मकवानपुर विशेष

हेटौँडामा आयोजित ‘ड्रागन फ्रुट महोत्सवमा २५ लाखको कारोबार

हेटौँडामा आयोजित ‘ड्रागन फ्रुट महोत्सवमा २५ लाखको कारोबार

हेटौँडा । हेटौँडामा पहिलोपटक आयोजित तीनदिने ‘ड्रागन फ्रुट महोत्सव–२०८३’ उत्साहजनक रूपमा सम्पन्न भएको छ। असार ११ गतेदेखि १३ गतेसम्म हेटौँडा–११ स्थित प्रादेशिक कृषि थोक बजारमा सञ्चालित उक्त महोत्सवले किसान, उद्यमी र उपभोक्ताहरूलाई एकै थलोमा ल्याउँदै सफलतापूर्वक आफ्नो यात्रा पूरा गरेको छ। आयोजकका अनुसार महोत्सव निकै फलदायी सावित भएको छ। तीन दिनको अवधिमा करिब २५ लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुनुका साथै १० मेट्रिक टन (१०,००० केजी) ड्रागन फ्रुट बिक्री भएको छ। स्थानीय उत्पादनलाई उपभोक्ताको भान्सासम्म पुर्‍याउने र किसानलाई उचित मूल्य दिलाउने उद्देश्यले आयोजित यस महोत्सवले बजारमा ड्रागन फ्रुटको माग र सम्भावनालाई थप बलियो रूपमा स्थापित गरेको छ। महोत्सवले नेपाली फलफूलप्रति…
Read More
हेटौँडामा सामाजिक सुरक्षा तथा घटना दर्तासम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

हेटौँडामा सामाजिक सुरक्षा तथा घटना दर्तासम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाको आयोजनामा सामाजिक सुरक्षा तथा घटना दर्तासम्बन्धी एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार सम्पन्न उक्त कार्यक्रममा सामाजिक सुरक्षा वितरण प्रणाली र व्यक्तिगत घटना दर्ता प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी तथा सेवाग्राहीमैत्री बनाउने विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो। कार्यक्रममा सेवा प्रवाहका क्रममा फिल्ड स्तरमा देखिएका व्यावहारिक चुनौतीहरू, विद्यमान कानुनी व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन र सेवालाई चुस्त बनाउन आवश्यक पर्ने सुधारका उपायहरूबारे सरोकारवालाहरूबीच गहन विचार–विमर्श भएको थियो। उपमहानगरपालिकाले सामाजिक सुरक्षा भत्ता र जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा बसाइँसराइ दर्ता जस्ता महत्त्वपूर्ण घटना दर्ता कार्यलाई प्रविधिमैत्री र सहज बनाउन निरन्तर प्रयास गरिरहेको सन्दर्भमा यो कार्यक्रमले नीतिगत र…
Read More
हेटौँडामा विपद् व्यवस्थापनको पूर्वतयारी अभ्यास

हेटौँडामा विपद् व्यवस्थापनको पूर्वतयारी अभ्यास

हेटौँडा । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा विपद् व्यवस्थापनको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हेटौँडामा संयुक्त कृत्रिम अभ्यास (Mock Drill) कार्यक्रम सम्पन्न भएको छ। हेटौँडा–८ स्थित औद्योगिक क्षेत्रको हेटेक्स चौरमा सञ्चालित सो अभ्यासमा भूकम्प र आगलागीबाट उत्पन्न हुन सक्ने सङ्कटपूर्ण अवस्थालाई आधार मानिएको थियो। कार्यक्रममा भूकम्पले भवन भत्किँदा मानिस पुरिएको, घाइते भएको तथा औद्योगिक क्षेत्रमा आगलागी भएको नमुना दृश्य (Scenario) प्रस्तुत गरिएको थियो। यस कठिन परिस्थितिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट, हेटौँडा उपमहानगरपालिका र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पताललगायतका निकायहरूले समन्वयात्मक रूपमा खोज, उद्धार, प्राथमिक उपचार, घाइतेको…
Read More
हेटौँडामा पहिलो पटक ड्रागन फ्रुट महोत्सव

हेटौँडामा पहिलो पटक ड्रागन फ्रुट महोत्सव

हेटौँडा । हेटौँडामा पहिलो पटक ड्रागन फ्रुट महोत्सव सुरु भएको छ। प्रादेशिक कृषि थोक बजार सञ्चालन समिति एवम् ड्रागन फ्रुट महोत्सव उपसमितिको आयोजनामा हेटौँडा–११ स्थित प्रादेशिक कृषि थोक बजार परिसरमा बिहीबारदेखि महोत्सव सुरु भएको हो। “उत्पादकदेखि उपभोक्तासम्म ताजा र गुणस्तरीय उत्पादन” भन्ने मूल नाराका साथ आयोजित यस महोत्सव आगामी असार १३ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवका लागि बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा हेटौँडा उपमहानगरपालिकाले आर्थिक सहयोग गरेका छन्। आयोजक समितिका संयोजक सूरज थिङका अनुसार ड्रागन फ्रुट उत्पादक किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गरी उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो। पछिल्ला वर्षहरूमा मकवानपुरमा ड्रागन…
Read More
हेटौँडामा निःशुल्क सिटी टुर सेवा सुरु

हेटौँडामा निःशुल्क सिटी टुर सेवा सुरु

हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ निःशुल्क यातायात (सिटी टुर) सेवाको सुरुवात गरिएको छ। ‘हाम्रो सेवा परिवर्तनमा टेवा’ भन्ने मूल नाराका साथ सुरु भएको यस विशेष कार्यक्रमको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले गर्नुभएको हो। उक्त निःशुल्क यातायात सेवा आज मिति २०८३ असार १० गतेदेखि सुरु भई असार १६ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख लामाले नगर क्षेत्रभित्र रहेका पर्यटकीय स्थलहरूको प्रभावकारी प्रचार–प्रसार गर्न र स्थानीय बासिन्दाका साथै बाह्य पर्यटकहरूलाई समेत आन्तरिक भ्रमणका लागि प्रोत्साहन गर्न यो सेवाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। यस सिटी टुर सेवामार्फत यात्रुहरूलाई नगरका विभिन्न प्रमुख पर्यटकीय…
Read More
हेटौँडा उपमहानगरपालिकाको १९औँ नगर सभाको दोस्रो बैठक सम्पन्न

हेटौँडा उपमहानगरपालिकाको १९औँ नगर सभाको दोस्रो बैठक सम्पन्न

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको १९औँ नगर सभा अधिवेशनको दोस्रो दिनको बैठक विभिन्न महत्त्वपूर्ण निर्णय र सघन छलफलका साथ सम्पन्न भएको छ। उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा बसेको उक्त बैठकमा नगरको समग्र विकास, आगामी योजना तथा बजेटका विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो। बैठकमा नगर सभाका सदस्यहरूले उपमहानगरको आगामी यात्रालाई जनमुखी बनाउने विषयमा आ-आफ्नो धारणा राख्नुभएको थियो। बैठकमा मुख्य एजेन्डाका रूपमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि नगर सभा सदस्यहरूले विस्तृत छलफल गर्दै आ-आफ्ना महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गर्नुभएको थियो। बजेटलाई थप व्यावहारिक र नतिजामुखी बनाउनका लागि सदस्यहरूबाट आएका रचनात्मक सल्लाहहरूलाई समेटेर अघि बढ्ने विषयमा समेत बैठकमा सहमति…
Read More
हेटौँडा उपमहानगरपालिकाद्वारा २ अर्ब ८५ करोडको बजेट सार्वजनिक

हेटौँडा उपमहानगरपालिकाद्वारा २ अर्ब ८५ करोडको बजेट सार्वजनिक

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ८५ करोड ५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न उपमहानगरपालिकाको १९औँ नगरसभामा उपप्रमुख राजेश बानियाँले बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार ५ करोड रुपैयाँले घटाइएको जानकारी दिनुभयो। संविधान, १६औँ योजना, दिगो विकास लक्ष्य र ‘समृद्ध हेटौँडा’ एवं ‘महिलामैत्री हेटौँडा’ बहसबाट प्राप्त सुझावहरूलाई बजेटको मुख्य आधार बनाइएको उपमहानगरले जनाएको छ। बजेटको स्रोत व्यवस्थापनतर्फ आन्तरिक राजस्वबाट ५७ करोड ३६ लाख ८० हजार रुपैयाँ संकलन हुने लक्ष्य राखिएको छ। यसैगरी राजस्व बाँडफाँटबाट ९९ करोड २० लाख ४८ हजार, प्रदेश सरकारबाट १० करोड १ लाख ७२ हजार…
Read More
हेटौँडा सडक विस्तारको अन्योल अन्त्य गर्न नगर प्रमुख लामाको अर्थमन्त्रीसँग आग्रह

हेटौँडा सडक विस्तारको अन्योल अन्त्य गर्न नगर प्रमुख लामाको अर्थमन्त्रीसँग आग्रह

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले हेटौँडा बजार क्षेत्रको सडक विस्तारको विषयलाई अविलम्ब टुङ्गोमा पुर्‍याउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग जोडदार आग्रह गर्नुभएको छ। नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौँडाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सडक विस्तारका कारण प्रभावित घरधनी तथा व्यवसायीहरूले भोग्नुपरेको पीडा र अनिश्चितताका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो। नगर प्रमुख लामाले हेटौँडावासी, व्यवसायी र स्थानीय सरकार विकासको पक्षमा रहे पनि सडक विस्तारको विषयमा स्पष्ट निकासको खोजीमा रहेको बताउनुभयो। उहाँले विगत पाँच दशकदेखि २५ मिटर र ३१ मिटर सडक सीमाको अन्योल र त्रासमा नागरिकहरू बाँचिरहेको उल्लेख गर्दै लामो समयसम्म कायम रहेको…
Read More
हेटौँडामा ‘महिला मैत्री बहस’: समतामूलक समाज निर्माणमा सरोकारवालाहरूको जोड

हेटौँडामा ‘महिला मैत्री बहस’: समतामूलक समाज निर्माणमा सरोकारवालाहरूको जोड

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको आयोजनामा हेटौँडामा ‘महिला मैत्री हेटौँडा: वर्तमान र भविष्य’ तथा ‘समतामूलक समाज निर्माणमा स्थानीय तहको भूमिका’ विषयक बहस कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले महिला मैत्री सहर निर्माणका लागि नीतिगत सुधार र व्यावहारिक अभ्यासमा जोड दिएका छन्। कार्यक्रमको सहजीकरण सञ्चारकर्मी श्री पाण्डे र सुनिता बिष्टले गर्नुभएको थियो। बहसमा सहभागिता र धारणा बहसमा नगरप्रमुख मीनाकुमारी लामा, वरिष्ठ पत्रकार बबिता बस्नेत, बागमती प्रदेश सरकारकी पूर्व सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, गैरसरकारी संस्था महासङ्घ नेपालका उपमहासचिव किरण थापा, उपमेयर राजेश बानियाँ, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. तारालाल श्रेष्ठ, समावेशी आयोगकी पूर्व कार्यवाहक अध्यक्ष विष्णुमाया ओझा र जेन्जी अभियन्ता रक्षा बमले…
Read More
हेटौँडामा ‘प्लास्टिक बोतल देउ, फलफूलको बिरुवा लेउ’ अभियान

हेटौँडामा ‘प्लास्टिक बोतल देउ, फलफूलको बिरुवा लेउ’ अभियान

हेटौँडा । प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण र वातावरण संरक्षणको सन्देश दिने उद्देश्यले हेटौँडामा 'प्लास्टिकको बोतल देउ, फलफूलको बिरुवा लेउ' अभियान सुरु गरिएको छ। टोल विकास संस्था नगर समन्वय समितिले सञ्चालन गरेको यस अभियानअन्तर्गत प्लास्टिकका २० वटा बोतल बुझाउनेलाई एउटा फलफूलको बिरुवा प्रदान गरिएको छ। यस अभियानअन्तर्गत हेटौँडा–११ का बासिन्दाहरूले संकलन गरेका प्लास्टिकका बोतलहरू बुझाएर फलफूलका बिरुवा प्राप्त गरेका छन्। टोल विकास संस्था नगर समन्वय समितिको आयोजना र हेटौँडा उपमहानगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीले भन्नुभयो, “प्लास्टिकका बोतलहरूलाई पुनः प्रयोगमा ल्याउन सकिन्छ भन्ने सन्देश दिन र सहरलाई सफा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.