२०८२ जेष्ठ ४, आईतवार ०६:४२ गते
२०८२ जेष्ठ ४, आईतवार ०६:४२ गते
हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा जिल्लाका चार विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ। शनिबार हेटौंडामा आयोजित कार्यक्रममार्फत गोकुल अधिकारी, अनन्त वाग्ले, रेनिस फागो र बालकलाकार शुपला सापकोटा सम्मानित भएका हुन्। रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जका स्टेशन म्यानेजरसमेत रहेका सञ्चारकर्मी गोकुल अधिकारीलाई चलचित्र पत्रकारिता पुरस्कार २०८२ बाट सम्मान गरिएको छ। अधिकारी दुई दशकदेखि रेडियो पत्रकारितामा सक्रिय छन्। तीन दशकभन्दा लामो समयदेखि छापा पत्रकारितामा क्रियाशील वरिष्ठ चलचित्र पत्रकार अनन्त वाग्लेलाई नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय पत्रकारिता सम्मान २०८२ अन्तर्गत नगद ११ हजार १११ रुपैयाँ सहित पुरस्कृत गरिएको हो। रंग संयोजनमार्फत नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान दिएका रेनिस…