२०८३ जेष्ठ १६, शनिबार १६:४४ गते
२०८३ जेष्ठ १६, शनिबार १६:४४ गते
हेटौंडा । मनै लोभ्याउने हेटौंडा-१२ कल्याणटार । हेटौंडा उपमहानगरपालिका-११ नम्बर वडादेखि १२ नम्बर वडा जोड्ने २१५ मिटर लम्बाइको राप्ती पुल (जसलाई भाइरल पुलको नामले पनि चिन्ने गरिन्छ) कटेपछि आउँछ आल्दमार । त्यहाँबाट भोर्ले, हात्तीगौँडा पनि जान सकिन्छ भने पुलको छेउमै पर्छ गुरौबिर्ता, सानो कल्याणटार, सिक्रेनी । नजिकै मगर टोल भनेर चिनिने ठाउँ छ भने त्यही नजिकै पर्छ कल्याणटार, जहाँ वर्षमा ३ बाली धान फल्ने खेतहरू छन् । करिब १६० घरधुरी रहेको कल्याणटारमा प्रायले अरूको खेत कमाएका छन् । ३ बाली धान वर्षमा भित्रिन्छ, स्थानीय तथा त्रिभुवन मा.वि.का व्यवस्थापन समिति सदस्य समेत रहेका बद्री लम्साल बताउँछन् । खानलाई धान हुन्छ, वरिपरि…