मनोरञ्जन

डान्स मेरो मनको जुनियर सिजन १ को तयारी पूरा

डान्स मेरो मनको जुनियर सिजन १ को तयारी पूरा

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडास्थित प्रणामी भवनमा रहेको ड्रीम्स म्युजिक स्कुल प्रा .लि. ले आयोजना गरेको डान्स मेरो मनको जुनियर सिजन १ कार्यक्रमको तयारी पूरा भएको छ । भदौ १५ गतेदेखि सामुदायिक, निजी विद्यालयहरुमा गइ विध्यार्थीहरुको अडिशन लिने तयारीमा जुटेकाे ड्रीम्स म्युजिक स्कुलका संचालक अनन्त खुलालले जानकारी दिए । 'विद्यालयहरुमा अडिशनको लागि पत्राचार गरेका छौँ, यता कार्यक्रमको लागि स्टेज निर्माणको काम सक्किएको छ'- खुलालले बताए । सडक बालबालिका आस्रित मामाघर नेपाल, मानव सेवा आस्रम, आमा घर जस्ता संघसंस्थाको अनुमति पाइयो भने सम्भवत ती ठाउँका बालबालिकामा पनि प्रतिभा खोज्ने आफुहरुको लक्ष्य रहेको छ खुलालले बताए । अडिशनको लागि मकवानपुरका…
Read More
‘म यस्तो गीत गाउँछु जुनियर’ सम्पन्न, ‘डान्स मेरो मनको सिजन १’ शुरु

‘म यस्तो गीत गाउँछु जुनियर’ सम्पन्न, ‘डान्स मेरो मनको सिजन १’ शुरु

हेटौंडा । हेटौंडास्थित ड्रीम्स म्युजिक स्कुल प्रा. लि.ले आयोजना गरेको ‘म यस्तो गीत गाउँछु जुनियर’ प्रतियोगिताको समापन गरिएको छ । कार्यक्रममा प्रथम, द्वितीय, तृतीय क्रमश सुलज्ञा राज्यलक्ष्मी शाह, सुज्यैना गहतराज, आर्मन कार्कीलाई नगदसहित पुरस्कृत गरिएको थियो । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आथिथ्यतामा भएको कार्यक्रममा प्रतियोगिताका जज इश्वर खड्का, सुनिता शर्मा लुइँटेल, सुभाष गहतराज, देवेन्द्र कार्की लगायत विभिन्न बिधाका ब्याक्तीहरु सम्मानित भएका थिए । यस्तै म्युजिक स्कुलले ‘डान्स मेरो मनको सिजन १’ प्रतियोगिता गर्ने भएको छ । हेटौंडाको प्रत्येक स्कुलमा गएर विद्यार्थीहरुको अडिसन लिने र प्रतिभावान बिद्ध्यार्थीहरुबिच प्रतिस्पर्धा गराउने ड्रीम्स म्युजिक स्कुलका संचालक अनन्त खुलालले जानकारी…
Read More
गायक सिद्धान्त खड्का र मनिश लिम्बुको ‘तिमी मेरो शब्द’ सार्वजनिक

गायक सिद्धान्त खड्का र मनिश लिम्बुको ‘तिमी मेरो शब्द’ सार्वजनिक

मकवानपुर — गायक तथा संगीतकार सिद्धान्त खड्का र गायक मनिश लिम्बुको स्वरमा तयार भएको नयाँ गीत ‘तिमी मेरो शब्द’ सार्वजनिक भएको छ। साईराम पिक्चर्सको अफिसियल युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो। यो गीतका शब्द, संगीत, एरेञ्ज तथा मिक्सिङ–मास्टरिङ सबै गायक खड्काकै छन्। रोमान्टिक भावका शब्दमा र्यापको मिश्रण गरिएको गीतमा बाँसुरीको धुन रत्न विकले भरेका छन्। म्युजिक भिडियोको निर्देशन र सम्पादन संयोग राईले गरेका हुन् भने सिनेम्याटोग्राफी मनिक लिम्बुले सम्हालेका छन्। भिडियोमा गायकद्वय सिद्धान्त र मनिशसहित अन्य कलाकारको पनि अभिनय देख्न सकिन्छ। गीतले प्रेमिल भाव र आधुनिक शैलीको संयोजन प्रस्तुत गरेको छ। हेर्नुहोस् म्युजिक भिडियो–
Read More
गायक जनक लामाको नयाँ तामाङ सेलो ‘म्हारला व्यापारी’ सार्वजनिक

गायक जनक लामाको नयाँ तामाङ सेलो ‘म्हारला व्यापारी’ सार्वजनिक

हेटौंडा । मकवानपुरका युवा गायक जनक लामाको नयाँ तामाङ सेलो गीत ‘म्हारला व्यापारी’ सार्वजनिक भएको छ। सांगीतिक क्षेत्रमा सक्रिय गायक लामाले आफ्नो आधिकारिक युट्युब च्यानल ‘जनक लामा’ मार्फत गीतको अडियो संस्करण सार्वजनिक गरेका हुन्। कान्छी माया थोकरसँगको युगल स्वरमा सजिएको यो गीतमा प्रेमिल भावना र लोकशैलीको समिश्रण गरिएको छ। गीतका शब्द सुशिल तामाङले लेखेका छन् भने संगीत संयोजन चेतन लामाले गरेका हुन्। गीतलाई जोगलाल लामाले एरेन्ज गरेका छन्। ‘म्हारला व्यापारी’ को मिक्सिङ तथा मास्टरिङ सानुबाबु घिसिङले गरेका छन् भने रेकर्डिङ अर्पण स्टुडियोमा गरिएको हो। यसअघि प्रकाशित गीतहरूबाट राम्रै चर्चा बटुलेका गायक लामाले यो गीतमार्फत आफ्नो सांगीतिक यात्रा अझ सशक्त बनाउने…
Read More
पुष्पलालको स्मृति दिवसमा हेटौंडामा ‘स्वर समर्पण – जनसाङ्गीतिक साँझ’ कार्यक्रम हुने

पुष्पलालको स्मृति दिवसमा हेटौंडामा ‘स्वर समर्पण – जनसाङ्गीतिक साँझ’ कार्यक्रम हुने

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा हेटौंडामा 'स्वर समर्पण – जनसाङ्गीतिक साँझ' कार्यक्रम आयोजना हुने भएको छ। नेकपा एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजनामा तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ मकवानपुरको व्यवस्थापनमा यो कार्यक्रम आउँदो साउन ७ गते हुने तय भएको छ। कार्यक्रम हेटौंडा उपमहानगरपालिका–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघद्वारा १४ वटा जनवादी गीतहरूको प्रस्तुति दिइने जनाइएको छ। साथै अनेरास्ववियु लगायत अन्य विभिन्न जनसंगठनहरूले पनि सांस्कृतिक प्रस्तुति दिनेछन्। जनसंगठन समन्वय संयन्त्रका प्रमुख सन्तोष पौडेलका अनुसार, कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ। उनले संयन्त्रबारे जानकारी दिँदै भने,…
Read More
हर्के हवल्दारले हेटौँडामा रोपे धान

हर्के हवल्दारले हेटौँडामा रोपे धान

हेटौंडा । हेटौंडा उपमहानगरपालिका कि मेयर मिना कुमारी लामा, हेटौँडा ११ वडाध्यक्ष जुना दाहाल, हेटौंडा ३ का वडाध्यक्ष ढलक थापा, वडा सदस्य गोपिनी सापकोटा खेतमा धान रोपेर धान दिवस मनाइरहेका थिए । ‘‘असारे गीत धानको बाला रोपेर अहिलेलाई छोडिराखौँला धानको बाला झुलेसी आएर फेरि गोडौला’’ यस्तै–यस्तै भाका हाल्दै मेयर लगायत अरु पनि रोपाहारहरु । बिचमा भाका हाल्न र धानको बिउको मुठो बोकेर नेपालका चर्चित हास्य कलाकार हर्के हवल्दार टेलिसिरियलका निर्माता तथा प्रमुख पात्र हर्के हवल्दार बिष्णु सापकोटा एक्कासि पुगेर गित गाउँदै, धान रोप्न थाले । केही समय मेयर लामा लगायत अरु सँगपनि उनले हिलो छ्यापाछ्यप गर्न लागे र हिलोबाट आफुलाइै…
Read More
हेटौँडामा चेतनामूलक चलचित्र ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ प्रदर्शन

हेटौँडामा चेतनामूलक चलचित्र ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ प्रदर्शन

हेटौँडा । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजनामा आज हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा बोक्सी कु–प्रथा विरुद्धको सचेतनामूलक शिक्षामुलक राष्ट्रव्यापी कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा हेटौँडाको सहआयोजनामा भएको हो । हेटौँडा ११ को सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्रको भवनमा जनचेतनामुलक चलचित्र प्रदर्शन गरिएको हो । संस्थाका कोबिदशरण उपाध्ययको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल प्रमुख आतिथ्यता,हेटौँडा ११ की वडाअध्यक्ष जुना दाहालको विशेष आतिथ्यता रहेको थियो । वि.सं. २०७१ सालमा स्थापना भएको संस्थाले जनचेतनामुलक विभिन्न कार्य गर्दै आएको छ । संस्थाले राष्ट्रिय…
Read More
मकवानपुरे गायक जनक लामाको ‘माछी खोलीमा’ सार्वजनिक

मकवानपुरे गायक जनक लामाको ‘माछी खोलीमा’ सार्वजनिक

मकवानपुर । मकवानपुरे गायक जनक लामा र गायिका जितु लोप्चनको स्वरमा सजिएको नयाँ तामाङ सेलो गीत ‘माछी खोलीमा’ सार्वजनिक भएको छ। गायक लामाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ। प्रज्वल दोङको शब्द र चेतन लामाको संगीत रहेको गीत सानोबाबु घिसिङको एरेन्ज र मिक्सिङमा फ्याफुल्ला नेपाल स्टुडियोमा रेकर्ड गरिएको हो। लोकधुनमा आधारित गीत ‘माछी खोलीमा’ तामाङ समुदायको सांगीतिक र सांस्कृतिक पहिचान झल्काउने खालको रहेको गायक जनक लामाले बताएका छन्। गीतले सार्वजनिक भएको तीन दिनमै १९ हजारभन्दा बढी भ्यु पाइसकेको छ। गायक लामाले गीतमार्फत नेपाली लोकसंस्कृति सम्वर्द्धनमा योगदान दिन खोजिएको उल्लेख गर्दै छिट्टै…
Read More
हेटौंडा–१४ मा सचेतना मुलक सडक नाटक प्रदर्शन

हेटौंडा–१४ मा सचेतना मुलक सडक नाटक प्रदर्शन

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा समाजमा व्याप्त सामाजिक बेथितीविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सञ्चालन भइरहेको सडक नाटक कार्यक्रम अन्तर्गत हेटौंडा–१४ स्थित जनज्योती माध्यमिक विद्यालय परिसरमा प्रभावशाली नाटक प्रस्तुत गरिएको छ। सडक नाटकको अवलोकन नगर प्रमुख मीनाकुमारी लामा, उप–प्रमुख राजेश बानियाँ, वडा नं. १४ का अध्यक्ष दीपक खड्का, तथा सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले संयुक्त रूपमा गरेका थिए। राष्ट्रिय कलाकारहरूको टोलीले प्रस्तुत गरेको उक्त नाटकमा वैदेशिक रोजगारीका कारण पारिवारिक विखण्डन र समाजमा देखिने नकारात्मक प्रभाव, लागुऔषध दुव्र्यसनले युवामा ल्याउने अवनति, तथा इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोगबाट उत्पन्न समस्याहरूलाई सशक्त रुपमा प्रस्तुत गरिएको थियो। नगर प्रमुख लामाले समाज रूपान्तरणका लागि यस्ता सचेतना…
Read More
‘भीमफेदीको बगर’ सार्वजनिक

‘भीमफेदीको बगर’ सार्वजनिक

मकवानपुर । संगीतकार तथा गायक अदित श्रेष्ठको नयाँ गीत ‘भीमफेदीको बगर’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शनिबार सार्वजनिक गरिएको यस म्युजिक भिडियोमा श्रेष्ठकै शब्द तथा स्वर रहेको छ। गीतमा संगीत संयोजन याकुब तामाङले गरेका छन् भने होरिजोन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई याकुब विटस्‌ले मिक्सिङ गरेका हुन्। भिडियोको निर्देशन निर्मलकुमार लामाले गरेका छन् भने छायाङ्कन र सम्पादन सुमित तामाङको रहेको छ। भिडियोमा कलाकारका रूपमा ‘भिमफेदी गाइज’ र मिस तामाङकी विजेता तथा कलाकार रिया लामा देखिएका छन्। म्युजिक भिडियो प्रेममय जोडीको जीवनका मिठा–नमिठा क्षणहरूलाई समेट्दै प्रस्तुत गरिएको छ। सानै उमेरदेखि गायनमा रुचि राख्दै आएका श्रेष्ठका अनुसार यो उनीद्वारा सार्वजनिक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.