हेटौंडा बसपार्कबाट लागू औषधसहित एक युवक पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १० स्थित बसपार्क क्षेत्रबाट लागू औषध खैरो हेरोइनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

प्राप्त जानकारीअनुसार, लागू औषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा बिहानी ३:१५ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले बसपार्कस्थित ठेकिको छेउमा शंकास्पद रूपमा उभिएका हेटौंडा–१२ का १९ वर्षीय युवकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले खानतलासी गर्दा युवकले आफ्नो पाइन्टको खल्तीमा प्लास्टिकमा बेरिएको अवस्थामा लुकाई राखेको लागू औषध खैरो हेरोइन जस्तो देखिने १६ ग्राम ४०० मिलिग्राम पदार्थ फेला पारेको बताइएको छ।

पक्राउ परेका युवकलाई लागू औषध सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.