जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक हेटौँडा-११ ले जित्यो

हेटौँडा । हेटौँडा उपमहानगरपालिका-११ स्थित सरस्वती मितेरी खेल मैदानमा आयोजित जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक हेटौँडा-११ (ए) टीमले जितेको छ।

प्रतियोगितामा थाहा नगरपालिकाको सोल्टु युवा क्लब द्वितीय र थाहा नगरपालिका युवा क्लब तृतीय भएको छ। त्यस्तै, हटिया स्पोर्ट्स क्लब र बज्रबाराही स्पोर्ट्स क्लब सान्त्वना भएका छन्। विजेता र उपविजेता टिमलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र १०-१० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

गोकुल बिडारीको सभाध्यक्षता तथा सञ्जय बिडारीको संयोजकत्वमा सम्पन्न समापन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले २०३८ र २०५३ सालका उत्कृष्ट खेलाडीहरूलाई सम्मान गर्नुभएको थियो। कार्यक्रममा वडाध्यक्ष जुना दाहाल, वडा सदस्यहरू गोपिनी सापकोटा र विकास नेपाललगायतको उपस्थिति रहेको थियो। जेठ २१ गतेबाट सुरु भएको सो प्रतियोगितामा कुल १३ वटा टिमले सहभागिता जनाएका थिए।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.