Day: २०८२ असार १२, बिहीबार १९:२९ गते

हेटौंडाका पुडासैनीले मदत गरे ८० घरधुरीलाई ५६० वटा चल्ला

हेटौंडाका पुडासैनीले मदत गरे ८० घरधुरीलाई ५६० वटा चल्ला

हेटौंडा । हेटौंडा–११ का व्यवसायी प्रभाकर पुडासैनीले ८० घरधुरीलाई उन्नत जातको हबर्ड कुखुराको चल्ला वितरण गरेका छन् । हेटौंडा–११ स्थित सिमलटारमा अवस्थित सिमलटार युवा क्लबका अध्यक्षसमेत रहेका पुडासैनी पोल्ट्री फर्म सञ्चालक पुडासैनीले भैरवकुञ्ज, दुम्सीडा“डा र डाङडुङेका विपन्नलाई लक्षित गरी ५ सय ६० वटा चल्ला वितरण गरिएको बताए । सिमलटारको खेलमैदान निर्माण, खेलाडी उत्पादनलगायत विभिन्न सामाजिक कार्यमा सक्रियता देखाएका युवा व्यवसायी पुडासैनीले विपन्नहरुको आयआर्जनमा आफ्नो सानो लगानी होस् भन्ने उद्धेश्यले चल्ला वितरण गरिएको बताए । पुडासैनी सिमलटार टोलविकास संस्थाका सल्लाहकारसमेत हुन् ।
Read More
हेटौंडा बसपार्कबाट लागू औषधसहित एक युवक पक्राउ

हेटौंडा बसपार्कबाट लागू औषधसहित एक युवक पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १० स्थित बसपार्क क्षेत्रबाट लागू औषध खैरो हेरोइनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार, लागू औषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा बिहानी ३:१५ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले बसपार्कस्थित ठेकिको छेउमा शंकास्पद रूपमा उभिएका हेटौंडा–१२ का १९ वर्षीय युवकलाई नियन्त्रणमा लिएको हो। प्रहरीले खानतलासी गर्दा युवकले आफ्नो पाइन्टको खल्तीमा प्लास्टिकमा बेरिएको अवस्थामा लुकाई राखेको लागू औषध खैरो हेरोइन जस्तो देखिने १६ ग्राम ४०० मिलिग्राम पदार्थ फेला पारेको बताइएको छ। पक्राउ परेका युवकलाई लागू औषध सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको…
Read More
हेटौंडामा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा प्रभातफेरी कार्यक्रम सम्पन्न

हेटौंडामा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा प्रभातफेरी कार्यक्रम सम्पन्न

हेटौंडा । लागुऔँषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा हेटौंडामा बिहीबार प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। जिल्लास्तरीय लागुऔषध नियन्त्रण समन्वय समिति, मकवानपुरले कार्यक्रमको आयोजना गरेको हो। स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धताः लागुऔषध दुरुपयोग विरुद्ध एकजुटता भन्ने नाराका साथ आयोजित प्रभातफेरीमा सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने, जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित बहादुर घलान, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, हेटौँडा ११ की वडाअध्यक्ष जुना दाहाल लगायतको आतिथ्यता रहेको थियो…
Read More
हेटौंडा उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

हेटौंडा उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

हेटौँडा । हेटौंडा उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना क्षेत्रको रूपमा घोषणा गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका प्रमुख ललितबहादुर घलानले बुधबार उपमहानगरलाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना क्षेत्रको रूपमा घोषणा गरेका हुन्। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानिया, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर नरेन्द्र कुमार झा, जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य प्रमुख डाक्टर कृष्ण मिजार, हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपाने तथा सबै १९ वडाका अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत भरत गौतम लगायत स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो। पूर्ण खोप सुनिश्चितता घोषणासँगै हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्यका दृष्टिले…
Read More
सञ्चार क्षेत्रको उपेक्षा भएको भन्दै बागमती प्रदेशको बजेटप्रति पत्रकार संगठनहरुको आपत्ति

सञ्चार क्षेत्रको उपेक्षा भएको भन्दै बागमती प्रदेशको बजेटप्रति पत्रकार संगठनहरुको आपत्ति

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटमा सञ्चार क्षेत्रलाई पूर्ण रूपमा उपेक्षा गरिएको भन्दै पत्रकार महासंघ बागमती प्रदेशसहित सञ्चारसँग सम्बन्धित १२ वटा संगठनहरुले गम्भीर असन्तुष्टि जनाएका छन्। सञ्चारमैत्री बजेटको माग गर्दै पटक–पटक पहल गर्दा समेत बेवास्ता गरिएको भन्दै उनीहरुले बुधबार मुख्यमन्त्री बहादुर सिंह लामा, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाएका हुन्। पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरको नेतृत्वमा पुगेको टोलीले बजेटमा सञ्चार क्षेत्रलाई हेर्ने दृष्टिकोण विभेदकारी र गैरजिम्मेवार रहेको आरोप लगाएको छ। ध्यानाकर्षण पत्रमा उल्लेख भएअनुसार, सरकारले सञ्चारमाध्यमलाई दिँदै आएको…
Read More
न्यु डायमन्डले जित्यो नेकोस कप राष्ट्रिय महिला भलिबलको उपाधि

न्यु डायमन्डले जित्यो नेकोस कप राष्ट्रिय महिला भलिबलको उपाधि

हेटौंडा । नेपाल स्पोर्ट क्लबको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा असार ७ गतेदेखि सुरु भएको नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमन्ड क्लबले जितेको छ। बुधबार सम्पन्न फाइनल खेलमा न्यु डायमन्डले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि कब्जा गरेको हो। न्यु डायमन्डले एपीएफलाई २५–१२, २५–२३ र २५–१८ को सेटमा पराजित गर्दै प्रभावशाली जित हात पारेको हो। उपाधिसँगै न्यु डायमन्ड क्लबले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता एपीएफले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ। नेपाल पुलिस क्लब तेस्रो स्थानमा रहँदै १ लाख रुपैयाँ प्राप्त गर्न सफल भयो भने गण्डकी प्रदेशले चौथो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.