हेटौँडा अस्पतालमा अब स्वास्थ्य बिमा भएका बिरामीले पनि अनलाईन टिकट लिन सक्ने (भिडियो सहित)

मकवानपुर । हेटौँडा अस्पतालले स्वास्थ्य बिमा भएका बिरामीहरुलाई पनि अनलाईनबाटै ओपिडी टिकट काट्ने मिल्ने सुविधा उपलब्ध गराएको छ । बितेको २ वर्षदेखि नै स्वास्थ्य बिमा बाहेकका बिरामीलाई मोबाईल एपबाट अनलाईन ओपिडी टिकट दिन सुरु गरेको अस्पतालले यही कात्तिक १ गतेदेखि लागु हुने गरी स्वास्थ्य बिमा भएका बिरामीलाई पनि उक्त सुविधा दिन थालेको हो ।

स्वास्थ्य बिमा भएका र नभएका दुबै बिरामीलाई दिनमा ५० वटा टोकन अनलाईनमार्फत प्रदान गरिएको छ । यो तुलनात्मक रुपमा कम भएता पनि पछि यसको संख्या बढाउन सकिने सम्भावना छ । बिरामीले ‘हेटौँडा हस्पिटल’ नामक मोबाईल एपमार्फत कुनै पनि विभागमा जाँचका लागि सजिलै टिकट लिन सक्नेछन्। पुराना बिरामीले अस्पतालको ओपिडी नम्बर प्रयोग गरेर पुनः जाँच गराउन सक्नेछन् भने नयाँ बिरामीले आफ्नो व्यक्तिगत विवरण भरेर टिकट बुक गर्न सक्नेछन्। साथै, परिवारका अन्य सदस्यका लागि पनि यस एपमार्फत टिकट लिन सकिनेछ।

अस्पतालले जानकारी दिए अनुसार, जाँच गर्नुपर्ने मिति भन्दा अघिल्लो रात १२ बजेभित्रै टिकट बुक गर्नुपर्नेछ। जाँच हुने दिन बिहान टिकट बुक गर्ने सुविधा भने हाललाई उपलब्ध रहेको छैन । साथै बिरामीले एपमार्फत ल्याब रिपोर्ट पनि सजिलै हेर्न र डाउनलोड गर्न सक्नेछन्।

सेवा लिने प्रक्रिया
मोबाइलबाट टिकट बुक गर्न बिरामीले पहिले अस्पतालको आधिकारिक वेबसाइटबाट वा प्ले स्टोर तथा एप स्टोरमा गएर एप डाउनलोड गर्नुपर्छ। त्यसपछि, आफ्नो मोबाइल नम्बर राखेर दर्ता गर्नुपर्नेछ। दर्ता गरेपछि बिरामीले कुन विभागमा जाँच गराउने, कुन चिकित्सक छनोट गर्ने र कुन मितिमा जाँच गर्नुपर्ने हो भन्ने जानकारी भरेर टिकट बुक गर्न सकिन्छ।

यदि नगदमा जाँच गराउन चाहिएको भए ‘Pay Now’ मा क्लिक गरेर भुक्तानी गर्न सकिन्छ। बिमा भएका बिरामीले आफ्नो बिमा नम्बर राखेर स्वास्थ्य बिमाको सेवा लिन सकिने छ । एक पटक टिकट बुक गरेपछि बिरामीले अस्पतालमा उपस्थित भइ काउन्टरबाट कार्ड लिनुपर्नेछ। यसबारे थप जानकारी लागि यी भिडियोहरु हेर्नुहोस्–
अस्पतालको एपमा आईडी बनाएर टिकट काट्ने तरिका–

स्वास्थ्य बिमा भएका बिरामीले मोबाईल एपबाट टिकट बुक गर्ने तरिका–

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.