Day: २०८३ असार २९, सोमबार २२:०२ गते

कैलाश गाउँपालिकामा तीनवटा खानेपानी ट्याङ्की निर्माण सम्पन्न

कैलाश गाउँपालिकामा तीनवटा खानेपानी ट्याङ्की निर्माण सम्पन्न

हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका–६, राउते दुम्सि खर्कमा खानेपानीका तीनवटा ट्याङ्की निर्माण सम्पन्न भएका छन्। राउते खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा सञ्चालित ए–बी–सी योजनाअन्तर्गत निर्माण गरिएका ती ट्याङ्कीहरूको आज शिलाकन्या विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। बागमती प्रदेश सरकारको पञ्चवर्षीय योजनाअन्तर्गत आर्थिक वर्ष २०७९ मा सुरु भएको सो आयोजना चार वर्षपछि सम्पन्न भएको हो। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं. १, मकवानपुरको आर्थिक सहयोग तथा समन्वयमा कार्यान्वयन गरिएको यो आयोजनाले स्थानीय बासिन्दालाई स्वच्छ र सुरक्षित खानेपानीमा सहज पहुँच पुर्‍याउने अपेक्षा गरिएको छ। उद्घाटन समारोहमा बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री कुमारी मुक्तान प्रमुख अतिथि र कैलाश गाउँपालिकाका…
Read More
अविरल वर्षाका कारण हेटौँडा–काठमाडौँ सडक खण्ड आज साँझदेखि बन्द

अविरल वर्षाका कारण हेटौँडा–काठमाडौँ सडक खण्ड आज साँझदेखि बन्द

हेटौँडा । अविरल वर्षाका कारण उत्पन्न हुनसक्ने सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारी साधनहरूलाई आज साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म रोक्ने निर्णय गरेको छ। हेटौँडा, भैँसे, भीमफेदी र देउराली हुँदै काठमाडौँ जाने सवारी साधनहरूलाई सुरक्षाका कारण चौकीटोलमै रोकिने व्यवस्था मिलाइएको छ। यसैगरी, कान्ति लोकपथ हुँदै सञ्चालन हुने सवारी साधनहरू पनि बन्द गरिएको छ। बाटो बन्द भएपछि हेटौँडामा नै बास बस्नुपर्ने यात्रुहरूको सुविधाका लागि हेटौँडा बजार क्षेत्रका होटल व्यवसायीहरूलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गरिएको छ। यसले हेटौँडाको मान, प्रतिष्ठा र ख्याति बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यात्रुहरूलाई सुरक्षित…
Read More
हेटौँडामा २१२ औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न

हेटौँडामा २१२ औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न

हेटौँडा । नेपाली भाषा तथा साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवसरमा हेटौँडास्थित नवोदय शिशु सदन माध्यमिक विद्यालयमा विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमका साथ विशेष समारोह आयोजना गरिएको छ। नवोदय साहित्यिक बगैँचा बाल क्लबको आयोजनामा भएको यस कार्यक्रमले विद्यार्थीहरूमा नेपाली भाषा, साहित्य र सिर्जनशीलताको विकास गर्ने उद्देश्य राखेको थियो। समारोहमा अन्तरविद्यालय स्थलगत कविता प्रतियोगिता, भानुभक्त आचार्य विशेष बहस, साहित्यिक नाटक प्रदर्शनी, गायन तथा सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिएका थिए। कार्यक्रममा विद्यार्थीहरूले आदिकवि आचार्यको व्यक्तित्व, कृतित्व, नेपाली भाषाको विकासमा उहाँको योगदान र वर्तमान समाजमा साहित्यको महत्त्वबारे विचार व्यक्त गरेका थिए। कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको अन्तरविद्यालय कविता प्रतियोगितामा हेटौँडाका विभिन्न आठ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.