२०८३ बैशाख २३, बुधबार १३:३० गते
२०८३ बैशाख २३, बुधबार १३:३० गते
सुकुम्वासी भनेको के हो भन्ने बारे चर्चा धेरै भए होलान्।मानिस सुकुम्वासी कसरी हुन्छ ? कुन देशमा सुकुम्वासी हुन्छन्, कुन देशमा सुकुम्वासी नै छैनन्।यस बारे धेरै अध्ययन गर्नै पर्ने त हैन।तापनि यस बारे केही न केही त होला भन्ने लाग्छ।पृथ्वी भन्ने ग्रहमा पानी, जमिन र जमिन मुनी प्राणी छन्। सामान्यतय मानिस जमिनमा बस्छन्।प्राणी जमिन, जल र जमिन मुनी पनि बस्न सक्छन्।प्राणीलाई बस्न कुनै लालपूर्जा धनि पुर्जा चाहिँदैन।अन्नपात राख्ने भण्डार, पक्कि घर बगैंचा पनि चाहिँदैन।मानिसलाई यो किन चाहियो भन्ने चै सोच्न सकिन्छ।चेतना के हो भन्ने बारे सबै प्राणीले जान्दैनन्।मानिसले जान्दछ।तर यो यति बेईमानी छ कि सारा समस्याको जड नै यहि मानिस हो…