Day: २०८३ असार ४, बिहीबार १२:५२ गते

निजी कलेजलाई बजेट विनियोजनप्रति स्वतन्त्र विद्यार्थी युनियनको आपत्ति

निजी कलेजलाई बजेट विनियोजनप्रति स्वतन्त्र विद्यार्थी युनियनको आपत्ति

हेटौंडा । हेटौंडा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले बागमती प्रदेश सरकारले सार्वजनिक गरेको बजेट तथा कार्यक्रममा निजी कलेज र निजी शैक्षिक संस्थासँग सम्बन्धित कार्यक्रमका लागि बजेट विनियोजन गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्ववियुद्वारा जारी प्रेस विज्ञप्तिमा राज्यको मुख्य दायित्व सबै नागरिकलाई गुणस्तरीय, सर्वसुलभ र समान पहुँचयुक्त शिक्षा उपलब्ध गराउनु रहेको उल्लेख गरिएको छ। सार्वजनिक शैक्षिक संस्थाहरू स्रोत, पूर्वाधार तथा जनशक्तिको अभाव झेलिरहेको अवस्थामा निजी शैक्षिक संस्थाका कार्यक्रमलाई प्रत्यक्ष रूपमा बजेट विनियोजन गर्नु सार्वजनिक शिक्षाप्रतिको राज्यको जिम्मेवारी र प्रतिबद्धताविपरीत भएको स्ववियुको भनाइ छ। विज्ञप्तिमा सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि, सामुदायिक विद्यालय तथा सार्वजनिक क्याम्पसहरूको सुदृढीकरणमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याइएको…
Read More
हेटौँडा–१५ का विपन्न परिवारलाई एम्बुलेन्स सेवामा आर्थिक सहयोग

हेटौँडा–१५ का विपन्न परिवारलाई एम्बुलेन्स सेवामा आर्थिक सहयोग

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ नम्बर वडा कार्यालयले आफ्नो वडाभित्रका विपन्न परिवारका सदस्यहरूलाई बिरामी पर्दाको अवस्थामा एम्बुलेन्स खर्च उपलब्ध गराउन थालेको छ। आपत्‌विपद्को समयमा स्थानीय सरकारको उपस्थिति महसुस गराउने र बिरामीको उपचारमा सहजता पुर्‍याउने उद्देश्यले वडा कार्यालयले देशका जुनसुकै अस्पतालसम्म पुग्नका लागि लाग्ने एम्बुलेन्सको एकतर्फी भाडा खर्च उपलब्ध गराउँदै आएको हो। वडाध्यक्ष सुनिल मुक्तानका अनुसार, यो सेवामार्फत हालसम्म करिब २ लाख रुपैयाँ बराबरको एम्बुलेन्स भाडा खर्च विपन्न परिवारलाई उपलब्ध गराइसकिएको छ। “वडाबासीको बिरामी अवस्थामा केही राहत मिलोस् र उनीहरूलाई स्थानीय सरकारको साथ छ भन्ने महसुस होस् भनेर हामीले यो सेवा सुरु गरेका हौँ,” वडाध्यक्ष मुक्तानले बताउनुभयो। वडा सदस्य सिंहबहादुर लोले वडा…
Read More
नारायणी कलेजमा कक्षा ११ का विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

नारायणी कलेजमा कक्षा ११ का विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

हेटौँडा । हेटौँडा–१० स्थित नारायणी कलेज तथा तुलसी मेहर मेमोरियल सेकेन्डरी स्कुलले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम (Orientation Program) सम्पन्न गरेको छ। कलेजका प्रिन्सिपल टीकाप्रसाद सापकोटाको सभाध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका कार्यालय प्रमुख बद्री पाठकको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाठकले विद्यार्थीहरूलाई आफ्नो अध्ययन यात्रामा अनुशासित र लगनशील बन्न आग्रह गर्नुभयो। कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बद्रीनाथ शर्मा, क्याम्पस प्रमुख तथा प्याब्सनका केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठ र क्याम्पस निर्देशक कमल नेपालले शुभकामना मन्तव्य राख्नुभएको थियो। उहाँहरूले कलेजको शैक्षिक वातावरण, अनुशासन र विद्यार्थीले प्राप्त गर्ने अवसरहरूका बारेमा प्रकाश पार्नुभएको थियो। अभिमुखीकरण…
Read More
हेटौँडा–११ द्वारा अग्रज सम्मान

हेटौँडा–११ द्वारा अग्रज सम्मान

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ नम्बर वडा कार्यालयले आफ्नो वडामा रहेका अग्रज व्यक्तित्वहरूलाई सम्मान गरेको छ। वडाले एक कार्यक्रमको आयोजना गरी तत्कालीन पञ्चायतकालदेखिका जनप्रतिनिधिहरूलाई विशेष सम्मान प्रदान गरेको हो। कार्यक्रममा हेटौँडा–११ का पूर्व प्रधानपञ्च, तत्कालीन जिल्ला विकास समिति (जिविस) सभापति, पूर्व वडाध्यक्ष र पूर्व वडा सदस्यहरूलाई सम्मान गरिएको थियो। यसका साथै, तत्कालीन समयमा सेवा पुर्‍याउनुभएका दिवङ्गत जनप्रतिनिधिहरूलाई उहाँका परिवारजनमार्फत मरणोपरान्त सम्मान प्रदान गरिएको थियो। वडाध्यक्ष जुना दाहालको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कुल २५ जना अग्रज व्यक्तित्वहरूलाई सम्मान गरिएको हो। प्रमुख अतिथि नगरप्रमुख लामा र विशेष अतिथि रामेश्वर रानाले सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान…
Read More
हेटौँडामा ‘प्लास्टिक बोतल देउ, फलफूलको बिरुवा लेउ’ अभियान

हेटौँडामा ‘प्लास्टिक बोतल देउ, फलफूलको बिरुवा लेउ’ अभियान

हेटौँडा । प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण र वातावरण संरक्षणको सन्देश दिने उद्देश्यले हेटौँडामा 'प्लास्टिकको बोतल देउ, फलफूलको बिरुवा लेउ' अभियान सुरु गरिएको छ। टोल विकास संस्था नगर समन्वय समितिले सञ्चालन गरेको यस अभियानअन्तर्गत प्लास्टिकका २० वटा बोतल बुझाउनेलाई एउटा फलफूलको बिरुवा प्रदान गरिएको छ। यस अभियानअन्तर्गत हेटौँडा–११ का बासिन्दाहरूले संकलन गरेका प्लास्टिकका बोतलहरू बुझाएर फलफूलका बिरुवा प्राप्त गरेका छन्। टोल विकास संस्था नगर समन्वय समितिको आयोजना र हेटौँडा उपमहानगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीले भन्नुभयो, “प्लास्टिकका बोतलहरूलाई पुनः प्रयोगमा ल्याउन सकिन्छ भन्ने सन्देश दिन र सहरलाई सफा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.