हेटौंडा । हेटौंडा–११ का व्यवसायी प्रभाकर पुडासैनीले ८० घरधुरीलाई उन्नत जातको हबर्ड कुखुराको चल्ला वितरण गरेका छन् ।
हेटौंडा–११ स्थित सिमलटारमा अवस्थित सिमलटार युवा क्लबका अध्यक्षसमेत रहेका पुडासैनी पोल्ट्री फर्म सञ्चालक पुडासैनीले भैरवकुञ्ज, दुम्सीडा“डा र डाङडुङेका विपन्नलाई लक्षित गरी ५ सय ६० वटा चल्ला वितरण गरिएको बताए ।
सिमलटारको खेलमैदान निर्माण, खेलाडी उत्पादनलगायत विभिन्न सामाजिक कार्यमा सक्रियता देखाएका युवा व्यवसायी पुडासैनीले विपन्नहरुको आयआर्जनमा आफ्नो सानो लगानी होस् भन्ने उद्धेश्यले चल्ला वितरण गरिएको बताए ।
पुडासैनी सिमलटार टोलविकास संस्थाका सल्लाहकारसमेत हुन् ।
प्रतिकृया दिनुहोस्
























