Day: २०८३ जेष्ठ २५, सोमबार २३:१६ गते

स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा र पारिश्रमिकको माग

स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा र पारिश्रमिकको माग

हेटौंडा । नेपाल स्वास्थ्य स्वयंसेवक संघ (हेभन) ले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सामाजिक सुरक्षा, पारिश्रमिक तथा सेवा सुविधाको सुनिश्चितताका लागि बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ। संघकी अध्यक्ष बसन्ती महर्जनद्वारा हस्ताक्षरित ज्ञापनपत्र मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बुझाउँदै स्वयंसेविकाहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने, न्यूनतम मासिक पारिश्रमिक तथा भत्ताको व्यवस्था गर्नुपर्ने र सेवा सुविधा सम्बन्धी स्पष्ट कार्यविधि लागू गर्नुपर्ने माग गरिएको छ। नेपालभर करिब ५२ हजार र बागमती प्रदेशमा करिब ९ हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यरत रहेको उल्लेख गर्दै संघले मातृ तथा शिशु स्वास्थ्य, खोप, परिवार नियोजन र स्वास्थ्य सचेतनामा उनीहरूको महत्वपूर्ण योगदान रहेको जनाएको छ। ज्ञापनपत्रमा सम्मानजनक निवृत्ति…
Read More
हेटौंडामा ‘मेयर कप’ फुटबलको छैटौं संस्करण असार ४ देखि

हेटौंडामा ‘मेयर कप’ फुटबलको छैटौं संस्करण असार ४ देखि

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका सम्पूर्ण वडाबीच प्रतिस्पर्धा हुने गरी प्रतिष्ठित ‘मेयर कप’ फुटबल प्रतियोगिताको छैटौं संस्करण आयोजना हुने भएको छ । हेटौंडा–१३ स्थित पदमपोखरी युथ क्लबको आयोजनामा आगामी असार ४ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताले नगर क्षेत्रका युवाहरूमा खेलकुदको अभिरुचि बढाउने र भविष्यका लागि उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको छ । करिब २० लाख रुपैयाँको अनुमानित लागतमा सम्पन्न हुने यस प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका मुख्य प्रायोजक रहेको छ भने हेटौंडा–१३ वडा कार्यालय सह-प्रायोजकका रूपमा रहेको छ । प्रतियोगिता सञ्चालनका लागि उपमहानगरपालिकाबाट १० लाख, १३ नं. वडा कार्यालयबाट ५ लाख र अन्य सहयोगीदाताहरूबाट थप ५ लाख रुपैयाँ…
Read More
‘हेटौँडा घोषणापत्र–२०८३’ जारी: विभेदकारी विज्ञापन नीति फिर्ता लिन माग

‘हेटौँडा घोषणापत्र–२०८३’ जारी: विभेदकारी विज्ञापन नीति फिर्ता लिन माग

हेटौँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले निजी सञ्चारमाध्यममाथि विभेद हुने गरी लागू गरिएको विज्ञापनसम्बन्धी नीति तथा परिपत्र तत्काल फिर्ता लिन संघीय सरकारसँग माग गरेको छ। महासंघको मिडिया सम्मेलन तथा पाँचौँ साधारणसभाका अवसरमा जारी ‘हेटौँडा घोषणापत्र–२०८३’ मार्फत सरकारलाई यस्तो आग्रह गरिएको हो। घोषणापत्रमा सरकारले संविधानप्रदत्त मौलिक हक, प्रेस स्वतन्त्रता, संघीयताको मर्म तथा खुला अर्थनीतिको भावनाविपरीत निजी सञ्चारमाध्यमलाई असर पर्ने गरी जारी गरेका निर्णय र परिपत्रहरू तत्काल सच्याउन माग गरिएको छ। घोषणापत्रका प्रमुख बुँदाहरू: विज्ञापन नीति: स्वतन्त्र मिडियाको प्रवर्द्धन र संरक्षणका लागि समान अवसरमा आधारित विज्ञापन नीति लागू गर्न तथा स्थानीय तहहरूले स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकताका साथ विज्ञापन वितरण गर्नुपर्ने। प्रेस…
Read More
मकवानपुर धार्मिक द्वन्द्वमुक्त जिल्ला घोषणा हुने

मकवानपुर धार्मिक द्वन्द्वमुक्त जिल्ला घोषणा हुने

हेटौँडा । सर्वधर्म सद्भाव ऐक्यवद्धता महाअभियानले आउँदो भदौ १७ गते मकवानपुरलाई ‘धार्मिक द्वन्द्वमुक्त जिल्ला’ घोषणा गर्ने भएको छ । आइतबार हेटौँडामा सबै धर्मका गुरु र अगुवा तथा नागरिक समाजका सदस्यहरुको भेलाले गठित महाअभियानले भदौ १७ गते मकवानपुरलाई धार्मिक द्वन्द्वमुक्त जिल्ला घोषणा तयारी गरेको हो । महाअभियानका अध्यक्ष राजेश वाग्लेले सबै धर्म र सम्प्रदायको सहभागितामा ‘मकवानपुरमा कुनै पनि धार्मिक द्वन्द्व छैन र हुने छैन’ भन्ने सन्देश दिन यस्तो तयारी गरिएको बताए । उनले भने, ‘हामी संस्था दर्ता गरेर औपचारिकरुपमै धार्मिक समुदायमा सद्भाव कायम राख्दै यो अभियानलाई मकवानपुरबाट अरु जिल्लामा पनि लैजाने तयारीमा छौँ ।’ कार्यक्रममा हेटौँडा उपमहानगर–४ का वडाध्यक्ष नवीन सिग्देलले…
Read More
जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक हेटौँडा-११ ले जित्यो

जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक हेटौँडा-११ ले जित्यो

हेटौँडा । हेटौँडा उपमहानगरपालिका-११ स्थित सरस्वती मितेरी खेल मैदानमा आयोजित जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक हेटौँडा-११ (ए) टीमले जितेको छ। प्रतियोगितामा थाहा नगरपालिकाको सोल्टु युवा क्लब द्वितीय र थाहा नगरपालिका युवा क्लब तृतीय भएको छ। त्यस्तै, हटिया स्पोर्ट्स क्लब र बज्रबाराही स्पोर्ट्स क्लब सान्त्वना भएका छन्। विजेता र उपविजेता टिमलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र १०-१० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। गोकुल बिडारीको सभाध्यक्षता तथा सञ्जय बिडारीको संयोजकत्वमा सम्पन्न समापन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले २०३८ र २०५३ सालका उत्कृष्ट खेलाडीहरूलाई सम्मान गर्नुभएको थियो। कार्यक्रममा वडाध्यक्ष जुना दाहाल, वडा सदस्यहरू…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.