२०८३ बैशाख २३, बुधबार १३:११ गते
२०८३ बैशाख २३, बुधबार १३:११ गते
हेटौँडा । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै मिडियामाथि बढ्दो नियन्त्रणको प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेको छ। आइतबार महासंघको सभाहलमा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईंले हरेक वर्ष प्रेस स्वतन्त्रता दिवस मनाइए पनि व्यवहारमा प्रेस अझै पूर्ण रूपमा स्वतन्त्र हुन नसकेको बताउनुभयो। उहाँले सरकारबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मिडियामाथि अंकुश लगाउने प्रयास भइरहेको उल्लेख गर्दै यस्तो प्रवृत्तिले लोकतन्त्र कमजोर हुने धारणा राख्नुभयो। कार्यक्रममा प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले लोकतन्त्र स्थापनामा पत्रकारहरूको महत्वपूर्ण भूमिका रहेको स्मरण…