नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको हो।

मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री बालेन्द्र साहले सुधन गुरुङलाई गृहमन्त्री र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्तिका लागि सिफारिस गर्नुभएको थियो। प्रधानमन्त्रीको सिफारिसबमोजिम राष्ट्रपति पौडेलले मंगलबार नै उहाँहरूलाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र मन्त्रिपरिषद्का सदस्यलगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.