२०८३ श्रावण १३, बुधबार २२:०३ गते
२०८३ श्रावण १३, बुधबार २२:०३ गते
स्मृतिमा उमेरको प्रभाव परेको हुनुपर्छ । मैले बिर्सिएँछु । देवी गौतमले फोन गरे । रुदानेको स्मृतिसभा रहेछ । हेटौंडा ११ सहिद स्मारक नजिक, थाहा भवनमा असार ७ गते विहान ८ वजेदेखि । जाने कोही भेटिन्छ कि भनेर म यताउता हेर्दै थिएँ । त्यसै बेला कवि पुरुषोत्तम समाचार केन्द्रअगाडी देखिए । उनी पनि त्यतै हिँडेका रहेछन् । मलाई देख्नासाथ उनी रोकिए । उनकै पछाडि बसेर म कार्यक्रम स्थलतिर भटभटिएँ । हलभित्र छिरेर म खाली कुर्सी खोज्दै थिएँ । त्यसै बेला उद्घोषकले मलाई मञ्चमा बोलाए । मैले आसन ग्रहण गर्दा स्वागत भाषण सकिएको थियो । जति सक्दो चाँडो कर्मकाण्डी अनुक्रम सकेर आयोजकहरु…