हेटौंडा ११ मा ट्र्याम्फ मोटर साइकल शोरुम संचालन

हेटौंडा / हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडा थानाभर्याङ्गमा ट्र्याम्फ मोटरसाइकल शोरुम संचालनमा आएको छ । शोरुम संचालनमा आउने संचालक रबिशर्मा कडेलले शनिबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएका हुन् ।

आइतबार शोरुमको उद्घाटन रबि शर्माकडेलका पिता किशोरकुमार शर्माकडेल र काका अर्जुन शर्माकडेलले गरेका हुन् । ३ वटा भेरिएन्ट बाइक ४ सय सीसीको छ । बजाज अटो लिमिटेडले इन्डिया र नेपालमा बाइक र यसको पार्ट्स एसेम्बल गर्छ बेलायतको इन्जिनियरिङ्गमा बनेको ट्राम्फ बाइक सन् १९०२ मा संसारभर बिक्रीमा आएको अर्का संचालक आर . एन. शर्माकडेलले बाइकबारे बताए ।

जेन्टलमेन्स राइडर्शको मुख्य प्रायोजक बाइक बिक्रेता हो र यो बाइक खरिदमा ४० देखि ५० प्रतिशत फाइनान्स सुबिधा छ । यो अफ रोड , पानी , घाम , हिलो बाटो , बलौटे बाटो , हिउँ परेको बाटो र जस्तो सुकै मौसमी अवस्थामा पनि सहजै चल्ने बाइकको विशेषता रहेको बिक्रेताहरुको दाबी छ । ६ लाख ५० हजार देखि ८ लाख २० हजार सम्म पर्ने बाइकको एक्सचेञ्ज अफर चलिरहेको जनाइएको छ ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.