मकवानपुर विशेष

हेटौँडा–१२ मा लिफ्ट सिँचाइका लागि ५ करोड बजेट, कृषकमा खुसी

हेटौँडा–१२ मा लिफ्ट सिँचाइका लागि ५ करोड बजेट, कृषकमा खुसी

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१२ का बासिन्दाका लागि ठूलो राहतको खबर सार्वजनिक भएको छ। सिँचाइ सुविधाको अभावमा कृषि कार्य गर्न समस्या भोग्दै आएका स्थानीय कृषकहरूलाई लक्षित गर्दै संघीय सरकारले ‘भोर्ले लिफ्ट सिँचाइ आयोजना’ का लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत विशेष अनुदानका रूपमा उक्त रकम विनियोजन गरिएको हो। लामो समयदेखि सिँचाइको समस्या झेल्दै आएका स्थानीय कृषकहरूका लागि यो आयोजना बरदान सावित हुने विश्वास गरिएको छ। यस महत्त्वपूर्ण योजनाका लागि बजेटको व्यवस्थापन गर्ने संघीय सरकारप्रति हेटौँडा उपमहानगरपालिकाले धन्यवाद व्यक्त गरेको छ। राष्ट्रिय योजना आयोगमार्फत कार्यान्वयन हुने यो आयोजनाले उपमहानगरका कृषकहरूलाई व्यावसायिक कृषिमा लाग्न थप हौसला…
Read More
‘हेटौँडा घोषणापत्र–२०८३’ जारी: विभेदकारी विज्ञापन नीति फिर्ता लिन माग

‘हेटौँडा घोषणापत्र–२०८३’ जारी: विभेदकारी विज्ञापन नीति फिर्ता लिन माग

हेटौँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले निजी सञ्चारमाध्यममाथि विभेद हुने गरी लागू गरिएको विज्ञापनसम्बन्धी नीति तथा परिपत्र तत्काल फिर्ता लिन संघीय सरकारसँग माग गरेको छ। महासंघको मिडिया सम्मेलन तथा पाँचौँ साधारणसभाका अवसरमा जारी ‘हेटौँडा घोषणापत्र–२०८३’ मार्फत सरकारलाई यस्तो आग्रह गरिएको हो। घोषणापत्रमा सरकारले संविधानप्रदत्त मौलिक हक, प्रेस स्वतन्त्रता, संघीयताको मर्म तथा खुला अर्थनीतिको भावनाविपरीत निजी सञ्चारमाध्यमलाई असर पर्ने गरी जारी गरेका निर्णय र परिपत्रहरू तत्काल सच्याउन माग गरिएको छ। घोषणापत्रका प्रमुख बुँदाहरू: विज्ञापन नीति: स्वतन्त्र मिडियाको प्रवर्द्धन र संरक्षणका लागि समान अवसरमा आधारित विज्ञापन नीति लागू गर्न तथा स्थानीय तहहरूले स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकताका साथ विज्ञापन वितरण गर्नुपर्ने। प्रेस…
Read More
हेटौँडामा विश्व वातावरण दिवसमा झाँकीसहितको र्याली

हेटौँडामा विश्व वातावरण दिवसमा झाँकीसहितको र्याली

हेटौँडा । ५४ औँ विश्व वातावरण दिवसका अवसरमा हेटौँडामा र्याली प्रदर्शन गरिएको छ। टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडा उपमहानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नगरभरिका टोल विकास संस्थाहरूले आ-आफ्नो झाँकीसहित आकर्षक र्याली प्रदर्शन गरेका हुन्। हेटौँडा बजार परिक्रमा गरी हेटौँडा-४ स्थित रोयल पार्टी प्यालेसमा पुगेर र्याली सभामा परिणत भएको थियो। नगर समन्वय समिति हेटौँडाका अध्यक्ष ध्रुव अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, जिल्ला समन्वय समितिका अध्यक्ष ललितबहादुर घलान, खानेपानी विकास बोर्ड हेटौँडाका अध्यक्ष प्रताप…
Read More
समृद्ध हेटौंडाको खाका कोर्न ‘समृद्ध हेटौंडा बहस’ सम्पन्न

समृद्ध हेटौंडाको खाका कोर्न ‘समृद्ध हेटौंडा बहस’ सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले समृद्ध हेटौंडा बहस गर्दै हेटौंडाको विकास, सुशासन, उद्यमशीलता तथा आवासीय सहर निर्माणका विविध विषयमा व्यापक छलफल गरेको छ । एक दिवसीय कार्यक्रमअन्तर्गत् विभिन्न क्षेत्रका जनप्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरुको सहभागितामा बहस भएको हो । कार्यक्रमअन्तर्गत् पहिलो सत्रमा स्थानीय सरकारः जनअपेक्षा, सुशासन र आगामी कार्यदिशा विषयमा बहस सञ्चालन भएको छ । उक्त सत्रमा हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, भीमफेदी गाउ“पालिका अध्यक्ष हिदम लामा, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य तथा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन सहभागी भइ स्थानीय तहको अनुभव, चुनौती र भावी कार्यदिशाबारे धारणा राखेका थिए । बहसमा स्थानीय सरकारप्रति नागरिकका बढ्दो अपेक्षा, सेवाप्रवाहमा पारदर्शिता, सुशासन प्रवद्र्धन, विकास…
Read More
मनमोहक कल्याणटार

मनमोहक कल्याणटार

हेटौंडा । मनै लोभ्याउने हेटौंडा-१२ कल्याणटार । हेटौंडा उपमहानगरपालिका-११ नम्बर वडादेखि १२ नम्बर वडा जोड्ने २१५ मिटर लम्बाइको राप्ती पुल (जसलाई भाइरल पुलको नामले पनि चिन्ने गरिन्छ) कटेपछि आउँछ आल्दमार । त्यहाँबाट भोर्ले, हात्तीगौँडा पनि जान सकिन्छ भने पुलको छेउमै पर्छ गुरौबिर्ता, सानो कल्याणटार, सिक्रेनी । नजिकै मगर टोल भनेर चिनिने ठाउँ छ भने त्यही नजिकै पर्छ कल्याणटार, जहाँ वर्षमा ३ बाली धान फल्ने खेतहरू छन् । करिब १६० घरधुरी रहेको कल्याणटारमा प्रायले अरूको खेत कमाएका छन् । ३ बाली धान वर्षमा भित्रिन्छ, स्थानीय तथा त्रिभुवन मा.वि.का व्यवस्थापन समिति सदस्य समेत रहेका बद्री लम्साल बताउँछन् । खानलाई धान हुन्छ, वरिपरि…
Read More
हेटौँडा-४ मा ‘बृहत शैक्षिक मेला-२०८३’ सम्पन्न

हेटौँडा-४ मा ‘बृहत शैक्षिक मेला-२०८३’ सम्पन्न

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा 'बृहत शैक्षिक मेला-२०८३' सम्पन्न भएको छ। शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा आयोजित मेलाको बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभएको हो। शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा-४ का अध्यक्ष श्रीराम दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरका ३६ भन्दा बढी विद्यालयका विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, कला, नृत्य तथा विभिन्न सिर्जनात्मक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए। कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले भौतिक निर्माण मात्र विकास नभई 'चेतना' नै विकासको पहिलो आधार भएको बताउनुभयो। उहाँले भन्नुभयो, “चेतनाको विकास भयो भने सबै सम्भावनाको ढोका खुल्छ। त्यसैले हामी शैक्षिक र बौद्धिक विकासमा लगानी गरिरहेका छौँ।” चौथो…
Read More
हेटौँडा-११ मा एकदिने न्यायिक सचेतना कार्यक्रम सम्पन्न

हेटौँडा-११ मा एकदिने न्यायिक सचेतना कार्यक्रम सम्पन्न

हेटौँडा । हेटौँडा उपमहानगरपालिका-११ मा एकदिने न्यायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। न्यायिक समिति, हेटौँडा-११ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। न्यायिक समिति हेटौँडा-११ की संयोजक शर्मिला अधिकारीको सभाध्यक्षता तथा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। स्थानीय तहमा न्यायिक समितिको अधिकार क्षेत्र र कार्यविधिबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ। कार्यक्रममा स्थानीय स्तरमा हुने विवाद, हिंसा, अन्याय र विभिन्न खाले कुरीतिविरुद्ध कानुनी उपचार खोज्ने तथा न्यायिक निरूपण गर्ने प्रक्रियाबारे सहजीकरण गरिएको थियो। कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका कानुन शाखा प्रमुख लक्ष्मण मैनाली र अधिवक्ता सुजन तिमल्सिनाले सहजीकरण गर्नुभएको थियो।…
Read More
वातावरण दिवसका अवसरमा नवलपुरमा सरसफाइ

वातावरण दिवसका अवसरमा नवलपुरमा सरसफाइ

हेटौंडा । ५४ औँ विश्व वातावरण दिवसका अवसरमा हेटौंडा-११, नवलपुरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा-११ को आयोजना तथा हेटौंडा उपमहानगरपालिका-११ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो। त्रिभुवन माध्यमिक विद्यालय परिसर अगाडि गरिएको सरसफाइ कार्यक्रममा वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्यको सभाध्यक्षता र वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा सदस्य गोपिनी सापकोटा, टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, हेटौंडा-११ अन्तर्गतका विभिन्न टोल विकास संस्थाका अध्यक्षहरू तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति थियो।
Read More
रुख ढल्दा हेटौंडा ११ आधारभूत स्वास्थ्य केन्द्रको भवनमा क्षति

रुख ढल्दा हेटौंडा ११ आधारभूत स्वास्थ्य केन्द्रको भवनमा क्षति

हेटौंडा । जेठ ११ गते सोमबार साँझ आएको हावाहुरीका कारण हेटौंडा-११ स्थित नवलपुर आधारभूत स्वास्थ्य केन्द्रको भवनमा क्षति पुगेको छ। हावाहुरीले स्वास्थ्य केन्द्रको पछाडि रहेको जंगलको रुख जरैदेखि उखेलेर भवनमा खसालेको हो। रुखले भवनको माथिल्लो तलामा जाने भर्याङमा क्षति पुर्याएको छ, जसका कारण अहिले माथिल्लो तलामा आवतजावत बन्द भएको कार्यालयले जनाएको छ। केन्द्र प्रमुख मीना कुमारीका अनुसार घटना हुँदा कार्यालय बन्द रहेकोले मानवीय क्षति हुनबाट जोगिएको हो। “कार्यालय खुलेको समय भएको भए ठूलो मानवीय क्षति हुने सम्भावना थियो,” उनले भनिन्। हावाहुरीले सोही स्थानमा रहेको तारकेश्वर मन्दिरको प्रवेशद्वार अगाडि पनि रुख ढाल्दा बाटो अवरुद्ध भएको छ। रुख ढल्दा बिजुलीको पोलसमेत भाँचिएको…
Read More
हेटौंडामा खानेपानीको ‘कालो युग’ अन्त्य: घण्टौंको सास्ती अब इतिहास

हेटौंडामा खानेपानीको ‘कालो युग’ अन्त्य: घण्टौंको सास्ती अब इतिहास

हेटौंडा । हिउँदको समयमा पानीको जोहो गर्न चुरेको खोँच र छिमेकी जिल्ला बारासम्म भौँतारिनुपर्ने हेटौंडेलीको वर्षौँ पुरानो नियति फेरिएको छ। खानेपानी व्यवस्थापन बोर्डको सक्रियता र स्थानीय सरकारको योजनाबद्ध पहलपछि हेटौंडावासीले खानेपानीको चरम संकटबाट मुक्ति पाएका छन्। केही वर्षअघिसम्म पानीको एउटा गाग्री भर्न घण्टौं खर्चनुपर्ने अवस्था थियो। हेटौंडा-१५, चेपाङ बस्तीकी माया चेपाङ भन्छिन्, “बिहानै मुहान खोज्दै भौँतारिनुपर्थ्यो, त्यो सास्ती अहिले सपना जस्तै लाग्छ। अहिले घरमै धारा छ, पानीको पिरलो टरेको छ।” २९ हजार धारा, दैनिक पौने ४ करोड लिटर पानी हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले १२ र १३ नम्बर वडा बाहेकका १७ वटा वडामा सेवा विस्तार गरेको छ। हाल २९ हजार ७…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.