मकवानपुर विशेष

हेटौंडाका पसलहरुमा जिप्रका टोलीको अनुगमन, नियम पालना नगरे १ लाख सम्म जरिवाना

हेटौंडाका पसलहरुमा जिप्रका टोलीको अनुगमन, नियम पालना नगरे १ लाख सम्म जरिवाना

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर (जिप्रका)का टोलीले हेटौंडा भित्रका पसलहरुमा अनुगमन गरेका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी सहितको नेतृत्वको टोलीले हेटौंडा भित्र सञ्चालनमा रहेका विभिन्न पसलहरुको अनुगमन गरेका हुन् । प्रशासन कार्यालयका प्रमुख बसन्त अधिकारी, सहायक जिल्ला अधिकारी मोहनराज जोशी, प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपाने जिल्ला प्रहरी कार्यालयका प्रहरी टोली लगायतको सहभागितामा पसलहरु अनुगमन गरिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१०,स्थित बुद्धचोक नजिकको खाद्यान्न फलफूल पसलहरु, किराना पसलहरु, मोबाइल पसलहरु, गरगहनाको पसलहरु, चप्पल, जुत्ता, फर्निचर पसलहरुको अनुगमन गरिएको थियो । अनुमनको क्रममा प्रमुख जिल्ला अधिकारी अधिकारीले सामानहरुको जाँच गर्दै पसलका…
Read More
शिवम सिमेन्ट उद्योगको प्रदुषण नियन्त्रणका निम्ती  छलफल भन्दा पनि समस्या समाधानबारे बुझ्न आवश्यक

शिवम सिमेन्ट उद्योगको प्रदुषण नियन्त्रणका निम्ती छलफल भन्दा पनि समस्या समाधानबारे बुझ्न आवश्यक

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७,स्थित हटियामा रहेको शिवम शिमेन्ट उद्योगबाट निस्कने प्रदुषण नियन्त्रणका लागि छलफल भन्दा पनि समस्या समाधानका लागि गर्न सकिने उपायबारे बुझ्न आवश्यक रहेको स्थानीय वासिन्दाहरुले बताएका छन् । आइतबार सेवा, सहयोग र आवाजमा हामी संस्थाले शिवम सिमेन्ट उद्योगबाट उत्पन्न धुलो प्रदूषण, वातावरणीय असर, स्थानीय बासिन्दाको स्वास्थ्य, कृषि तथा जनजीवनमा परेको प्रभावका सम्बन्धमा जनताको प्रश्न, सम्बन्धित निकायको उत्तर शीर्षकमा आयोजना गरेका सार्वजनिक सुनुवाइ कार्यक्रम आफ्नो गुनासो राख्दै हेटौंडा–१६ र हेटौंडा–१७ का स्थानीय वासिन्दाहरुले त्यस उद्योगबाट स्थानीय वासिन्दाहरुलाई परेको समस्या समाधानका लागि के गर्न सकिन्छ भन्ने कुराको निष्कर्ष निकाल्न आवश्यक रहेको उनीहरुले बताएका छन् । शिवम सिमेन्ट उद्योगबाट…
Read More
हेटौंडामा देखिएको रंग बदल्ने बगैंचाको छेपारो

हेटौंडामा देखिएको रंग बदल्ने बगैंचाको छेपारो

मकवानपुरको हेटौंडामा देखिएको यो छेपारो प्रकृतिको रोचक साना जीवहरूमध्ये एक हो। वैज्ञानिक नाम Calotes versicolor भएको यो प्रजाति एगामिड परिवारमा पर्छ। यसको शरीरमा काँडाजस्ता साना स्केल, लामो पुच्छर र टाउकोमाथि हल्का क्रेस्ट हुने भएकाले सजिलै चिनिन्छ। यो छेपारोको सबैभन्दा रोचक विशेषता भनेको यसको रंग परिवर्तन गर्ने क्षमता हो। वातावरण, तापक्रम, डर, र विशेषगरी प्रजनन मौसम अनुसार यसको रंग बदलिन सक्छ। भाले छेपारोको टाउको सुन्तला वा रातो र घाँटी कालो देखिनु प्रजनन संकेत मानिन्छ। त्यसैले गाउँघरमा कतिपयले यसलाई “रगतचुसुवा” भनेर पनि बोलाउँछन्, यद्यपि यसले मानिसको रगत चुस्दैन। यो प्रजाति प्रायः घाम तापिरहेको अवस्थामा पर्खाल, ढुंगा, रूखको हाँगा वा घरको छेउमा देखिन्छ।…
Read More
आगामी बजेटका लागि हेटौँडा उपमहानगरद्वारा क्युआर कोडबाटै सुझाव संकलन सुरु

आगामी बजेटका लागि हेटौँडा उपमहानगरद्वारा क्युआर कोडबाटै सुझाव संकलन सुरु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रमलाई थप जनमुखी र पारदर्शी बनाउन नगरवासीसँग सुझाव संकलन सुरु गरेको छ। स्थानीय सरकारको योजना तर्जुमा प्रक्रियामा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यले उपमहानगरले प्रविधिको प्रयोग गर्दै 'क्यूआर कोड' मार्फत सुझाव संकलन अभियान थालेको हो। विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार, वातावरण संरक्षण, खानेपानी, सडक तथा सामाजिक विकास लगायतका क्षेत्रमा नागरिक, बुद्धिजीवी, व्यवसायी, युवा, महिला, किसान र शिक्षक लगायत सम्पूर्ण सरोकारवालाले आफ्नो राय दिन सक्नेछन्। उपमहानगरपालिकाले सार्वजनिक गरेको क्यूआर स्क्यान गरी सजिलै आफ्ना सुझाव पठाउन सकिने व्यवस्था मिलाइएको छ। नीति तथा कार्यक्रम निर्माण प्रक्रियालाई पारदर्शी…
Read More
४ जीपीए ल्याउने मकवानपुरका १३ विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिकाद्वारा सम्मान

४ जीपीए ल्याउने मकवानपुरका १३ विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिकाद्वारा सम्मान

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ। जिल्लाका विभिन्न विद्यालयबाट ४ जीपीए प्राप्त गरी जिल्लाकै गौरव बढाएको भन्दै १३ जना विद्यार्थीलाई एक विशेष कार्यक्रमका बीच सम्मान गरिएको हो। उपमहानगरपालिकाले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका ती विद्यार्थीहरूलाई जनही ६ हजार रुपैयाँ नगदसहित प्रशंसापत्र प्रदान गरेको छ। सम्मानित हुने विद्यार्थीहरूमा नवोदय शिशु सदनका वृष्टि जयस्वाल, परजन्य कुशवाह र पूर्णता गोर्खाली रहेका छन्। त्यस्तै, जी.एस. निकेतनका एलेक्स घिमिरे, समीक्षा यादव र रौनक भण्डारीलाई पनि सम्मान गरिएको छ। बालजागृति अंग्रेजी माध्यम विद्यालयका देविना सञ्जेल र रेनिसा सापकोटा, ब्रह्मदिक विद्यालयका कुष्मा लौडारी र…
Read More
घर नभत्काउन हेटौँडाबाट सरकारलाई हर्क साम्पाङको चेतावनी

घर नभत्काउन हेटौँडाबाट सरकारलाई हर्क साम्पाङको चेतावनी

हेटौंडा । हेटौँडा–११ स्थित सिमलटार सुकुम्बासी बस्ती पुगेर श्रमशक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासीमाथि भइरहेको दबाब र विस्थापनको प्रयासप्रति कडा आपत्ति जनाएका छन्। उनले राज्यले नागरिकलाई संरक्षण दिनुपर्ने ठाउँमा उल्टै घर भत्काएर त्रास सिर्जना गर्नु अस्वीकार्य भएको बताएका हुन्। सिमलटारमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै साम्पाङले संविधानले प्रत्येक नागरिकलाई बाँच्न र सुरक्षित आवासमा बस्न पाउने मौलिक हक सुनिश्चित गरेको स्मरण गराउँदै बल प्रयोगको शैलीमा गरिने कुनै पनि कदम लोकतान्त्रिक मूल्यविपरीत हुने बताए। उनले भने, “हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ। राज्यले अचानक डोजर लिएर आएर जनता आतंकित बनाउने काम गर्नु हुँदैन। हामी त्यसको विपक्षमा छौँ।” साम्पाङले सुकुम्बासी समस्यालाई केवल स्थानीय…
Read More
जग्गाको निस्सा माग्दै मकवानपुरका सुकुम्बासीद्वारा सरकारको ध्यानाकर्षण

जग्गाको निस्सा माग्दै मकवानपुरका सुकुम्बासीद्वारा सरकारको ध्यानाकर्षण

हेटौँडा । मकवानपुरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले जग्गाको निस्सा उपलब्ध गराउन माग गर्दै संघीय सरकार र स्थानीय तहको ध्यानाकर्षण गराएका छन्। उनीहरूले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीमार्फत प्रधानमन्त्री बालेन्द्र शाह र हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामालाई ज्ञापनपत्र बुझाउँदै दीर्घकालीन समस्या समाधानको माग गरेका हुन्। आवासीय अधिकार कुण्ठित हुने गरी जारी सूचनाहरू तत्काल खारेज गर्नुपर्ने उनीहरूको माग छ। नेपाल बसोबास संरक्षण समाज मकवानपुरका अध्यक्ष कमलचन्द्र सुमनका अनुसार भूमि ऐन २०२१ अनुसार गठन गरिएको भूमि समस्या समाधान आयोगमार्फत सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले हकभोग गर्दै आएको जग्गाको निस्सा प्रदान गरिनुपर्छ। ज्ञापनपत्रमा वर्षौँदेखि बसोबास गर्दै आएको सरकारी, ऐलानी तथा वन क्षेत्रको जमिन खाली…
Read More
कैलाश गाउँपालिकामा बर्थिङ सेन्टर तथा प्रसुती केन्द्र सञ्चालन

कैलाश गाउँपालिकामा बर्थिङ सेन्टर तथा प्रसुती केन्द्र सञ्चालन

कैलाश । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका वडा नम्बर २ बैकुण्ठमा बर्थिङ सेन्टर तथा प्रसुती केन्द्र सञ्चालनमा आएको छ । धादिङ जिल्लाको रोराङ बेनिघाट गाउापालिका वडा ४ नम्बर सँग सिमाना गाँसिएको कैलाश बैकुण्ठ क्षेत्रका गर्भवती महिलाहरुले अब आफ्नै गाउँघरको बर्थिङ सेन्टर सुत्केरी गराउन पाउने भएका छन् । यस अघि घण्टौं यात्रापश्चात वडा १ को वरभञ्ज्याङ पुग्नुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाले प्रत्येक वडामा बर्थिङ सेन्टर सञ्चालन गरी सेवा प्रवाह गर्ने लक्ष्यका साथ २ नम्बर वडामा प्रसुती केन्द्र सञ्चालन सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बर्थिङ सेन्टरको उद्घाटन गर्दै प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र भइसकेको अवस्था छ, अब हामीले…
Read More
मेयर लामाद्वारा हेटौंडा–५ को वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन

मेयर लामाद्वारा हेटौंडा–५ को वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन

हेटौंडा /  हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडाकाे राईटोलमा नवनिर्मित वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकाे मेयर मीना कुमारी लामाद्वारा आज एक औपचारिक कार्यक्रमबीच उक्त भवनकाे उद्घाटन गरिएको हाे ।  १ करोड २० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न उक्त भवन स्थानीय, समाजसेवी, विभिन्न राजनीतिक दल तथा जनप्रतिनिधिहरूको सहयोग र सहकार्यबाट सम्पन्न भएको हो । नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर लामाले हेटौंडा नगरको परिकल्पना अनुरूपको हेटौंडा निर्माणका लागि पहलहरू भइरहेको बताइन् । उनले अहिले बनेको नयाँ सरकारलाई सहयोग गर्दै नगरको समृद्धिका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइन् । वडा कार्यालय जनताको सेवाको आधारस्तम्भ…
Read More
बैशाख २ देखि हेटौँडामा घरमै राहदानी सेवा सुरु

बैशाख २ देखि हेटौँडामा घरमै राहदानी सेवा सुरु

हेटौँडा । अब मकवानपुरका सेवाग्राहीले राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने झन्झट हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हुलाक सेवामार्फत राहदानी सीधै घरमै पु¥याउने नयाँ व्यवस्था लागू गर्न लागेको हो । यो सेवा आगामी वैशाख २ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने जनाइएको छ । सेवाग्राहीको समय र श्रम बचत गर्ने उद्देश्यसहित सुरु गरिएको यस पहलले राहदानी वितरण प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । प्रशासनले सेवा कार्यान्वयनका लागि जिल्ला हुलाक कार्यालयसँग समन्वय गरेर तयारी अघि बढाइसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार सुरुवाती चरणमा हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र मात्र सेवा उपलब्ध गराइनेछ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.