मोफसलको पहिलो दैनिक पत्रिका हो ‘गढीटाइम्स’- बिष्णु दाहाल

जी . न्यौपाने,हेटौँडा । काठमाडौ उपत्यका भन्दा बाहिर सूचना सम्प्रेषण गर्ने हुटहुटीले मकवानपुर जिल्लाबाट प्रकाशित पहिलो दैनिक पत्रिका ‘गढीटाइम्स’ले बिष्णुप्रसाद दाहाललाई प्रथम सम्पादक बनायो । दाहालको दाबी अनुसार गढीटाइम्स मोफसलकै पहिलो पत्रिका हो जो २६ अङ्क प्रकाशित भएर बन्द भएको थियो ।

बिक्रम सम्वत २०५४ सालमा हाम्रो छापाखानामा यो पत्रिका छापिएको हो । पत्रिकाका ब्यवस्थापक रामहरि चौलागाईं हुन् । दाहालका अनुसार राससको सदस्यता लिने र काठमाडौ भ्याली बाहिरबाट सूचना सम्प्रेषण गर्ने पहिलो दैनिक पत्रिका बनाउने उदेश्यले पत्रीका प्रकाशन गरिएको हो । राससको सदस्यता लिने क्रममै थियौं तर लिइएन ।

‘जिल्लाबाट प्रकाशित साप्ताहिक प्रयास, कुराकानी प्रकाशनमा थिए तर दैनिक पत्रिका थिएन’ दाहालले बताए । ‘त्यतिखेर आर्थिक समस्या, प्रविधि, प्राबिधिक समस्या थुप्रै समस्याहरुका बावजुदपनि हामीले पत्रीका प्रकाशमा ल्याएका थियौं । कम्प्युटर कतै – कतैमात्र संचालनमा थियोे । कुनै दिन बिरगंज गएर फ्लपी बनाइ रातको १२ बजे हेटौंडा आइ भोलिपल्ट बिहान पत्रीका प्रकाशन गरेको दिनको सम्झना छ मलाइ’ , दाहाल पुराना दिनहरु याद गर्दै भन्छन् ।

बि.सं. २०२२ साल मकवानपुर जिल्लाको साबिक आमभन्ज्याङ्ग गा. बि. स. हाल गढी गाउपालिका वडा नम्बर ५ धादिङमा माता खड्गमाया दाहाल र पिता कुलप्रसाद दाहालका कान्छा छोराको रुपमा जन्मिएका दाहालको शैक्षिक योग्यतामा एमएड गरेका छन् उनले। म देशन्तर, पुनर्जागरणमा समाचार पठाउथे । पत्रिकाको सम्पादक हुन स्नातक अनिवार्य चाहिन्थ्यो मेरो शैक्षिक योग्यता पुग्ने भएरै गढीटाइम्सको सम्पादक पदमा नियुक्त भए । कान्तिपुर दैनिकका हेमराज ज्ञवालीले सबै मोफसलको पत्रकारिता छोडेर कान्तिपुर दैनिकमा काम गर्ने अवसर दिए आफुले शिक्षण पेसालाई अङ्गालेकोले र राजनीतिर झुकाउ भएकोले त्यो अवसरलाई स्वीकार गरिएन त्यसपछि कान्तिपुर दैनिक पत्रीकामा मकवानपुर जिल्लाबाट प्रताप बिष्ट नियुक्त भए दाहालले भने ।

त्यो समयको पत्रकारिता र अहिलेको पत्र्कारितामा के भिन्नता पाउनुहुन्छ भनेर प्रश्न गर्दा उत्तरमा उनी भन्छन् , त्यतिबेला पनि काठमाडौबाट प्रकाशित हुने केही मुखपत्र पत्रीकाहरु थिए सजिलै चिनिन्थ्यो । आज पित पत्रकारिताले अल्लिबढी बिकशित रुप लिएको होकी जस्तो लाग्छ र अल्लिबढी राजनीति पार्टी निकट भयोकी जस्तो लाग्छ । हामिले गढीटाइम्सलाइ त्यस्तो बनाएका थिएनौं । अहिले श्रोत , साधन , आर्थिक र प्रवृत्ति र प्राबिधिक समस्या त्यो बेलाको जस्तो छैन पत्रकारिता गर्न जान्नेको राम्रै ब्यवस्थापन देख्छु ।

यहिकुरा नहुदा गडीटाइम्स जिल्ला र मोफसलको पहिलो दैनिक पत्रीकाको रुपमा नाम दर्ता गर्न सफलत भयो तर निरंतरता भने पाउन सकेन यसले , दाहालले चिन्ता ब्यक्त गरे । दाहाल नेकपा एकीकृत (समाजवादी ) को जिल्ला अध्यक्ष हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.