Day: २०८३ जेष्ठ २७, बुधबार १४:१४ गते

नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको हो। मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री बालेन्द्र साहले सुधन गुरुङलाई गृहमन्त्री र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्तिका लागि सिफारिस गर्नुभएको थियो। प्रधानमन्त्रीको सिफारिसबमोजिम राष्ट्रपति पौडेलले मंगलबार नै उहाँहरूलाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र मन्त्रिपरिषद्का सदस्यलगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
Read More
सञ्चारमाध्यमको आर्थिक सङ्कटप्रति पूर्वमन्त्री खरेलको चिन्ता: तीनै तहका सरकारको सहयोग अपरिहार्य

सञ्चारमाध्यमको आर्थिक सङ्कटप्रति पूर्वमन्त्री खरेलको चिन्ता: तीनै तहका सरकारको सहयोग अपरिहार्य

हेटौँडा । पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले पछिल्लो समय सञ्चारमाध्यमहरू आर्थिक रूपमा धराशायी बन्दै गएकोमा गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशनका लागि हेटौँडा आइपुग्नुभएका पूर्वमन्त्री खरेलले पत्रकारहरूसँग कुरा गर्दै प्रेस स्वतन्त्रताको जगेर्नाका लागि सञ्चारमाध्यमको आर्थिक सबलीकरण आवश्यक रहेको बताउनुभयो। पूर्वमन्त्री खरेलले भन्नुभयो, “नेपालको संविधान र कानुनले प्रेस स्वतन्त्रता सुनिश्चित गरेको छ। दक्षिण एसियामै प्रेस स्वतन्त्रताको अभ्यास र अनुभूति गर्ने सन्दर्भमा नेपाल उत्कृष्ट मुलुकमा पर्छ, त्यसैले यसलाई कुनै पनि हालतमा होच्याउनु हुँदैन।” इमेज च्यानलका पूर्वसम्पादकसमेत रहनुभएका खरेलले पछिल्लो समय सरकारी विज्ञापनमा कटौती हुँदा सञ्चारमाध्यम र सञ्चारकर्मीहरू ठूलो आर्थिक सङ्कटमा परेको बताउनुभयो।…
Read More
‘समर स्टीम एक्स्पो-२०८३’: प्रिमियर कलेज भक्तपुर प्रथम

‘समर स्टीम एक्स्पो-२०८३’: प्रिमियर कलेज भक्तपुर प्रथम

हेटौँडा । समर स्टीम एक्स्पो-२०८३’ मा भक्तपुरको प्रिमियर कलेजले प्रथम स्थान हासिल गर्दै उपाधि जितेको छ। कलेजका विद्यार्थीहरूले निर्माण गरेको ‘र्यापिड एक्सन इल्ड’ (Rapid Action Yield) डिभाइसले निर्णायकहरूको मन जित्दै ५० हजार रुपैयाँसहित प्रथम पुरस्कार हात पारेको हो। यसैगरी, हेटौँडाको जीयस निकेतनले ‘एन्टी-थेफ्ट अलार्मिङ सिस्टम’ (Anti-Theft Alarming System) प्रदर्शन गर्दै द्वितीय स्थान सुरक्षित गर्न सफल भयो। उत्कृष्ट प्रस्तुति दिएको जीयस निकेतनले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। त्यस्तै, कञ्चनपुरको सनलाइट बोर्डिङ स्कुलले भने ‘छुकछुके रेल रोबोट’ प्रदर्शन गर्दै तृतीय स्थान हासिल गर्‍यो र २० हजार रुपैयाँ पुरस्कार पायो। विजयी सबै विद्यार्थीहरूलाई नगदका साथै मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।…
Read More
एमाले परित्याग गर्दै रमिला सापकोटा रास्वपाको बागमती प्रदेश महिला विभागमा

एमाले परित्याग गर्दै रमिला सापकोटा रास्वपाको बागमती प्रदेश महिला विभागमा

हेटौँडा । लामो समयदेखि महिला सशक्तीकरण, युवा तथा मानव अधिकारको क्षेत्रमा क्रियाशील नेतृ रमिला सापकोटाले नेकपा एमाले परित्याग गर्नुभएको छ। एमाले छाडेको केही समयमै उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरी बागमती प्रदेश महिला विभागको सदस्यको जिम्मेवारीमा चयन हुनुभएको छ। गैरसरकारी संस्था महासंघ मकवानपुरको अध्यक्षसमेत रहनुभएकी सापकोटाले २५ वर्ष लामो एमालेसँगको यात्रामा पार्टी नेतृत्वले आफ्नो योगदानको कदर नगरेको आरोप लगाउनुभएको छ। पार्टी परित्यागको निर्णयबारे प्रष्ट पार्दै नेतृ सापकोटाले भन्नुभयो, “मैले पार्टी छाड्न चाहेकी थिइनँ, तर एमालेमा मेरो योगदानको कहिल्यै कदर भएन। वडाध्यक्षको टिकट माग्दा नेतृत्वले डमी उम्मेदवारलाई टिकट दिएर मलाई नै बदनाम गर्ने काम गर्‍यो।” उहाँले थप गुनासो गर्दै…
Read More
रास्वपा बागमती प्रदेशको प्रथम अधिवेशन हेटौँडामा: सभापति लामिछानेको अनुपस्थिति

रास्वपा बागमती प्रदेशको प्रथम अधिवेशन हेटौँडामा: सभापति लामिछानेको अनुपस्थिति

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशन हेटौँडामा जारी छ। हेटौँडा उपमहानगरपालिका-१, चुकिटोलस्थित हिमालय दरबारमा चलिरहेको अधिवेशनले प्रदेशको नयाँ नेतृत्व चयन गर्ने पार्टीका हेटौँडा नगर अध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। अधिवेशनमा भाग लिन रास्वपाका शीर्ष नेताहरू जगदीश खरेल, आशिका तामाङ, तोसिमा कार्की, राजीव खत्री र प्रशान्त उप्रेती लगायत हेटौँडा आइपुग्नुभएको छ। यद्यपि, पार्टी सभापति रवि लामिछाने भने अधिवेशनमा उपस्थित हुनुभएन। पार्टीका नेताहरूका अनुसार सभापति लामिछाने देशको प्रतिनिधित्व गर्दै कूटनीतिक, राजनीतिक तथा विभिन्न बाह्य शक्तिहरूसँगको छलफलमा व्यस्त रहनुभएकाले हेटौँडा आउन नसक्नुभएको हो। प्रदेश अधिवेशनको अवसर पारेर रास्वपा हेटौँडा नगर समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। हिमालय दरबारको प्राङ्गणमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.