हेटौंडा । ६२ औ विद्यार्थी दिवसको अवसरमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुर जिल्ला कमिटिले आयोजना गरेको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन । शुक्रवार विहान हेटौडा – ४ स्थित हेटौंडा क्याम्पस परिसरमा अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटिको व्यवस्थापनमा भएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका हुन ।
रक्तदान कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु, हेटौंडा क्याम्पसका पुर्व क्याम्पस प्रमुख ,प्रध्यापक, कर्मचारी लगाएत रक्तदान गरेको अनेरास्ववियु हेटौंडा क्याम्पस कमिंिटका अध्यक्ष नितेस भण्डारीले जानकारी दिए ।

कार्यक्रम अनेरास्ववियु मकवानपुर जिल्ला कमिटिको जिल्ला संयोजक नवराज पौडेलको अध्यक्षता कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य एव्म मकवानपुर जिल्ला ईन्चार्ज रामेश्वर राना, विशिष्ट अतिथि नेकपा एमाले जन संगठन विभाग प्रमुख सन्तोष पौडेल रहेका थिए । यस्तै अतिथिहरुमा पार्टी विद्यार्थी फाट ईन्चार्ज आकाश अधिकारी,अनेरास्ववियु बागमती प्रदेश ईन्चार्ज भुवन मैनाली लागएतको रहेको जिल्ला संयोजक पौडेलको बताए ।
यस्तै जिल्लामा पछिल्लो समय विरामीलाई रगतको अभाव भएको जन गुनासो आएपछि रक्तदान कार्यक्रम गरिएको उनले बताए ।


































































