यारे। माओवादीको समानुपातिक समावेशी आन्दोलनको रापबाट स्थापित संविधानको आधारमf यिनले हिन्दुवादीको भोट केही संकलन गरेर त्यो हैसियत बनेको हो। यिनले यो कुरा बिर्सन्छन।

सरकारले आन्दोलन दवाउन के तयारी गरेको थियो थाहा भएन? तर सरकारले त्रिपुरेश्वरमा जे गर्यो, त्यो जनताले राम्रो सँग हेरेको छ। त्यो आन्दोलनबाट राजा नारायणहिटी जान पाएको भए ति राजा हुने थिए। तर राजा हुने र तिनका पत्नि, छोरा, छोरी, बुहारी, नातागोता जुलुसमा आएनन्। जनताको छोरा छोरी मात्र आए।राजा भए ज्ञानेन्द्र हुने। मरे जनता मर्ने। उनका सन्तान मर्न नपर्ने, यस्तो न हो काईदा।

आयोजकले हिंसा गर्न खोजे। केहि मानिस मरुन्। उपद्रव होस् भन्ने सोच रहेको पाईन्छ। सरकारले पनि हिंसा रुचायो। लुटपाट मच्याईयो। सबै खराव थिए भन्न मिलेन। तर कुनियत रहेको बुझ्न सकिन्छ। आदित्यनाथको फोटो देखिनु, छिमेकी देश दक्षिणका समाचारहरुले लगातार संप्रेषण गर्नु। यि सबै देश असफल बनाउने नियत थियो भन्ने बुझ्न पर्दछ।

समाचार संप्रेषण गर्न गएका पत्रकारलाई कोठामा थुनेर जलाईयो। आन्दोलनकारी किसिम किसिमका देखियो।कमाण्ड कन्ट्रोल गरेको देखिएन । यस्ता आन्दोलनकारीबाट राजा आउने कुरा भएन । आई हाले भने पनि जनताले सुख पाउने कुरा भएन । पत्याउन सकिंदैन। यो सरकार बने देखि देशमा यस्तै भै रहेको छ। बिधुत प्राधिकरणका एक कर्मचारी र महानगरका स्थानिय जनप्रतिनिधिप्रति यति बिध्न खनिए कि, यिनको सरकारमा बसेर कामै त्यही हो जस्तो लाग्न थालेको छ। पालिकाको कर्मचारीका तलब रोकिएको छ। यस्तो नालायक काम सरकारले गरि रहेको छ। त्यो आन्दोलन जे भने पनि सरकारले गरेको तरिका ठिक छैन।राजावादीको आन्दोलन देखाएर आफुले गरेको कर्तुत लुकाउन मिल्दैन। यिनले जे अपराध गरि रहेका छन्, त्यो जनताले बुझ्नु पर्दछ।
पुर्व पंच नवराज सुवेदी आन्दोलनको नेतृत्व गर्न ज्ञानेन्द्रको रोजाईमा परे। त्यहाँ पशुपति सम्सेर राण, प्रकाशचन्द्र लोहनी, केसर बहादुर बिष्ट, राजेन्द्र लिङदेन, बिक्रम पाण्डेहरु थिए भनिन्छ।त्यो आन्दोलनको तयारी बैठकमा मेडिकल माफिया भन्ने गरिएका दुर्गा प्रसाई पनि गएका रहेछन। त्यो बैठकमा आन्दोलनको कसले नेतृत्व गर्ने भन्ने लुछाचुडि भएछ। नवराज सुवेदीलाई कसैले मन पराएनन्। रविन्द्र मिश्र, ज्ञानेन्द्र शाही अरु को-को हुन् कुन्नी थाहा भएन? तिनमा मेल देखिएन। यस्तो मेल नहुनेबाट राजतन्त्र आएर केही हुनेवाला थिएन र छैन।

घटना पश्चात जनतामा जे देखियो, यो सबैले बुझि सके कि राजा आउँछ या आउँदैन। तिनलाई सुविधा दिएकै थियो।हिजो आफ्नो दाजुको कार्यकालमा तिनले के-के गरे? ति सबै कुरा छुट पाएकै थिए। कुनै मुद्दा लागेन तिनलाई। गणतन्त्रले वस्न खान घर सुरक्षा सबै दिएकै थियो। यिनलाई यतिले पुगेनछ। यिनको मनसाय ठिक छैन भन्ने बुझियो यसपाली। यसले आन्दोलनकारी दल व्यक्ति र स्वयं राजा बन्न खोजेकालाई समेत धक्का लाग्यो। उनी त कतै देखिदैन अहिले।बोलचाल समेत छैन। अक्क न बक्कमा होलान् या तयारीमा होलान्।जे होस् राम्रो सँग थाहा पाए होलान्। संविधानलाई कुल्चेर राजतन्त्र आउँछ या आउँदैन भन्ने कति मानिसलाई अलमल भएको देखिन्छ।यस बारे पहिलेको मेरो लेखमा अलि अलि लेखिएकै छ।प्रष्ट हुन पर्ने हो।

गणतन्त्रका बारेमा राप्रपा जस्ता शक्तिले सपथ खाएकै छ।संविधानको नुन खाएर राजतन्त्रका कुरा गर्दैछन्।यिनले माओवादी युद्धमा के गरेनन् होला।कमल थापा स्थानिय संघिय मामिला मन्त्री हुँदा संविधान राम्रो छ भनि प्रचार गर्दै हिडेका हुन्।अहिले ति हिन्दु र राजाका कुरा गर्दैछन्।यहाँ जति कुरा गरे पनि यिनलाई थाहा छ, राजतन्त्र आउदैन भनेर।दुर्गा प्रसाई, राजेन्द्र लिङदेन, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ जस्तालाई पनि थाहा छयो माग ठिक होइन भन्ने कुरा।यि किन उचालिएका छन\ भन्ने कुरा बुझ्न पर्ने हुन्छ।यि कहिल्यै सफल मानिसहरु होईनन्।

छिमेकीले उचालेकोमा कुनै शंका छैन।नेपालका राजाले हरेक प्रकारले दक्षिणको साहारा लिएको देखिन्छ।खेल उसैको हो।नेपालका दललाई राम्रो सँग खेलाएको छ।त्यो पनि थाहा छ।उसले किन यस्तो गरिरहेको छ भन्ने कुरा छ।यहाँको जल,जमिन, जंगल, श्रोत साधन माथि गिद्दे दृष्टि रहेको छ।पुँजीको कुरा होला।धनि हुन जसलाई पनि मन लाग्छ।नलाग्ने होईन।कुलमान हटाइएको कारण त्यही हो।नहटाएसम्म यिनको कुर्सी सुरक्षित भएन, अनि त्यसो गरे।

उपाय एउटै छ, चुनावमा जनताले देखाई दिने हो।यि बिचौलियाका दलाल ठेकेदार दुई पार्टीलाई त दिनै हुँदैन।अरु जहाँ देउ देउ, ठिक ठाउँमा देउ, तर यिनलाई नदेउ।प्रत्यक्ष कार्यकारी प्रणाली संविधानमा जसले संसोधन गर्ने प्रस्ताव गर्छ त्यो ठिक छ।राम्रो सँग हेर्नुहोला।भएका उपलब्धी उल्ट्याउने देखि होसियार हुनुस्।राजावादीले दुई तिहाई ल्याएर संविधान संसोधन गर्नुस्।सहि तरिका भनेको संविधानलाई अझ बिकसित गर्ने हो या कि संविधानको मर्म बिपरित संसोधन।
यि र यस्ता बिचार भाव संप्रेषण गर्ने कार्यमा म लागि परिरहनेछु।सुझावका लागि तलको ठेगाना छँदैछ। अहिलेलाई यति।

-देवी प्रसाद गौतम, हेटौडा मकवानपुर
devi.gautamhtd@gmail.com

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.