Day: २०८२ जेष्ठ १, बिहीबार २१:२५ गते

दृष्टिविहीन विद्यार्थीका लागि पिप्लेको बालज्योति स्कूलमा संगित शिक्षक

दृष्टिविहीन विद्यार्थीका लागि पिप्लेको बालज्योति स्कूलमा संगित शिक्षक

हेटौंडा | दृष्टिविहीन विद्यार्थीहरूको सशक्तिकरण र सिर्जनात्मक क्षमताको विकासका लागि हेटौंडा उपमहानगरपालिका–५, पिप्लेमा रहेको बालज्योति माध्यमिक विद्यालयमा संगीत शिक्षकको व्यवस्था गरिएको छ। रोटरी क्लब अफ हेटौंडाले “संगीत शिक्षक कार्यक्रम” अन्तर्गत एक वर्षका लागि दुई जना संगीत शिक्षकको व्यवस्था गरेको हो। क्लबले अष्ट्रेलियाको रोटरी क्लब अफ तास्मानियाको आर्थिक सहयोगमा यो कार्यक्रम संचालन गर्दै आएको छ। यो क्रम सन् २०२५ मा तेस्रो वर्ष प्रवेश गरेको हो। यस कार्यक्रममार्फत शिक्षक तुलुक लामा र सुनिल केसीले विद्यालयमा अध्ययनरत ११ जना दृष्टिविहीन विद्यार्थीहरूलाई संगीत प्रशिक्षण प्रदान गर्ने छन्। संगीत शिक्षा मार्फत दृष्टिविहीन विद्यार्थीहरूमा आत्मविश्वास, सिर्जनात्मकता र सामाजिक सहभागिता बढाउने उद्देश्य लिएको क्लबले जनाएको छ। कार्यक्रम…
Read More
फोनिज मकवानपुर : सम्झना थापा सहसचिव, सशान्त तामाङ कार्यसमिति सदस्यमा मनोनित

फोनिज मकवानपुर : सम्झना थापा सहसचिव, सशान्त तामाङ कार्यसमिति सदस्यमा मनोनित

मकवानपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको नियमित कार्यसमिति बैठकले दुई नयाँ पदाधिकारी मनोनयन गरेको छ। बैठकबाट कार्यसमिति सदस्य सम्झना थापालाई सहसचिवमा र सशान्त तामाङलाई कार्यसमिति सदस्यमा मनोनयन गरिएको हो। फोनिज मकवानपुरले पत्रकारिता क्षेत्रमा सक्रिय योगदान पुर्‍याउँदै आएका दुबै व्यक्तित्वलाई नयाँ जिम्मेवारी सुम्पिएको जनाएको छ। मनोनित पदाधिकारीहरुलाई महासंघले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। मनोनित समारोहमा फोनिज मकवानपुरका अध्यक्ष नवराज वाईबा, उपाध्यक्ष सन्देश थिङ,कोषाध्यक्ष भुवन घलान, सदस्य भुपेन्द्र राना मगर लगायतको उपस्थिति रहेको थियो । फोनिज मकवानपुरले स्थानीय तहमा आदिवासी जनजातिका आवाजलाई सबल बनाउँदै जिम्मेवार पत्रकारिता प्रवर्द्धन गर्दै आएको छ। नयाँ नेतृत्वले संगठनलाई अझ प्रभावकारी रुपमा…
Read More
मोफसलको पहिलो दैनिक पत्रिका हो ‘गढीटाइम्स’- बिष्णु दाहाल

मोफसलको पहिलो दैनिक पत्रिका हो ‘गढीटाइम्स’- बिष्णु दाहाल

जी . न्यौपाने,हेटौँडा । काठमाडौ उपत्यका भन्दा बाहिर सूचना सम्प्रेषण गर्ने हुटहुटीले मकवानपुर जिल्लाबाट प्रकाशित पहिलो दैनिक पत्रिका ‘गढीटाइम्स’ले बिष्णुप्रसाद दाहाललाई प्रथम सम्पादक बनायो । दाहालको दाबी अनुसार गढीटाइम्स मोफसलकै पहिलो पत्रिका हो जो २६ अङ्क प्रकाशित भएर बन्द भएको थियो । बिक्रम सम्वत २०५४ सालमा हाम्रो छापाखानामा यो पत्रिका छापिएको हो । पत्रिकाका ब्यवस्थापक रामहरि चौलागाईं हुन् । दाहालका अनुसार राससको सदस्यता लिने र काठमाडौ भ्याली बाहिरबाट सूचना सम्प्रेषण गर्ने पहिलो दैनिक पत्रिका बनाउने उदेश्यले पत्रीका प्रकाशन गरिएको हो । राससको सदस्यता लिने क्रममै थियौं तर लिइएन । 'जिल्लाबाट प्रकाशित साप्ताहिक प्रयास, कुराकानी प्रकाशनमा थिए तर दैनिक पत्रिका थिएन'…
Read More
झरना साहित्यिक परिवारद्वारा फरक कार्यक्रम

झरना साहित्यिक परिवारद्वारा फरक कार्यक्रम

मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरले बुधबार बकैयामा फरक खालको कार्यक्रम गरेको छ । संस्थाद्वारा प्रायः कविता, मुक्तक, गजल, लघुकथा तथा निबन्ध विधा तथा उपविधाका कार्यक्रम गर्ने गरेकामा नेपाली भाषा शुध्द लेख्न प्रेरणा दिने उद्देश्यले नेपाली अन्ताक्षरी प्रतियोगिता गरिएको हो । सो प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय छतिवनका कक्षा ८-१० का साधारण तथा प्राविधिक धारका गरी पाँच पाँच जनाको पाँच समूह सहभागी भएका थिए । तीमध्ये समृध्दि स्याङ्बो, प्रिन्सी गौतम, विक्रम थिङ तथा प्रितम थापासमेतको रश्मि लामिछानेको समूह प्रथम भएको थियो । कार्यक्रममा झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, पूर्व अध्यक्ष उध्दव सापकोटा, महेन्द्र मावि विव्यसका अध्यक्ष परशुराम गौतम, नारायण…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.