Day: २०८३ असार २६, शुक्रबार १९:१६ गते

यातायात व्यवसायीका गुनासा: ट्राफिक जरिवाना र क्षतिपूर्ति नीतिप्रति असन्तुष्टि

यातायात व्यवसायीका गुनासा: ट्राफिक जरिवाना र क्षतिपूर्ति नीतिप्रति असन्तुष्टि

हेटौँडा । यातायात व्यवसायीहरूले सरकारले हाल लागू गरेको ट्राफिक जरिवाना र दुर्घटना क्षतिपूर्ति सम्बन्धी व्यवस्था समयसापेक्ष तथा व्यावहारिक नभएको भन्दै पुनर्विचारको माग गरेका छन्। सडक पूर्वाधार, पार्किङ र भारवहन व्यवस्थापनमा सुधार नगरी केवल दण्डात्मक प्रावधान मात्र कडाइका साथ लागू गर्दा व्यवसायीहरू मारमा परेको उनीहरूको भनाइ छ। शुक्रबार हेटौँडामा आयोजित नारायणी यातायात व्यवसायी संघको ३७औँ वार्षिक साधारणसभा तथा १६ औँ अधिवेशनका अवसरमा वक्ताहरूले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई दिइने क्षतिपूर्ति रकम वृद्धि गर्ने सरकारी नीतिप्रति समेत असन्तुष्टि जनाएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोजप्रसाद सिटौलाले राज्य यातायात व्यवसायीका समस्याप्रति संवेदनशील नभएको आरोप लगाउनुभयो। निजी क्षेत्र सरकारको सहयात्री बन्न तयार भए…
Read More
बागमती प्रदेश मन्त्रिपरिषद्का निर्णय: बाल विवाह अन्त्यको रणनीतिदेखि स्थानीय सेवा ऐन संशोधनसम्म

बागमती प्रदेश मन्त्रिपरिषद्का निर्णय: बाल विवाह अन्त्यको रणनीतिदेखि स्थानीय सेवा ऐन संशोधनसम्म

हेटौँडा । बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन संशोधनका लागि तयार पारिएको विधेयकको मस्यौदा परामर्शका लागि प्रदेश लोक सेवा आयोगमा पठाउने निर्णय गरेको छ। त्यसैगरी, भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा प्रदेश प्राथमिकता प्राप्त आयोजनाहरूको छनोट गर्ने सम्बन्धमा बैठकले निर्णय गरेको छ। सामाजिक विकास मन्त्रालयले बाल विवाह अन्त्यसम्बन्धी प्रादेशिक रणनीति तथा कार्ययोजना, २०८३ लाई स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, प्रदेशभित्रका दलित समुदायको सशक्तीकरणका लागि व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरिएको छ। उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका तर्फबाट प्रदेश…
Read More
नारायणी यातायात व्यवसायी संघको अध्यक्षमा सरोजकुमार खनालद्वारा उम्मेदवारी घोषणा

नारायणी यातायात व्यवसायी संघको अध्यक्षमा सरोजकुमार खनालद्वारा उम्मेदवारी घोषणा

हेटौँडा । नारायणी यातायात व्यवसायी संघका महासचिव सरोजकुमार खनालले संघको ३७ औँ साधारणसभा तथा १६ औँ अधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। बिहीबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले सार्वजनिक यातायात क्षेत्रलाई जिम्मेवार, सुरक्षित, व्यवस्थित, प्रविधिमैत्री र पारदर्शी बनाउने प्रतिबद्धतासहित उम्मेदवारी सार्वजनिक गर्नुभएको हो। पत्रकार सम्मेलनमा बोल्दै महासचिव खनालले आफू अध्यक्षमा निर्वाचित भएमा संघलाई संस्थागत रूपमा अझ सुदृढ बनाउने, सुशासन कायम गर्ने र आर्थिक अनुशासन मजबुत बनाउँदै समयअनुकूल प्रविधिमैत्री संस्था निर्माण गर्ने उल्लेख गर्नुभयो। व्यवसायीका कर, बीमा, नवीकरण, बैंकिङ सहजीकरण तथा कानुनी जटिलताका विषयमा सम्बन्धित निकायसँग प्रभावकारी पहल गर्ने बताउँदै उहाँले नयाँ पुस्ताका व्यवसायीलाई नेतृत्व विकासमा अवसर दिने…
Read More
पूर्व प्रधानमन्त्री ओलीका तर्फबाट राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दर्ता

पूर्व प्रधानमन्त्री ओलीका तर्फबाट राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दर्ता

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश बर्तौलाले पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट राष्ट्रिय मानवअधिकार आयोगमा औपचारिक निवेदन दर्ता गर्नुभएको छ। असार २५ गते आयोगको कार्यालय हरिहर भवन, पुल्चोक पुगेर बर्तौलाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई उक्त निवेदन बुझाउनुभएको हो। निवेदनमा २०८२ साल भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा आयोगको निर्णय नं. १७७ अन्तर्गत गरिएको सिफारिस संविधान, प्रचलित कानुन र अन्तर्राष्ट्रिय मानवअधिकारको मान्यताविपरीत तथा पूर्वाग्रहपूर्ण रहेको उल्लेख गर्दै सो सिफारिस सच्याउन माग गरिएको छ। साथै, निवेदनमार्फत लिली थापाको नेतृत्वमा गठित समितिले आयोगसमक्ष पेस गरेको भनिएको प्रतिवेदनको प्रमाणित प्रतिलिपिसमेत माग गरिएको छ। बर्तौलाले आयोगले उक्त प्रतिवेदनको…
Read More
नेपाल टेलिकम हेटौँडाद्वारा मामाघर नेपाललाई १ लाखको सहयोग

नेपाल टेलिकम हेटौँडाद्वारा मामाघर नेपाललाई १ लाखको सहयोग

हेटौँडा । सडक बालबालिकाको व्यवस्थापनमा सक्रिय संस्था ‘मामाघर नेपाल’ मकवानपुरलाई नेपाल टेलिकम, उपक्षेत्रीय कार्यालय हेटौँडाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु १ लाख बराबरको खाद्यान्न र लत्ताकपडा सहयोग स्वरूप प्रदान गरेको छ । असार २३ गते आयोजित एक कार्यक्रमका बीच नेपाल टेलिकम, उपक्षेत्रीय कार्यालय हेटौँडाका निर्देशक दीपक कुमारको नेतृत्वमा कर्मचारीहरूको टोलीले मामाघर नेपालमै पुगी उक्त सहयोग हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा निर्देशक दीपक कुमार, दिलीप कुमार वर्मा, रमेश प्रसाद खतिवडा, रोशन शर्मा, बाशु प्रसाद ढुँगेल, श्रीराम खतिवडा, दिनेश अर्याल, कुमार अर्याल, सानू बाबु खनाल र विक्रम मुखियालगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा निर्देशक दीपक कुमारले मामाघर नेपालले गरिरहेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.