‘मेरो नेतृत्वमा कमिटी बन्नेमा विश्वस्त छु’–राजेश नगरकोटी

मकवानपुर । नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघ नेपाल, मकवानपुर जिल्ला कमिटीको १० औ जिल्ला अधिवेशन यही भदौ २८ र २९ गते हेटौंडामा हुने भएको छ । सोही सन्दर्भमा संघका अधिवेशन आयोजक कमिटी संयोजक युवानेता राजेश नगरकोटीस“ग अधिवेशनबारे पत्रकार मनिता रानाले गरेको कुराकानीको अंशः

  • राष्ट्रिय युवा संघ कस्तो र कुन उद्धेश्यले स्थापना भएको हो ?
    नेकपा एमालेका २२ वटा जनसंगठनमध्ये बलियो र समग्र युवाहरुको भरपर्दो संगठन नै राष्ट्रिय युवा संघ हो । २०४७ जेठ १ गते स्थापना भएर सकारात्मक क्रान्ति गर्दै हरेक युवाको अधिकार स्थापित गर्दै स्थापना भएको यो एक ऐतिहासिक संगठन हो ।
  • संघले जिल्लामा हालसम्म गरेका सकारात्मक कार्य र प्रयासहरु केके हुन् ?
    जिल्लाका युवाहरुलाई राजनीतिक, सामाजिक र नेतृत्व क्षमता विकास गराउनका लागि स्वरोजगारमुखी कार्यक्रमसाथ युवाहरु चाहिएको संगठन नै राष्ट्रिय युवा संघ हो । हामी लागिरहेका छौं ।
  • तपाईंहरु नेकपा एमालेनिकट हुनुहुन्छ । पार्टीको नियन्त्रण कत्तिको छ ?
    हामी दलको निकट छौं । पार्टी हाम्रो अभिभावक हो । तर, सांगठनिक हिसाबले काम गर्न स्वतन्त्र छौं र पार्टीका कार्ययोजनालाई जनतासमक्ष पुर्‍याउन सहयोग गर्छौ ।
  • के युवाहरु दलको निकट रहनु राम्रो होला र ?
    युवामात्र नभइ सबै दलनिकट हुने/नहुने आआफ्नो स्वतन्त्रता हुन्छ । तर, सबै नीतिको मुलनीति भने राजनीति नै हो । त्यसैले सबै युवाहरु दलनिकट हुनु निकै आवश्यक छ ।
  • युवा संघ जति क्रियाशील र चलायमान हुनुपर्ने हो त्यति नदेखिएको गुनासो छ नि ?
    यो एकदम महत्वपूणर् प्रश्न हो । यसको मुख्य कारण भनेको नेकपा बन्ने र फुट्ने, पछि आफ्नो पार्टीका नेताबीच दरार आउनु नै यसको मुख्य कारण हो । पछि कोभिडले अलि समस्यामा पारेको थियो । त्यस घडीमा पनि आफ्ना मुद्धालाई चलायमान बनाइएको थियो । सबै पालिकाहरुमा सकारात्मकढंगले संगठन चलायमान भएको पाइएको छ ।
  • केही समयअघि पार्टीको जिल्ला अधिवेशनको नतिजा हेर्दा अधिवेशन स्वतन्त्र हुनेमा कार्यकर्ताले विश्वास नराखेको दाबी छ । तपाईंको विचार के छ नि ?
    पार्टीको जिल्ला अघिवेशन र निर्वाचन हुनु स्वभाविक हो । तर, युवाहरुको माग पूरा गर्दै युवा कोटाको व्यवस्था जुन अधिवेशन गरेको छ, त्यो हाम्रा लागि अत्यन्त धन्यबादको विषय बनेको छ ।
  • केही वर्षअघिसम्म युवा संघ सामाजिक विकृति/विसंगतिविरुद्ध उत्रिएर समाजमा सकरात्मक सन्देशप्रवाह गरेको देखिन्थ्यो । के हिजोआज पार्टी र नेतामुखी भएको हो ?

    नेतामुखी होइन, पार्टी र संगठनमुखी भएका छौं । हाल पनि संगठनको सँमाजिक विसंगतिविरुद्ध छ । तर, योमात्र हाम्रो जिम्मेवारी नभइ अन्य विभिन्न जिम्मेवारीहरु थपिएको छ । राज्यको युवानीति निर्माणमा पनि युवाको सहभागितालगायत जिम्मेवारीमा युवाको सहभागिता बढ्दो छ ।
  • नयाँ नेतृत्व चयन हु“दैछ । तपाईंको उम्मेदवारीको सम्भावना के छ ?

    अधिवेशन आयोजक कमिटीको संयोजक भएको नाताले यस अधिवेशन सभ्य र भव्य तरिकाले सम्पन्न गराउनु मेरो मुख्य जिम्मेवारी ठान्दछु । यस कार्यमा लागि परिरहेको छु । यस अधिवेशनले मेरो नेतृत्वमा कमिटी बन्नेमा विश्वस्त छु । यसले युवाहरुमा राम्रो सन्देश पुर्‍याउ“छ भन्ने मैले आशा गरेको छु ।

  • मतदाता युवालाई आश्वस्त पार्ने तपाईका एजेण्डा केके छन् ?
    पहिलो कुरा भनेको संगठित युवा र बलियो संगठन बनाउने महत्वपूणर् कुरा हो । अब नवीनता, सिर्जनशीलता। गतिशीलता नारा बोकेका युवाहरुलाई उद्यमशीलतामा जोड्ने र उहा“हरुले गर्न सक्ने सिप क्षमतालाई मध्यनजर गर्दै उपयुक्त काममा जोड्ने हो । साथै, नेपालमा नै टिक्नसक्ने खालको काम गराउन सरकारलाई सुझाव दिने छौं । समग्र युवाबीच राजनीतिक र सामाजिक बहस चलाउने, सामाजिक परिर्वतनमा युवालाई सहभागिता जनाउन मेरो तर्फबाट पहल हुनेछ ।
  • संघलाई चलायमान बनाउन तपाईकां प्रयास केके रहन्छ ?

    यसमा मुख्य कुरा भनेको राष्ट्रिय युवा संघको केन्द्रीय र प्रदेश तहदेखिको कार्ययोजनालाई कार्यान्वययनमा ल्याउने काम हुनेछ भने २०८४ मा हाम्रो पार्टीलाई पहिलो पार्टी बनाउन युवा परिचालन गर्ने र त्यसको निमित्त प्रशिक्षण र रचनात्मक कार्यक्रमहरु गर्दै युवामार्फत् व्यापकरुपमा खटेर २०८४ मा पार्टीलाई पहिलो पार्टी बनाउने नै हो ।

  • जिल्ला अधिवेशनको के छ तयारी ?

    अधिवेशनको हामी अन्त्यतिर आइसकेका छांै । १० वटा पालिका र १ सय २ वटा वडामा प्रतिनिधि छनौट गर्ने डेटलाइन थियो । प्रत्येक पालिकामा प्रतिनिधि छनौट भएको रिपोर्ट पनि प्राप्त भएको छ भने केही पालिकाले ती प्रतिनिधित्वको नाम पनि पठाइसकेका छन् । बा“की पालिकाहरुले सम्पूणर् प्रतिनिधिको नाम र विवरण पठाउने प्रक्रियामै छ । यसको आर्थिक तथा व्यवस्थापकीय कुराहरु र प्रचारप्रसारका कुरामा हामी लागिपरिरहेका छौं ।

  • यसअघिका नेतृत्वले जिल्ला अधिवेशन गरेनन् । तपाईंको पहल यसमा किन भयो ?

    एउटा संगठन चलायमान हुनु अतिआवश्यक छ । जति गतिशील रह्यो, त्यति नया“ युवाहरु जोडि“दै जाने हो । हिजोका दिनमा नेकपा एमालेका कारणले एमालेका युवाहरुले काम गरिराख्नुभएको थियो । र, हाल पनि गरिराख्नुभएको छ । तर, अधिवेशनको जिम्मा मलाई दिएकोमा म राष्ट्रिय युवा संघलाई चलायमान बनाउनका लागि हो । युवा संघले मलाई यस नेतृत्व दिएकोमा म आफूलाई गौरवशाली ठान्दछु ।

    अन्त्यमा, राष्ट्रिय युवा संघलाई माया गर्नुहुने युवा सदस्य, शुभचिन्तक र सम्पूणर् व्यक्तिहरुलाई १० औं जिल्ला युवा संघ अधिवेशनलाई भव्य र सभ्य बनाउनका लागि तपाईं सम्पूणर्को सल्लाह र सुझावको अपेक्षा गरेको छु । उक्त अधिवेशन भव्यतासाथ सफल बनाउन म आफ्नो तर्फबाट सहयोग गर्न अनुरोध गर्दछु ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.