हेटौंडा । हेटौंडा उपमहानगरपालिका-११ स्थित थानाभर्याङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ५४ औँ विश्व वातावरण दिवसको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको हो।
टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा-११ को आयोजना तथा वडा नम्बर ११ कार्यालयको आर्थिक सहयोगमा सञ्चालित रक्तदान कार्यक्रममा बागमती प्रदेश प्रहरी गणका ५ जना प्रहरीसहित १७ जनाले रक्तदान गरेका थिए।
वडा समन्वय समिति हेटौंडा-११ का अध्यक्ष यज्ञबहादुर आचार्यको सभाध्यक्षता तथा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वडा सदस्यद्वय विकास नेपाल र गोपिनी सापकोटा, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
प्रतिकृया दिनुहोस्



































































