हेटौँडामा विश्व वातावरण दिवसमा झाँकीसहितको र्याली

हेटौँडा । ५४ औँ विश्व वातावरण दिवसका अवसरमा हेटौँडामा र्याली प्रदर्शन गरिएको छ। टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडा उपमहानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नगरभरिका टोल विकास संस्थाहरूले आ-आफ्नो झाँकीसहित आकर्षक र्याली प्रदर्शन गरेका हुन्।

हेटौँडा बजार परिक्रमा गरी हेटौँडा-४ स्थित रोयल पार्टी प्यालेसमा पुगेर र्याली सभामा परिणत भएको थियो। नगर समन्वय समिति हेटौँडाका अध्यक्ष ध्रुव अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, जिल्ला समन्वय समितिका अध्यक्ष ललितबहादुर घलान, खानेपानी विकास बोर्ड हेटौँडाका अध्यक्ष प्रताप विष्ट, वडाध्यक्ष नवीन सिग्देललगायतको उपस्थिति रहेको थियो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.