हेटौँडा आइडलमा उत्कृष्ट १५ छनौट

मकवानपुर । मकवानपुर निर्माण व्यवसायी संघद्वारा आयोजित हेटौँडा आइडल मा ३५ जना प्रतियोगीले प्रतिस्पर्धा गरेका छन् । शनिबार सम्पन्न अडिसनमा सहभागीहरूले गायन प्रस्तुति दिए, जसबाट उत्कृष्ट १५ छनौट भएका छन्।

उत्कृष्ट १५ मा अमित बर्तौला, विर्सना सिङ्तान, दिलिप लामा, मेघना लामा, शुक्र महर्जन, सरोज स्याङ्बो, सुगम केसी, आरपी सापकोटा, प्रकाश वाईबा, रमेश घतानी, दिपा स्याङ्तान, भुवन घलान, अनिश बस्नेत, शान्तीमाया स्याङ्तान, शिवजी बुढाथोकी र सुशन शाही ठकुरी रहेका छन् ।

यो प्रतियोगिता दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को अवसरमा आयोजना गरिएको हो । महोत्सव फागुन ६ देखि १८ गतेसम्म हेटौँडा–१०, टिसिएन चौरमा सञ्चालन हुने छ। छनोट भएका १५ जना प्रतियोगीहरूले फागुन ७ गतेबाट स्टेज प्रस्तुति दिन सुरु गर्नेछन्।

हेटौँडा आइडल २०८१ व्यवस्थापन उपसमितिका संयोजक टाकाराज थापाका अनुसार ग्रान्ड फिनाले फागुन १७ गते तय गरिएको छ। निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बाल गोपाल कंडेलले विजेतालाई ५१ हजार, फस्ट रनरअपलाई २५ हजार, सेकेन्ड रनरअपलाई १५ हजार तथा दुई जना अन्य उत्कृष्ट प्रतिस्पर्धीलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी दिए।

प्रतियोगिताको निर्णायक मण्डलमा गायक कृष्णगोपाल महर्जन, सुनिता बुर्लाकोटी र ईश्वर खड्का रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.