मकवानपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको नियमित कार्यसमिति बैठकले दुई नयाँ पदाधिकारी मनोनयन गरेको छ। बैठकबाट कार्यसमिति सदस्य सम्झना थापालाई सहसचिवमा र सशान्त तामाङलाई कार्यसमिति सदस्यमा मनोनयन गरिएको हो।
फोनिज मकवानपुरले पत्रकारिता क्षेत्रमा सक्रिय योगदान पुर्याउँदै आएका दुबै व्यक्तित्वलाई नयाँ जिम्मेवारी सुम्पिएको जनाएको छ। मनोनित पदाधिकारीहरुलाई महासंघले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
मनोनित समारोहमा फोनिज मकवानपुरका अध्यक्ष नवराज वाईबा, उपाध्यक्ष सन्देश थिङ,कोषाध्यक्ष भुवन घलान, सदस्य भुपेन्द्र राना मगर लगायतको उपस्थिति रहेको थियो ।
फोनिज मकवानपुरले स्थानीय तहमा आदिवासी जनजातिका आवाजलाई सबल बनाउँदै जिम्मेवार पत्रकारिता प्रवर्द्धन गर्दै आएको छ। नयाँ नेतृत्वले संगठनलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने विश्वास लिइएको छ।